झेलम शहर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
झेलम

جِہلم
—  शहर  —
Shabir plaza.JPG
झेलम पाकिस्तान-এ অবস্থিত
झेलम
झेलम
पाकिस्तानको नक्शामा झेलमको अवस्थिति
उपनाम(हरू): योद्धाहरूको शहर
देश Flag of Pakistan.svg पाकिस्तान
प्रदेश Punjab (Pakistan) पञ्जाब
जिल्ला झेलम
सङ्घीय परिसद
सरकार
 - अध्यक्ष खान शेर बहादुर काइरा
क्षेत्रफल
 - जम्मा २२.५ किमी (८.७ वर्ग मी)
अवनति[१] २३३ मि (७६८ फिट)
जनसङ्ख्या (१९९८)
 - जम्मा १४५,८४७
 जनघनत्व ६,४८२.१/किमी (१६,७८८.५/वर्ग मी)
समय क्षेत्र पाकिस्तानी समय (युटिसी+५)
हुलाक कोड ४९६००
सम्पर्क कोड ०५४४
मानव विकास सुचकाङ्क ८२९ (२०१४-१५ सम्मको) Increase[२]
विकास सुचाकङ्क श्रेणी अति उच्च

झेलम (उर्दू: جِہلم, पञ्जाबी: جہلم) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको झेलम जिल्लाको राजधानी शहर हो जुन झेलम नदीको दायाँ किनारमा अवस्थित छ । झेलम शहरले पाकिस्तानको स्वतन्त्रता भन्दा पहिला ब्रटिस्ट सेनालाई धेरै मात्रामा सैनिकहरू दिएको थियो र पछि पाकिस्तानको लागि पनि देशको सबैभन्दा धेरै यहि शहरबाट उत्पादन भएका करणले यस शहरला सैनिकहरूको शहर र युद्धाको भुमी भन्ने गरिन्छ । [३]

झेलम शहर म्यासेडोनियाका राजा र राजा पुरुवसको बिच युद्ध भएको ठाउँबाट केहि दुरीमा रहेको छ जन युद्धलाई छेलमको युद्ध पनि भन्ने गरिन्छ । राजा अलेक्जेन्डरको ब्युसेफलस घोडाको मृत्यु पछि यस शहरलाई राजा अलेक्जेन्डरले शहरलाई ब्युसेफेला राखेका थिए । यस शहरमा नजिकैको अन्य उल्लेखनीय सम्पदाहरू छन् जसमा १६ औं शताब्दी रोहतस किल्ला, प्राचीन मन्दिर परिसर र १६ औं शताब्दीको ग्रान्ड ट्रङ्क सडक अादी रहेका छन् जुन शहरमा पर्छ । यस शहरको नामको उत्पत्ति जल जसको अर्थ पानी हुन्छ भने हम जसको अर्थ हिउँ हुन्छ । यस शहरमा विभिन्न कलकारखानाहरू रहेका छन् जसमध्ये खैनी कारखाना , फर्निचर कारखाना, काँच कारखाना अादी रहेका छन् ।

भूगोल[सम्पादन गर्ने]

झेलम शहर पाकिस्तानको पञ्वाब प्रदेशको झेलम जिल्लाको राजधानी सहर हो यो शहर ३२°५६' उत्तर देशान्तर र ७४°४४' पुर्वमा रहेको छ । झेलम शहर पाकिस्तानको राजधानी शहरबाट गाडी अथवा मटरबाट १ घण्डा ३० मिनेटको दुरीमा रहेको छ भने पञ्जाबको मुटु लाहोर सहरबाट मोटरमा ३ घण्टाको दुरीमा रहेको छ । झेलम शहर यी शहरहरूबाट पाकिस्तानी राष्ट्रिय राजमार्गबाट-५ बाट जोडिएको छ ।

यस शहरमा विषेश गरि ग्रिष्म ऋतसमा अत्याधिक गर्मी र अोसीलो हुने गर्छ भने हिउँद ऋतुमा जाडो र सुख्खा हुने गरेको छ । यस शहरमा ग्रिष्म ऋतु अप्रिलमा सुरु हुन्छ र जुन महिनामा समाप्त हुन्छ यस शहरको सबैभन्दा अधिक तापक्रम ४९.२ डिग्री सम्म पुगेको छ भने न्युनतम तापक्रम -०.६ डिग्री मापन गरिएको छ । यस शहरमा वार्सिक अौसत तापक्रम ८५० मिलिमिटर पर्छ भने यो वर्षा शहरलाई चाहपने भन्दा कम हो ।

जनशाङ्खिकि[सम्पादन गर्ने]

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या १,४५६,४७ रहेको थियो भने सन् २०१२ मा यस शहरको जनसङ्ख्या १,८८८,०३ रहेको अनुमान गरिएको छ । यो पाकिस्तान ३२ अौँ ठूलो शहर हो जसले पाकिस्तानमा कुल २२ वर्ग किलोमिटर अोगटेको छ । यस शहरको जन घनत्वो २६१ प्रति वर्ग किलोमिटर रहेको छ भने वार्सिक अौसत जनसङ्ख्या बिद्धि दर १.५१ % रहेको छ जुन अन्य विकसित शहरको भन्दा निकै कम हो । यस शहरमा मुख्यतया इस्लाम धर्मका मानिसहरू छन् जसको अावाधी ९८.४७ % रहेको छ भने बाँकी इसाई र हिन्दु रहेका छन् । यस शहरमा गुर्खा, जान्जुफ गुज्जर, खेख्खर, कस्मिरी अादी जनजातिहरू पनि बसोबास गर्छन् ।

झेलम शहरको साक्षरता दर ७९% रहेको छ जुन पाकिस्तानकै उच्च मध्यको एक हो जुन नजिकका इस्लामाबाद र राबलपिंडी भन्दा मात्रै कम छ । यो पञ्जाबकै साक्षरता दर ( ५८ % ) भन्दा पनि बढी छ । यस शहरको साक्षरता दर १९८१ देखि अहिले सम्म ३८.९% ले बढेको छ जसमा शहरी क्षेत्रमा अन्य ठाउँ भन्दा महिला र पुरुषको साक्षरता दर समान छ । यस शहरमा ८४% जनसङ्ख्याले विद्घुतको प्रयोग गर्छन् भने ९६% जनसङ्ख्याले शुद्ध खाने पानीको सुविधा पाएका छन् । यस शहरको मानव विकास सुचाकाङ्क ०.७७७ जुन कराची पछिकै सबैभन्दा धेरै हो ।

खेलकुद[सम्पादन गर्ने]

शिक्षा[सम्पादन गर्ने]

स्वास्थ सेवा[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "वेदरवेस: झेलमको मौसमी जानकारी", वेदरबेस, २००८। 
  2. "सन् २०१५-१४ पाकिस्तानको अार्थिक र सामाजिक विकास", सामाजिक नीति र विकास केन्द्र, २०१६, अन्तिम पहुँच २६ मार्च २०१७ 
  3. "पाकिस्तानी सेनाको गतिविधि", बिबिसी समाचार, १७ जुन २००९, अन्तिम पहुँच २०१३ जनवरी २५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

झेलमको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्घरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट