झोछेँ टोल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झोछेँ टोल
फ्रिक स्ट्रिट
सन् १९७३ मा झोछेँ टोल
झोछेँ टोल is located in बागमती प्रदेश
झोछेँ टोल
बागमती प्रदेशको भाग
स्थान काठमाडौं दरबार क्षेत्रको दक्षिण भागमा
निर्देशाङ्क २७°४२′१२″N ८५°१८′२७″E / २७.७०३३°N ८५.३०७५°E / 27.7033; 85.3075निर्देशाङ्कहरू: २७°४२′१२″N ८५°१८′२७″E / २७.७०३३°N ८५.३०७५°E / 27.7033; 85.3075
अन्य
चिनारीको कारण सन् १९६० देखि सन् १९७० सम्म हिप्पी ट्रेल, लागूपदार्थ बेचबिखन

झोछेँ टोल वा फ्रिक स्ट्रिट काठमाडौं दरबार क्षेत्रको दक्षिणमा अवस्थित एउटा सानो टोल हो। यो पुरानो टोललाई सन् १९६० र सन् १९७० को दशकमा अमेरिकी र युरोपेली देशका पर्यटकहरूले हिप्पी ट्रेलको भाग जनाउँदै यसलाई 'फ्रिक स्ट्रिट' नाम दिएका थिए।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

झोछेँ टोल सन् १९६० को प्रारम्भदेखि सन् १९७० दशकको अन्त्य सम्म हिप्पी जीवनमा रमाउने बाह्य तथा आन्तरिक पर्यटकहरूको केन्द्रबिन्दु थियो।[२] त्यसबेला यहाँ पर्यटकहरू तान्ने मुख्य आकर्षण सरकारद्वारा सञ्चालित चरेस पसलहरू थिए। संसारका विभिन्न भागबाट हिप्पीहरू कानूनी गाँजाको खोजीमा बसन्तपुरभित्र रहेको यस टोलमा आउने गरेका थिए।[३] यो स्थानसम्म आउनको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै बस सेवाहरू उपलब्ध थिए र कानुनी धुम्रपान खोज्ने हिप्पीहरूलाई लक्षित गर्दै सीमानाहरू थिए। गाँजा र चरस कानूनी र सरकारी इजाजतपत्र पसलहरूमा खुला रूपमा विक्री वितरण हुने भएकोले यो निक्कै लोकप्रिय थियो।[४] पश्चिममा युवाहरूको अस्वस्थ जनसङ्ख्याले आफूलाई राजनीतिक र सामाजिक निराशाबाट टाढा राख्न खोज्दै संस्कृति, कला, वास्तुकला, र जीवनशैलीसँग प्रत्यक्ष सम्पर्क बनाउन तिनीहरूलाई झोछेँ टोलले आकर्षित गरेको थियो।[५]

सन् १९७० को प्रारम्भमा नेपाल सरकारले झोछेँ टोलमा हिप्पीहरूलाई घेराबन्दी सुरु गरेर तिनीहरूलाई भारततर्फ पठाउन सुरु गरेको थियो। यो कार्य धेरै हदसम्म संयुक्त राज्य अमेरिका सरकारको निर्देशनमा चलाइएको थियो।  सरकारले पर्यटकहरूको लागि ड्रेस कोड र शारीरिक उपस्थितिको सम्बन्धमा कडा नियम लागू गरेको थियो। सरकारले त्यस्ता नियमहरू लागू गरेपछि हिप्पीहरूले आफुलाई असुरक्षित महसुस गरे र नेपालको हिप्पी आन्दोलन सन् १९७० को दशकको अन्ततिर समाप्त भएको थियो। अमेरिकी सरकारकै निर्देशनमा नेपाल सरकारले नेपालमा चरेस र गाँजाको उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो।[६] हिप्पी पर्यटन चाँडै पदयात्रासांस्कृतिक पर्यटनको अधिक परम्परागत व्यवसायहरूसँग प्रतिस्थापित गरिएको थियो।

सन् २००९ मा झोछेँ टोलमा रहेको एक पसल

संस्कृति[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. किरण, सुरेश, "ह्‍यासिसदेखि होसियार", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१७ 
  2. किरण, सुरेश, "काष्ठमण्डपमा देवानन्द : मरुटोलमा दम मारो दम", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१७ 
  3. किरण, सुरेश, "त्यो फ्रिक स्ट्रिट ज्वाइनको खुला बजार", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१७ 
  4. Pietri, Joseph, "Golden Tar Heroin and the Black Prince: The Drug Trail Ends in Kathmandu", kingofnepal.net/, अन्तिम पहुँच २२ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण ४ अक्टोबर २०१३ मिति
  5. खरेल, शेखर, "हिप्पी जो फ्रिक स्ट्रिट र पाई एल्लीमा भेटिए", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१७ 
  6. Adhikari,Bashyal, Ankit,Pradeep (२०११-१०-०१), "Remembering Freak Street", ekantipur, मूलबाट ३० सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३० सेप्टेम्बर २०१२ मिति