टंक भट्टराई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

साहित्यको मलिलो भूमि खोटाङमा जन्मे/हुर्केका टंक भट्टराईले अग्रजहरूको बिँडो थाम्दै साँझमा पहिलो तारा कवितासंग्रह प्रकाशित गरेका छन्। दुई दशकदेखि उनी साहित्यिक यात्रामा रम्न थाले पनि यसअघि उनका कुनै कृति प्रकाशित भएका थिएनन्। सर्जकले जीवन, जगत् र माटोलाई नजीकबाट छामेर आफ्ना बान्की पस �कन सकेका छन्, त्यसैका आधारमा उसको निष्ठा, समर्पण, भावना, चेत र सफलता/असफलता मापन हुन्छ। भट्टराईले कवितामा दुःख र सास्तीका पक्षलाई समेटेका छन्। सीमान्तकृत मान्छेका अवस्था उधिन्छन् उनका कविताले। त्यति मात्र होइन, कवितामार्फत भट्टराईले सत्यहरूप्रति अविचलित हुन आग्रह गरेका छन्।

संग्रहमा समेटिएका कविताले पाठकलाई एकप्रकारले मोहित मात्रै पार्दैनन्, त्यत्तिकै उद्वेलित पनि बनाउँछन्। साहित्यकार कहलिने सोखले जस्तासुकै रचना पनि प्रकाशित गर्ने होड चलेका बेला उनको यो कृति पृथक्, जुझारु र प्रगतिशील छ। उनले हतारोमा कृति पस्कने काम गरेका छैनन्। लामो समयदेखि साहित्यिक पथमा लागेको परण्िामका रूपमा संग्रह सार्वजनिक भएको छ। संग्रहमा राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा पुरस्कृत ५० वटा कविता समावेश छन्।

पेसाले सरकारी जागीरे भट्टराई प्राध्यापन, साहित्य लेखन र रेडियो प्रस्तुतिमा उत्तिकै सक्रिय छन्। उनका कविताले दिशाविहीनजस्तो बन्दै गइरहेको समाजलाई झक्झक्याउँछन्। व्यक्तिको स्वतन्त्रता र बहुलपनलाई स्वीकार गर्दै अराजकता, अन्धकार, परम्परागत धर्साविरुद्ध खबरदारी गर्छन् भट्टराईका कविताले। सरल तर सांस्कृतिक विम्बहरू प्रयोग भएका छन्।

संग्रहमा समाहित कतिपय कविता गरमिा, मधुपर्क र शारदाजस्ता स्थापित साहित्यिक पत्रिकामा यसअघि नै प्रकाशित भइसकेका छन्। कतिपय कविता लामा छन् भने केही निकै छोटा। कतिपय कविता गजलजस्ता लाग्छन् । सामान्य कमजोरी हुँदाहुँदै पनि साहित्यमा भट्टराईको कृतिगत आगमन प्रशंसायोग्य छ।