पारो ताकसाङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(टाइगर नेष्ट बाट पठाईएको)
Jump to navigation Jump to search
ताकसाङ मठ
Taktshang edit.jpg
ताकसाङ ("टाइगर नेस्ट")
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bhutan" उपलब्ध छैन्.
निर्देशाङ्क:२७°२९′३०.८८″उ॰ ८९°२१′४८.५६″पू॰ / २७.४९१९१११°N ८९.३६३४८८९°E / 27.4919111; 89.3634889
मठ जानकारी
स्थानपारो उपत्यका, पारो जिल्ला, भुटान
स्थापित८औ शताब्दीमा ध्यान गुफाको रुपमा पछी (औपचारिक रुपमा सन् १९६२ पछी मठ बनाइएको)
पुनर्निर्माण मिति१९५८ र २००५
किसिमतिब्बती बौद्ध
सम्प्रदायद्रुक्पा काग्युनिङगमा
को लागि समर्पितगुरू पद्मासम्भा
वास्तुकलाभुटानी

पारो ताकसाङ(जोङ्खा भाषा: སྤ་གྲོ་སྟག་ཚང་། ) पड्रो तग्छाङ् ('टाइगर नेस्ट भनेर पनि चिनिने)को रूपमा रहेका एउटा प्रसिद्ध भुटानी मठ हो । [१] एउटा प्रमुख हिमालय बौद्धको पवित्र स्थल तथा मन्दिर परिसर हो । जुन पहाडको माथिल्लो टाकुरामा रहेको छ । यो मठ भुटानको पारो उपत्यकामा स्थित छ । ताकसाङ अर्थात भुटानको बाघको गुफा भनेर यसलाई चिनिन्छ । भुटानको चर्चित शहर पारोबाट ताकसाङ करिब २० मिनेटको यातायात दुरी पार गरेपछि ३ घण्टा हाराहारी पैदल यात्रा गर्नुपर्ने हुन्छ । समुन्द्री सतहदेखि ३२ सय मिटर उचाइमा रहेको यो गुम्बा निकै नै पुरानो हो । भुटानको पर्यटकीय, धार्मिक, कला र संस्कृतिको आश्य बोकेको ताकसाङ सत्रौ शताब्दीदेखिका बौद्ध मुर्तिहरू जस्ताको तस्तै रुपमा पाइन्छ । आन्तरिक एवम वाह्य पर्यटकको समेत आइरो लाग्ने ठूलो पहाडको कोखमा अवस्थित गुम्बा जति हेरू उति नै हेरू लाग्ने खालको छ । वरिपरीका बनजङ्गल तथा उचाइबाट देखिने दृष्यहरूले जो कोहीलाई मन्त्रमुघ्द पार्दछ । गुम्बा नजिकैको झर्नाले त झनै ताकसाङलाई सुन्दर बनाएको छ । प्राकृतिक सुन्दरता मात्रै होइन ताकसाङले ऐतिहासिक महत्व पनि बोकेको छ ।


चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Lopen Kunzang Tinley (२००८), Seeds of Faith: A Comprehensive Guide to the Sacred Places of Bhutan V1, Thimphu: KMT Publishers, पृ: 121–130, आइएसबिएन 99936-22-42-7 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]