टिम नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

टिम नेपाल (TEAM Nepal) सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा २०६६ सालमा दर्ता रहेको सामाजिक संस्था हो। यो संस्था २०६६ सालकै माघ महिनामा समाज कल्याण परिषदमा २८५५८ नम्बरमा विधीबत रुपमा दर्ता रहेको छ। यस संस्थाको कार्यालय सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालीका वडा न-२ स्थित तालामाराङ मा रहेको छ। अनाथ तथा विपन्न परिवारका जोखीमी परिस्थितीमा रहेका बालबालिकाको तत्काल उद्धार गरी आपतकालिन तथा दीर्घकालिन सहयोग गर्नु यस संस्थाको मुख्य जिम्मेवारी र उदेश्य हो।[१] स्थापनाकाल देखी ७ वर्षे अवधिमा यस संस्थाले २८ जना अनाथ बालबालिकाहरुको रेखदेख, पलनपोषण र शिक्षा प्रदान गर्दै आईरहे पनि हाल संस्थामा २१ जना बालबालिकाहरु आश्रित रहेका छन्। उनिहरुको लागी सहयोग गर्न घर आमा सहित हाल ३ जना कर्मचारीहरु कार्यरत छन। तस्यका अलवा यस संस्थाले जिल्लाका विभीन्न ८ गा.वि.स. र एक नगरपालिकामा शिक्षा, स्वास्थ्य र भुकम्प पिडीतहरुलाई राहतको कार्यक्रमहरु सन्चालन गरेको छ। यस संस्थाको स्थापना २०६६ साल भाद्र २ गते अध्यक्ष श्री निल बहादुर शाही, सचिव सोम राज शाही लगायतको सक्रियतामा भएको हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]