सामग्रीमा जानुहोस्

टीकापुर पार्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टीकापुर पार्क
प्रकारसार्वजनिक उद्यान
स्थानटीकापुर, कैलाली, नेपाल
क्षेत्रफल१५० हेक्टर (३७०.७ एकड)
६.२ वर्ग किलोमिटर (२.४ वर्ग माइल)
अवस्थाप्रवेश खुल्ला

टीकापुर पार्क नेपालकै सबैभन्दा ठुलो मानव निर्मित पार्क हो।कैलाली जिल्लाको टीकापुर नगरपालिका को दक्षिण पुर्वमा अवस्थित यो पार्क पर्यटकहरूको गन्तव्यका रूपमा विकसित छ।

flora at Tikapur park
flora at Tikapur park

टीकापुर पार्क लाई टीकापुर बृहत उद्यान नामले पनि चिनिन्छ।यो पार्कको वास्तबिक नाम बङ्गला हो।यो पार्क राजा महेन्द्रका पालामा स्थापना भएको थियो।कुनैताका यो पार्कमा राजामहाराजा आउने बस्ने गर्दथे। राजा बीरेन्द्र पनि रानी ऐश्वर्य र अन्य राज परिवारका निकटहरूसंग यो पार्क मा आउने गरेका थिए। वर्षेनी लाखौको संख्यामा पर्यटकहरू यो पार्क घुम्न आउछन।प्रयटकको संख्या कार्तिक मंसिरमा बढी हुने गर्दछ।

२०२४ चैत्र २ सालमा राजा महेन्द्र शिकार खेल्न महाकाली अञ्चलको शुक्लाफाँटा जाँदा राजा महेन्द्रका साथ परराष्ट्रमन्त्री कीर्तिनिधि विष्टको पनि उपस्थिति थियो । त्यसै बेला जङ्गलको माझमा राजा महेन्द्रलाई पहिलो पटक हृदयाघात भएको थियो। राजालाई ह्दयाघात भएको ठाउँ एउटा मचान थियो जहाँ एउटा चकला मात्र बिछ्याइएको थियो । हृदयाघातपछि महेन्द्रलाई त्यही चकलामा सुताइएको थियो । त्यस घटनाबाट त्यहाँ निक्कै ठूलो हाहाकारको सिर्जना भएको थियो । राजाको शरीरभरि खलखल पसिना आएको थियो । त्यस घटनाले कीर्तिनिधीको जीउ पानी नै पानी भएको थियो । हुन त त्यहाँ राजाका साथमा अनुभवी बङ्गाली डाक्टर हल्डर पनि गएका थिए र उनले हत्तपत्त राजाका पाखुरामा इन्जेक्सन लगाइदिएका थिए ।

त्यस बेला राजा महेन्द्रलाई ठूलो पीडा भएको थियो त्यही पीडामा राजाले निक्कै रन्थनिएका थिए । राजाको शरीरभरि खलखल पसिना आएको थियो । त्यस बेला राजा महेन्द्र कीर्तिनिधीका पाखुरा र नाडीको बीच भागलाई सिरानी लगाएर सुतेका थिए। त्यसै बेला राजा महेन्द्रले उनलाई रूपमा भनेका थिए, “खोइ कीर्तिनिधि, अब के हुने हो; मलाई जे भए पनि मेरो देश बाँच्नुपर्छ । म मरे पनि मेरो देश बाँचिरहोस् ।” त्यसपछि राजा महेन्द्र मूर्छा परेका थिए । राष्ट्रको चिन्तामा हृदयको रोदन पोख्तापोख्दै त्यस बेला राजा महेन्द्र अचेत भएका थिए । रातभर मचानमै बित्यो। भोलिपल्ट बिहान पाँच बजेतिर जमिनमा ल्याइयो।[]

राजा महेन्द्रको उपचारार्थ जङ्गलमा तत्कालै मुटुविशेषज्ञ डा.मृगेन्द्रराज पाण्डे पनि झिकाइए र उनी पनि त्यहाँ गएर राजाको उपचारमा सरिक भए । अनि केही दिनपछि अमेरिकाबाट पनि चिकित्सकहरू आए जसअनुसार अमेरिकन डा. मेटिङ्ग पनि राजा महेन्द्रको स्वास्थ्यउपचारमा केन्द्रित भए । डा. मेटिङ अमेरिकन राष्ट्रपति आइजनहावर हावरका विशेष चिकित्सक थिए । हावरलाई पटक, पटक हृदयाघात भएको थियो । अनि उनका भरोसा नै डा. मेटिङ्ग थिए । राजा महेन्द्रलाई केही आराम भएपछि चैत्र २५ मा उनलाई टीकापुर ल्याइयो । कर्णालीको भङ्गालोनगिचै राजा महेन्द्रका लागि काठको एउटा घर बनाइएको थियो । त्यहीँ नै राजाको सम्पूर्ण स्वास्थ्यउपचार गरिएको थियो ।[]

Back view of Mahendra Griha at Tikapur Park
टिकापुर पार्क महेन्द्र गृहको पछाडी मोहोडाको दृश्य

मुलुकको अस्थायी राजधानीको हैसियत प्रदान गर्दै बि.सं. २०२४ चैत्र २५ देखि २०२५ बैशाख २४ सम्म राजा महेन्द्र बाट पूर्णत स्वास्थ्यलाभ गरी राज्य सञ्चालन गरिएको गौरवगाथा यस स्थानलाई प्राप्त भएको यथार्थ नेपालको राजनीतिक इतिहासमा भेटिन्छ।[]

पार्क भित्र

[सम्पादन गर्नुहोस्]

यो पार्कमा एउटा प्रमुख पथ रहेको छ। यो पथको बिचमा एउटा स्तम्भ रहेको छ।पार्कमा धेरै थरिका फुलहरू रहेका छन।पार्कलाई तिनचार ओटा समुहमा बाडीएको छ। प्रत्येक समुहहरू फरक किसिमबाट सजिएका छन।उत्तर तर्फको बाटीकाको बिचमा बिश्राम स्थल रहेको छ।त्यसैको आगाडी पानिको फोहरा निर्माण गरिएको छ।पार्क भित्र फोटो खिच्नेहरू प्रसस्तै भेटिन्छन।

पार्क बाहिर

[सम्पादन गर्नुहोस्]

टीकापुर वाटीका बाहिर उत्तर पूर्वतिर बनभोज स्थल छुट्याईएको छ।त्याहाँ मानिसहरू बनभोज आयोजना गर्दछन।यसका लागि पानिको समेथ व्यावस्था गरिएको छ।मानिसहरू बनभोज संगै नाचगान गरेर रमाईलो गर्छन।प्राय तिहारमा देउसी भोलो खेल्ने समुहहरू पिकनिक आयोजना गर्ने भएकाले असोज, कार्तिक र मंसिर महिनामा यो क्षेत्र मानिसहरूले ढाकिएको हुन्छ।बनभोज स्थलबाट पूर्वतर्फ कर्णाली नदीबाट छूट्टिएर आएको नदी छ जहाँ र्याफ्टिङ खेलेर रमाईलो गर्न सकिन्छ।साथै मानिसहरू पौडी खेलेर समेत रमाईलो गर्ने गर्दछन।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "महेन्द्र महिमा", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-०७
  2. editor (२०२०-०६-१२), "मुटुको व्यथाले कक्रक्क भएपछि…", साहित्यपोस्ट, अन्तिम पहुँच २०२५-१२-०७
  3. "२०८० वैशाख १ देखि २०८० असार मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरू स्वतः प्रकाशन", www.tikapurmun.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-०७