टुकुचा काभ्रे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



टुकुचा काभ्रे जिल्लाको एक रमणिय गा.वि.स. हो। यो गा.वि.स. सदरमुकाम धुलिखेल देखि करीब १० कि.मी. पश्चिममा तथा राजधानी काठमाडौंं देखि २३ कि.मी. पूर्वमा पर्दछ। यस गा.वि.स.को नाम टुकुचा रहनुमा आफ्नै पौराणिक कथन रहेको छ। नेवारी भाषामा टु भन्नाले उखु र कुचा भन्नाले टुक्रा भन्ने बुझिन्छ। पहिले यहाँ धेरै उखु उत्पादन हुने र टुक्रा बनाई छिमेकी गा.वि.स. उग्रचण्डीको टुसाल भन्ने ठाँउमा लगेर पेल्ने गरीन्थ्यो। यस गा.वि.स.को पूर्वमा उग्रचण्डी नाला दक्षिणमा नासिका साँगा पश्चिममा चितापोल भक्तपुर र उत्तरमा नगरकोट भक्तपुर पर्दछ।