टेम्पररी एसिस्टेन्स फर नीडि फेमिलीज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



टेम्पररी एसिस्टेन्स फर नीडि फेमिलीज (टिएएनएफ) का नाममा अमेरिकामा जनताको हितका लागि खाँचो परेका परिवारलाई अस्थायी सहायता दिइन्छ। यस सहायताबाट पर्याप्त खर्च नपुग्ने परिवारलाई घरभाडा, खाना र औषधोपचार सहयोग गरिन्छ।

यो सहायता सबै राज्यमा दिइन्छ। तर राज्यले त्यसको बाँडफाँड फरकफरक तरिकाले गर्छ। जसरी बाँडफाँड भए पनि जनतालाई सजिलो पारिन्छ। सहायता सिधैं अत्यावश्यक परिवारमा जान्छ। त्यो खर्चबाट काम र शिक्षामा मद्दत पुग्छ।

खर्चको हिसाब[सम्पादन गर्ने]

टिएएनएफको ३६ प्रतिशत रकम सिधैं त्यस्ता परिवारमा जान्छ। यो सहायता महिनामा दुई पटक दिइन्छ। यो रकम इबिटी कार्डमार्फत प्राप्त हुन्छ। हातमा नगद भने दिइदैन। २४% अन्य सेवाका लागि दिइन्छ। १८% गरिन्छ। २०% रकम प्रशासनिक खर्च, यातायात र रोजगारी तालीममा जान्छ।

कसले पाउँछ?[सम्पादन गर्ने]

यो सहायता पाउन एकमात्र अभिभावक र बालबच्चा भएको परिवारलाई धेरै सजिलो हुन्छ। दुवै अभिभावक भएका परिवारले पनि पाउँछन्। तर आवश्यक भए/नभएको जाँचीबुझिमात्र सहायता दिइन्छ। जबसम्म अभिभावकको दिगो काम हुँदैन, तबसम्म सहायता दिइन्छ।

एक व्यक्ति वा परिवारले यस्तो सहायता जीवनको कूल ५ वर्षमात्र पाउँछ।