टेलिस्कोपको निर्माण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

टेलिस्कोपको निर्माण सर्वप्रथम रूपमा ग्यालिलियोले गरेका थिए।

यस लेखमा थोरै खर्चमा घरमै सजिलैसित टेलिस्कोप निर्माण गर्ने तरिका प्रस्तुत गरिन्छ।

आवश्यक सामाग्री र औजारहरू[सम्पादन गर्ने]

सामाग्रीहरू[सम्पादन गर्ने]

  1. कार्डबोर्डबाट बनेको १२ ईन्च लम्बाईको २ ओटा ट्युब (वा आफैं बनाउने) जसमध्ये एउटाको 'भित्री व्यास २ ईन्च' तथा अर्को ट्युबको 'बाहिरी व्यास २ ईन्च' हुन्छ जसले गर्दा एउटा ट्युब अर्कोभित्र स्लाईड गर्न सकिने हुनुपर्छ।
  2. २ ईन्च व्यास भएको २ ओटा कन्भेक्स लेन्स जसमध्ये एउटाको 'फोकल लेन्थ लगभग १६ ईन्च' र अर्को लेन्सको 'फोकल लेन्थ लगभग २ ईन्च' हुनुपर्छ जसले गर्दा टेलिस्कोपबाट हेर्दा वस्तु ८ गुणा ठूलो देखिन्छ किनकी १६ ईन्च फोकल लेन्थलाई २ ईन्च फोकल लेन्थले भाग गर्दा ८ हुन्छ।
  3. कम्तिमा ३६ ईन्च लामो र ९ ईन्च चौडा कार्डबोर्ड (लेन्सहरू फिट गर्नको लागि र ट्युबहरू बनाउनको लागि)
  4. कार्डबोर्ड टाँस्नको लागि राम्रो खालको गम (फेविकोल वा भएमा त्यो भन्दा राम्रो गम)
  5. कार्टून टेप अलिकति
  6. ट्युबहरू आकर्षक हुने गरी रङ्गाउन कालो र अन्य रङ्गका पेन्टहरू।

प्रष्टीकरण[सम्पादन गर्ने]

  1. २ ओटा लेन्सहरूको फोकल लेन्थ १६ ईन्च र २ ईन्च जोड्दा १८ ईन्च हुन्छ। त्यसकारण १८ ईन्च भनेको टेलिस्कोपका दुई लेन्सहरूबीच कायम हुनुपर्ने निश्चित सर्वोत्तम दुरी हो जसले गर्दा वस्तुको आकृति फोकस भई प्रष्ट देखिन्छ।
  2. यहाँ १२ ईन्च लम्बाईका २ ओटा ट्युबलाई एउटा भित्र अर्को स्लाईड गर्न हुने गरी टेलिस्कोप बनाउँदा सो टेलिस्कोपलाई आवश्यकता अनुसार १२ देखि २४ ईन्च सम्मको लम्बाईमा घटबढ गर्न सकिन्छ र १८ ईन्च भनेको १२ देखि २४ ईन्च भित्र नै पर्छ। यसो भएकोले नै टेलिस्कोपभित्र वस्तुको आकृति देखिन्छ।
  3. यदि २ ओटा लेन्सहरूको फोकल लेन्थहरूको जोड टेलिस्कोपको घटबढ गर्न मिल्ने लम्बाई भित्र नभएमा टेलिस्कोपबाट वस्तुको आकृति देखिंदैन।

औजारहरू[सम्पादन गर्ने]

  1. कैंची
  2. सीसाकलम
  3. कार्डबोर्ड काट्ने पेपर कटर
  4. ट्युब रङ्गाउन पेन्टब्रश

निर्माण विधि[सम्पादन गर्ने]

  1. सीसाकलमले चिनो लगाई दुबै लेन्सहरूको गोलाइ बराबर हुने गरी कार्डबोर्ड काटेर दुई ओटा वृत्तहरू काट्नुहोस्।
  2. ती दुई वृत्तहरूबाट करीब (१/३२) ईन्च मोटाईका दुई रिङ्गहरू बनाउनुहोस्।
  3. अब दुबै रिङ्गमा एउटा एउटा लेन्स गमले टाँस्नुहोस र सुक्न दिनुहोस्।
  4. अब 'आवश्यक सामाग्री' अन्तर्गत माथि नै उल्लेख गरिसकिएको नापमा एउटा ठूलो गोलाइमा र अर्को सानो गोलाइमा दुई ओटा स्लाईडिङ्ग ट्युबहरू बनाउनुहोस्।
  5. अब ठूलो लेन्स (१६ ईन्च अर्थात् धेरै फोकल लेन्थ भएको) लाई मोटो (ठूलो गोलाइ भएको) ट्युबमा र सानो लेन्स (२ ईन्च अर्थात् थोरै फोकल लेन्थ भएको) लाई मसिनो (सानो गोलाइ भएको) ट्युबमा नखस्ने र नहल्लने गरी राम्ररी फिट गर्नुहोस्।
  • यहाँ ठूलो लेन्सलाई मोटो ट्युबको एक छेउमा १ देखि १.५ ईन्चभित्र घुसाई फिट गरिन्छ र लेन्समा टाँसिएको रिङ्गलाई बाहिरतिर पारिन्छ।
  • त्यस्तै, सानो लेन्सलाई मसिनो ट्युबको एक छेउमा फिट गरिन्छ (यो लेन्स ठूलो लेन्स जस्तो ट्युबभित्र घुस्दैन) र लेन्समा टाँसिएको रिङ्गलाई बाहिरतिर पारिन्छ। कार्टून टेपले यो लेन्स र ट्युबलाई राम्ररी मिलाएर बेरेर टाँसी फिट गरिन्छ।

6. अब मसिनो ट्युबको लेन्स नभएको छेउलाई मोटो ट्युबको लेन्स नभएको छेउतिरबाट भित्र घुसाई ट्युबहरू एक आपसमा स्लाईड गर्न मिल्ने बनाइन्छ र यसरी टेलिस्कोप तयार हुन्छ।

7. टेलिस्कोप तयार भएपछि तपाईँ विभिन्न रङ्ग प्रयोग गरी पेन्टब्रशले टेलिस्कोपको बाहिरी भागमा आकर्षक डिजाईन बनाउन सक्नु हुन्छ।

टेलिस्कोपको प्रयोग कसरी गर्ने?[सम्पादन गर्ने]

  • यहाँ उल्लेख गरिएको टेलिस्कोप साधारण टेलिस्कोप भएकोले यसले सूर्यलाई हेर्न सकिंदैन किनकि सूर्यको किरणले आँखालाई ठूलो हानि गर्न सक्छ।
  • यहाँ उल्लेख गरिएको टेलिस्कोपको दुई छेउ मध्ये मोटो ट्युबको छेउमा रहेको ठूलो लेन्सलाई वस्तुतिर फर्काइन्छ र त्यो लेन्सलाई वस्तुगत लेन्स भनिन्छ भने टेलिस्कोपको मसिनो ट्युबको छेउमा रहेको सानो लेन्सबाट अवलोकनकर्ताको आँखाले टेलिस्कोपमा वस्तुको आकृति अवलोकन गरिन्छ, यसैले सानो लेन्सलाई दृष्टि लेन्स भनिन्छ।
  • रातको समयमा यस टेलिस्कोपको वस्तुगत लेन्सलाई आकाश (अन्तरिक्ष) तर्फ फर्काई चन्द्रमा, ग्रहहरू र ताराहरू जस्ता खगोलीय पिण्डहरू दृष्टि लेन्सबाट यस टेलिस्कोपमा राम्ररी हेर्न सकिन्छ।
  • यस टेलिस्कोपले दिउँसो पृथ्वीका टाढाका अन्य वस्तुहरू पनिे हेर्न सकिन्छ।

टेलिस्कोप निर्माण र अन्य क्षेत्रमा प्रयोग हुने लेन्स र ऐनाहरू[सम्पादन गर्ने]

टेलिस्कोप निर्माण र अन्य क्षेत्रमा विविध उद्देश्यले विविध व्यास, फोकल लेन्थ र सतहका लेन्स र ऐनाहरू प्रयोग गरिन्छन्।

  • टेलिस्कोपमा प्रयोग हुने लेन्सका प्रकारहरू:
  1. डबल कन्भेक्स = दुबै तिर उठेको सतह भएको लेन्स
  2. डबल कन्केभ लेन्स = दुबैतिर दबेको सतह भएको लेन्स
  3. प्लानो-कन्भेक्स लेन्स = एकातिर समतल अर्कोतिर उठेको सतह भएको लेन्स
  4. प्लानो-कन्केभ लेन्स = एकातिर समतल र अर्कोतिर दबेको सतह भएको लेन्स
  5. कन्केभ-कन्भेक्स लेन्स = एकातिर दबेको र अर्कोतिर उठेको सतह भएको लेन्स
  • टेलिस्कोपमा समतल ऐना पनि प्रयोग गरिन्छ।
  • कन्केभ ऐना र कन्भेक्स ऐनाहरू सवारी साधनमा र चिकित्साक्षेत्रमा दन्त परीक्षण, मुख परीक्षण र घाँटी परीक्षणमा आवश्यकता अनुसार प्रयोग गरिन्छन्।

टेलिस्कोपले कसरी काम गर्छ?[सम्पादन गर्ने]