सामग्रीमा जानुहोस्

ट्याम्पोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुक्खा र प्रयोग नगरिएको अवस्थामा एउटा ट्याम्पोन

ट्याम्पोन भन्नाले महिनावारीका समयमा योनीभित्र पसाएर रगत र योनीबाट हुने श्रावलाई सोस्नका लागि डिजाइन गरिएको एक प्रकारको महिनावारी स्वच्छता उत्पादन हो। स्यानिटरी प्याड जस्तो बाहिर लगाइने साधनको विपरीत, यसलाई शरीरको भित्री भाग अर्थात् योनीमार्ग भित्र राखिन्छ।[] सही तरिकाले भित्र पसाएपछि, योनीका भित्री मांशपेसीले ट्याम्पोनलाई यथास्थानमा पक्रिराख्छन् र महिनावारीको रगत सोस्दै जाँदा यो फैलिँदै (फुल्दै) जान्छ।

ट्याम्पोनले महिनावारीको रगतका साथै योनीको प्राकृतिक चिल्लोपना र त्यहाँ रहने ब्याक्टेरियालाई समेत सोस्ने हुनाले, यसले योनीको सामान्य पिएच मानमा परिवर्तन ल्याउन सक्छ। यसले गर्दा स्टाफाइलोकोकस ओरियस नामक ब्याक्टेरियाको सङ्क्रमण भई टक्सिक सक सिन्ड्रोमको जोखिम बढाउन सक्छ।[][] टक्सिक सक सिन्ड्रोम एक दूर्लभ तर ज्यान नै लिन सक्ने खतरनाक सङ्क्रमण हो, जसमा तुरुन्तै चिकित्सकीय उपचारको आवश्यकता पर्दछ।[]

बजारमा बिक्री हुने अधिकांश ट्याम्पोनहरू रेयनकपासको मिश्रणका साथै कृत्रिम फाइबरहरूबाट बनेका हुन्छन्।[] केही ट्याम्पोनहरू प्राङ्गारिक कपासबाट मात्र पनि बनाइन्छन्। ट्याम्पोनहरू विभिन्न सोस्ने क्षमताका आधारमा उपलब्ध हुन्छन्।

धेरै देशहरूले ट्याम्पोनलाई चिकित्सा उपकरणका रूपमा कडा नियमन गर्छन्।

पाठेघर (हरियो) बाट बहने रगत सङ्कलन गर्न योनी (नीलो) भित्र पसाइएको ट्याम्पोन (गाढा गुलाबी)

वातावरण र फोहोर

[सम्पादन गर्नुहोस्]
प्रयोग नगरिएको (बायाँ) र प्रयोग गरिएको (दायाँ) ट्याम्पोन

धेरै देशहरूमा अझै पनि प्रयोग गरिएका ट्याम्पोनहरूको उपयुक्त विसर्जनको अभाव रहेको छ। केही देशहरूमा महिनावारी व्यवस्थापन अभ्यासहरूको कमीका कारण, धेरै स्यानिटरी प्याड वा अन्य महिनावारी उत्पादनहरूलाई घरको ठोस फोहोर वा फोहोरदानीमा फ्याँकिन्छ, जुन अन्ततः ठोस फोहोरकै एक हिस्सा बन्न पुग्दछ।[]

महिनावारीजन्य फोहोर व्यवस्थापनको सञ्चालन वा कार्यान्वयनमा आउने मुख्य समस्या भनेको कुनै पनि देशले महिनावारीको फोहोरलाई कुन वर्गमा राख्छ भन्ने कुरा हो। यस प्रकारको फोहोरलाई सामान्य घरेलु फोहोर, खतरनाक घरेलु फोहोर (जसलाई नियमित घरेलु फोहोरबाट अलग राख्नुपर्ने हुन्छ), यसमा हुने रगतको मात्राका आधारमा जैविक-चिकित्सकीय फोहोर, वा बजारमा पाइने धेरै डिस्पोजेबल प्याडहरूमा प्लास्टिकको मात्रा हुने भएकाले (केही ट्याम्पोन वा प्याडको बाहिरी खोलमा मात्र प्लास्टिक हुन्छ) यसलाई प्लास्टिक फोहोरका रूपमा वर्गीकरण गर्न सकिन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "Period Products: The Good, the Bad, and the Ugly", UT Health Austin (en-usमा), अन्तिम पहुँच २०२०-०८-०४[स्थायी मृत कडी]
  2. Vostral, Sharra L. (डिसेम्बर २०११), "Rely and Toxic Shock Syndrome: A Technological Health Crisis", The Yale Journal of Biology and Medicine 84 (4): 447–459, आइएसएसएन 0044-0086, पिएमआइडी 22180682, पिएमसी 3238331
  3. "Toxic Shock Syndrome (TSS)", Saint Luke's Health System (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-०५
  4. Nadia Kounang (१३ नोभेम्बर २०१५), "What's in your pad or tampon?", CNN, अन्तिम पहुँच २०२०-०७-२८
  5. Kaur, Rajanbir; Kaur, Kanwaljit; Kaur, Rajinder (२०१८-०२-२०), "Menstrual Hygiene, Management, and Waste Disposal: Practices and Challenges Faced by Girls/Women of Developing Countries", Journal of Environmental and Public Health 2018: 1–9, आइएसएसएन 1687-9805, डिओआई:10.1155/2018/1730964, पिएमआइडी 29675047, पिएमसी 5838436
  6. Elledge, Myles F.; Muralidharan, Arundati; Parker, Alison; Ravndal, Kristin T.; Siddiqui, Mariam; Toolaram, Anju P.; Woodward, Katherine P. (नोभेम्बर २०१८), "Menstrual Hygiene Management and Waste Disposal in Low and Middle Income Countries—A Review of the Literature", International Journal of Environmental Research and Public Health 15 (11): २५६२, आइएसएसएन 1661-7827, डिओआई:10.3390/ijerph15112562, पिएमआइडी 30445767, पिएमसी 6266558

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]