ट्युन पाकिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्युन डट पिके
ट्युन डट पिके साइटको ग्रिहपृष्ठको स्क्रिनसट
व्यवसायको प्रकारनिजी
साइटको प्रकार
भिडियो साझेदारी सेवा
संस्थापित१ जनवरी २०१२ (2012-01-01)
मुख्यालयहरू,
सेवा क्षेत्रविश्वब्यापी
संस्थापक (हरू)
मुख्य व्यक्तिहरूअर्सलान हसन (प्रमुख कार्यकारी अधिकृत)
जहानजेब हसान(प्रमुख परिचालन अधिकारी)
उद्योगइन्टरनेट
भिडियो साझेदारी सेवा
अभिभावकइन्टिग्रेटेड युनिट्स प्रा.लि
युआरएलTune.pk
अलेक्सा क्रमवृद्धि ५,१२१ (विश्व्यापी)
वृद्धि १८४ (पाकिस्तान)
(डिसेम्बर २०१८)[१]
दर्ताबैकल्पिक
चालु भएको मिति१ जनवरी २०१२; १२ वर्ष पहिले (२०१२-०१-01)[२]
वर्तमान स्थितिचालु
सामग्री इजाजतपत्र
Uploader holds copyright (standard license); Creative Commons can be selected.
लेखिएको भाषापाइथन, पिएचपि[३]

ट्युन पाकिस्तान[४] वा टिपिके अथवा ट्युन डट पिके पाकिस्तानमा आधारित एक भिडियो साझेदारी वेबसाइट हो जसमा प्रयोगकर्ताहरूले भिडियो उर्ध्वभरण , हेर्न र बाड्न सक्छन्। यस वेबसाइटमा भिडियोहरू उर्ध्वभरण र मुल्याङ्कन गर्नको लागि दर्ता आवश्यक पर्दछ तर दर्ता नगरीएका प्रयोगकर्ताहरू पनि हेर्न, साझेदारी र टिप्पणी गर्न सक्छन्। यसले पाकिस्तानको स्थानीय र क्षेत्रीय सामग्री प्रदान गर्दछ र हाल यो विश्वभर उपलब्ध छ। यस वेबसाइटले प्रयोगकर्ताद्वारा निर्मित भिडियो सामग्री चल्नका लागि एचटीएमएल ५ र एडोब फ्ल्यासको साथ क्लिपबकेटको प्रयोग गर्दछ। यो पाकिस्तानको एक मात्र भिडियो साझेदारी गर्ने वेबसाइट हो।

इतिहास[सम्पादन गर्नुहोस्]

दुई पाकिस्तानी दाजुभाइले, पाकिस्तानी सङ्गीतलाई बढावा दिनको लागि, ट्युन डट पिके वेबसाइट उनीहरू बस्ने घरको कोठाबाट शुरू गरेका थिए ।

विकास[सम्पादन गर्नुहोस्]

२००७-११[सम्पादन गर्नुहोस्]

२००७ मा पहिलो पटक टिपीके को शुभारम्भ भएको बेला, साइट अनुकूलित थर्ड पार्टी सफ्टवेयरको प्रयोग गरेको थियो र अनधिकृत स्क्रिप्टका कारण ४ दिन सम्म भिडियो साझेदारी प्रदाता द्वारा यसलाई हटाइएको थियो । यसको सम्पूर्ण असफलताका कारण ३० दिनको समय अवधिमा क्लिपबकेट भन्ने नयाँ वेबसाइट निर्माण गरेको थियो । क्लिपबकेटको आगमन भएपछि आधारभूत उद्देश्य एक स्क्रिप्टको स्वामित्व गर्नु थियो जसले ट्युन डट पिकेलाई फिर्ता ल्याउन मद्दत गर्यो । ट्युन डट पिके २००८ मा फेरि सुरू भएको थियो, तर साइट टोलीको अनुभवहीनताको कारण साइट बन्द भएको थियो । त्यसपछि फेरि, २००९ मा, साइट पुन: सुरु भएको थियो तर प्राविधिक स्रोतको कमीको कारण काम गर्न सकेन । त्यसपछि फेरि साइटले क्रमशः असुविधाजनक ट्राफिक र अपर्याप्त रकमका कारण २०१० र २०११ मा पनि शुरु हुन सकेन ।

अवस्थिती[सम्पादन गर्नुहोस्]

ट्युन डट पिकेको मुख्य कार्यालय लाहोरको पिआइए समाजमा अवस्थित छ । पहिला कम्पनीको मुख्यालत सियालकोटमा थियो र सबै कार्यसञ्चालन त्यहाँ आधारित थियो । यद्यपि प्रमुख कार्यहरू लाहोर देखिनै सञ्चालन हुने गरेका छन् । यस कम्पनीको कार्यलय सीलकोट र कराचीमा पनि रहेका छन् ।

आलोचना[सम्पादन गर्नुहोस्]

जनवरी २०१५ मा, ट्युन डट पिकेलाई एक प्रमुख पाकिस्तानी ब्लग प्रोपाकिस्तानीले युट्युब को उपयोग गर्नको लागि एक मञ्चको रूपमा उपयोग गरेकोमा यसले आलोचना खेपेको थियो।[५]

मञ्च[सम्पादन गर्नुहोस्]

ट्युन डट पिकेको भिडियो साझेदारी गर्ने अनुप्रयोग आइओएस, एन्ड्रोइड र विन्डोजमा पनि उपलब्ध छ।[६]

ट्युन डट पिकेमा मुद्रिकरण[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा यसले एक अर्न मनि नामक बटन[७] ट्यून प्लेयरको शीर्ष दायाँ कुनामा थप्यो।[८] यस बटनको आधारभूत उद्देश्य प्रयोगकर्ता सामग्रीमा राजस्व उत्पादन गर्न सजिलो बनाउनु थियो। बटनको साथमा, प्रयोगकर्ताहरू केवल एक क्लिकमा मुद्रिकरण कार्यक्रमको सक्रियता अनुरोध गर्न सक्षम बनाइएका थिए।[९][१०][११] यसले ट्युन डट पिके सँग जडान गर्न प्रकाशकहरूको लागि लागि एक सजिलो गेटवे प्रदान गरेको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "ट्युन डट पिके वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच ५ डिसेम्बर २०१८  = Archive.today अभिलेखिकरण २०१८-०५-०४ मिति
  2. "ट्युन डट पिके – जानकारी", फेसबुक, अन्तिम पहुँच ३० नोभेम्बर २०१३ 
  3. "क्लिपबकेट – नि:शुल्क भिडियो साझेदारी र सामाजिक सञ्जाल सेवा", क्लिप-बकेट डट कम, अन्तिम पहुँच ३० नोभेम्बर २०१३ 
  4. "ट्युन डट पिके – भिडियोहरू हेर्नुहोस् , बाड्नुहोस , र खोज्नुहोस", ट्युन डट पिके, अन्तिम पहुँच ७ मार्च २०१७ 
  5. "पाकिस्तान दूरसञ्चार निगम, युट्युब खुलाउनु पर्यो वा ट्युन डट पिके बन्द गर्नु पर्यो!", अन्तिम पहुँच ९ फेब्रुअरी २०१६ 
  6. "ट्युन पाकिस्तानको अनुप्रयोग", एपीके ४ फन, अन्तिम पहुँच माघ २१, २०७५ 
  7. "ट्युन डट पिकेमा मुद्रिकरण", ट्युन डट पिकेक१ ब्लग, ७ मार्च २०१७, अन्तिम पहुँच ७ मार्च २०१७ [dead link]
  8. "ट्युन प्लेयरको ४अौँ संस्करण", ट्युन डट पिकेको ब्लग, ५ अक्टोबर २०१६, अन्तिम पहुँच ७ मार्च २०१७ [dead link]
  9. "पाकिस्तानको ट्युन डट पिकेले नविनतम सेवा ल्याएको छ", आइटेक उर्दु, २५ फेब्रुअरी २०१७, अन्तिम पहुँच १३ मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-१७ मिति
  10. "ट्युन पिके – हाम्रो यात्रा", अन्तिम पहुँच १३ मार्च २०१७ 
  11. "ट्युन पिकेले अबबाट भिडियो साझेदारी गरेबापत पैसा कमाउन अनुमति दिएको छ", १३ मार्च २०१७, अन्तिम पहुँच १३ मार्च २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]