ट्रेड युनियन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ट्रेड युनियन

अवधारणा: खासगरी औद्योगिक क्रान्तिको परिणामस्वरुप श्रमिकहरुको अधिकार न्यूनतम मानवीय व्यवहार सेवा तथा व्यवसायिक सुरक्षा जस्ता विषयहरुमा श्रमिकहरुमाथि गरिएको दमन र शोषणको प्रतिक्रिया स्वरुप ट्रेड युनियन श्रमिक संगठनहरुको स्थापना भएको हो । ILO र कार्लमाक्सको योगदानले ट्रेड युनियन आन्दोलनलार्इ खास उचाइमा पुर्याउन र व्यवस्थापन गर्न सहयोग गर्यो । निलपोशी कामदारहरुको अधिकारको सुनिश्चितता र सेवाको सुरक्षामा केन्द्रित अवधारणा भएतापनि हाल श्वेतपोशी कामदारहरुको क्षेत्रमा पनि ट्रेड युनियनको अभ्यास हुन थालेको छ ।


परिभाषा: आफ्नो हकहीतको सुरक्षाको ध्येयले स्थापना गरिएको श्रमिकहरुको एकतावद्ध अभ्यास नै ट्रेड युनियन हो । आफ्नो हकहीत सेवाको सुरक्षा कार्यवातावरणको सुरक्षा क्षतिपूर्ति र सामाजिक सुरक्षा जस्ता विषयहरुमा एकीकृत हुने सौदावाजी गर्ने र पेशागत मर्यादा र सम्मान कायम गर्न आवश्यक विविध विषयहरुमा ती युनियनहरुको ध्यान हुन्छ ।


[१]

<reference name="">रिजाल, मेघनाथ (२०६९), औद्योगिक सम्बन्ध, औद्योगिक बुलेटिन(२०६९), घरेलु तथा साना उद्योग विभाग, काठमाण्डौ, नेपाल</ref>

  1. रिजाल, मेघनाथ (2069), औद्योगिक सम्बन्ध, औद्योगिक बुलेटिन(२०६९), घरेलु तथा साना उद्योग विभाग, काठमाण्डौ, नेपाल