सामग्रीमा जानुहोस्

ट्वान्टी२०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ट्वान्टी२० क्रिकेटबाट अनुप्रेषित)
सन् २००५ मा खेलिएको ट्वान्टी ट्वान्टी क्रिकेट खेलको दृश्य

ट्वान्टी२० सामान्यतया टि-ट्वान्टी भन्ने गरिन्छ। यो क्रिकेटको त्यो स्वरूप हो जसमा दुई टोलीहरूको बीच बढीमा २० ओभर को प्रतिस्पर्धा हुन्छ। यस खेलको सुरुवात संयुक्त अधिराज्यमा इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले सन् २००३ मा व्यावसायिक टोलीहरू बीच खेल गराएर गरेको थियो। यस खेलले निकै कम समयमा आफ्नो स्वरूपको कारण चर्चा बटुल्न सफल हुन पुगेको हो। यो खेलको समयावधि छोटो हुने भएकोले सबै वर्गको क्रिकेट प्रेमीमाझ यो लोकप्रिय रहेको छ। यो खेलको एक इनिङ्ग ७०-९० मिनेटमा सकिन्छ त्यसपश्चात १०-२० मिनेटको अन्तरालपछि अर्को इनिङ्गको खेल सुरु हुन्छ जसले गर्दा यो खेल ३ घण्टा भित्र सकिन्छ।

क्रिकेट जगतमा ज्यादै लोकप्रिय भएको हुनाले तथा नतिजा चाँडै आउने हुनाले आइसिसीले यस स्वरूपमा चासो राखेर सन् २००७ मा दक्षिण अफ्रिकामा पहिलो आइसिसी पुरुष टि२० विश्वकप प्रतियोगिता गराएको थियो जसमा भारतले पाकिस्तानलाई फाइनलमा ५ रनले हराएर विश्वकप जित्न सफल भएको थियो।[] पाकिस्तानले सन् २००९ विश्वकप जितेको थियो,[] त्यसै प्रकार इङ्ल्यान्डले सन् २०१०, र श्रीलङ्काले सन् २०१४को प्रतियोगिता भारतलाई ६ विकेटले हराएर जितेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "India hold their nerve to win thriller", ESPNcricinfo, २४ सेप्टेम्बर २००७।
  2. "Afridi fifty seals title for Pakistan", ESPNcricinfo, २१ जुन २००९।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]