ट्विच
![]() | |
व्यावसायको प्रकार | सहायक कम्पनी |
---|---|
साइटको प्रकार | |
उत्तराधिकारी(हरू) | जस्टिन टिभी |
सेवा क्षेत्र | विश्वव्यापी |
संस्थापक (हरू) | |
मुख्य व्यक्तिहरू | |
अभिभावक | अमेजन |
युआरएल | twitch.tv |
व्यवसायिक | हो |
दर्ता | वैकल्पिक |
चालु भएको मिति | जुन ६, २०११ |
वर्तमान स्थिति | सक्रिय |
ट्विच एक अमेरिकी भिडियो लाइभ-स्ट्रिमिङ सेवा हो जुन भिडियो गेममा लोकप्रिय छ, जसमा इस्पोर्ट्स प्रतियोगिताहरू पनि प्रसारण पनि गरिन्छ। यसले सङ्गीत प्रसारण, रचनात्मक सामग्री, र प्रत्यक्ष प्रसारणहरू पनि प्रदान गर्दछ। ट्विच अमेजनको सहायक कम्पनी ट्विच इन्टरेक्टिभद्वारा सञ्चालित छ।[५] यसलाई जुन २०११ मा सामान्य प्रत्यक्ष प्रसारण सेवा जस्टिन टिभीको उत्तराधिकारीको रूपमा प्रस्तुत गरिएको थियो।[६]
यसमा सामग्रीहरू प्रत्यक्ष वा भिडियो मार्फत माग अनुरुपमा हेर्न सकिन्छ। ट्विचको हालको गृहपृष्ठमा देखाइएका गेमहरू दर्शकहरूको प्राथमिकता अनुसार सूचीबद्ध छन् र वास्तविक-समय रणनीति, लडाई, रेसिङ र पहिलो-व्यक्ति सुटर जस्ता खेलका प्रकारहरू समावेश छन्।[७]
ट्विचको लोकप्रियताले जस्टिन टिभीको अधिग्रहणसँगै बढेको थियो। अक्टोबर २०१३ मा, वेबसाइटमा ४.५ करोड प्रयोगकर्ताहरू थिए,[८] र फेब्रुअरी २०१४ सम्ममा, यसलाई संयुक्त राज्य अमेरिकामा चरम इन्टरनेट ट्राफिकको चौथो सबैभन्दा ठूलो स्रोत मानिएको थियो।[९] सोही समयमा, जस्टिन टिभीको मूल कम्पनीलाई ट्विच इन्टरेक्टिभको रूपमा पुन: ब्रान्ड गरिएको थियो र जस्टिन टिभी अगस्ट २०१४ मा बन्द हुँदै गर्दा सामग्रीहरूमा परिवर्तन गरिएको थियो।[१०] सोही महिना, यो सेवालाई अमेजनले ९७ करोड अमेरिकी डलरमा अधिग्रहण गरेको थियो, जसले पछि कम्पनीको सदस्यता सेवा अमेजन प्राइमसँग सहकार्यको परिचय दिएको थियो।
सन् २०१५ सम्ममा, ट्विचको प्रति महिना १० करोड भन्दा बढी प्रयोगकर्ताहरू थिए।[११] सन् २०१७ मा, ट्विच अमेरिकामा भिडियो गेमहरूको लागि अग्रणी लाइभ-स्ट्रिमिङ भिडियो सेवाको रूपमा रहेको थियो। मे २०१९ युट्युब गेमिङ नामक सेवा बन्द भएसँगै यसले फाइदा उठाएको थियो। फेब्रुअरी २०२० सम्म, यसको मासिक रूपमा ३० लाख प्रसारणकर्ताहरू र दैनिक १.५ करोड सक्रिय प्रयोगकर्ताहरू थिए, जसमा १४ लाख औसत समवर्ती प्रयोगकर्ताहरू थिए।[१२][१३][१४] मे २०१८ सम्म, ट्विचसँग २७,००० भन्दा बढी साझेदार च्यानलहरू थिए।[१५][१६] [१७] अक्टोबर २०२३ सम्ममा, ट्विच विश्वको ३७औँ सबैभन्दा बढी हेरिएको वेबसाइट थियो जसमा यसको २०.२६% ट्राफिक संयुक्त राज्य अमेरिकाबाट आएको थियो, त्यसपछि जर्मनी ७.०८% र दक्षिण कोरिया ५.४९% रहेको थियो।[१८][१९] सन् २०२३ को अन्तमा, ट्विचले निषेधात्मक लागतको हवाला दिँदै आफ्नो सञ्जाल शुल्क नीतिका कारण सन् २०२४ मा दक्षिण कोरियामा सञ्चालन बन्द गर्ने घोषणा गरेको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Peters, Jay (नोभेम्बर १९, २०२०), "Another Twitch co-founder is leaving the company, leaving only one", द भर्ज, मूलबाट डिसेम्बर ३०, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २, २०२१।
- ↑ "16 Years of Twitch"।
- ↑ "Twitch Hires YouTube Alum Laura Lee as Chief Content Officer", नोभेम्बर ३, २०२२।
- ↑ "Amazon's S-team: Meet the 30 members who make up our senior leadership team", जुलाई १८, २०२४।
- ↑ Wawro, Alex (अगस्ट २५, २०१४), "Amazon to acquire Twitch", Gamasutra, UBM plc, मूलबाट अगस्ट २६, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २५, २०१४।
- ↑ Alex Wilhelm (जुन ६, २०११), "TwitchTV: Justin.tv's killer new esports project", The Next Web, मूलबाट जुन १४, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १८, २०१८।
- ↑ Mao, Eric (२०२२-०७-०३), "The effectiveness of event marketing in an attention economy: Findings from Twitch live-stream esports tournament events", Journal of Media Economics (अङ्ग्रेजीमा) 34 (3): 194–211, आइएसएसएन 0899-7764, डिओआई:10.1080/08997764.2022.2115503, मूलबाट डिसेम्बर १, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १, २०२२।
- ↑ Ewalt, David M. (डिसेम्बर २, २०१३), "The ESPN of Videogames", Forbes, मूलबाट अगस्ट ३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १७, २०१७।
- ↑ Truong, Alice (फेब्रुअरी १०, २०१४), "As Twitch Grows, Justin.tv Inc. Is Renamed Twitch Interactive", Fast Company, मूलबाट नोभेम्बर ३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १४, २०१९।
- ↑ "A Letter from the CEO, August 25, 2014", Twitch Blog, अगस्ट २५, २०१४, मूलबाट अगस्ट २५, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २५, २०१४। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २५, २०१४ मिति
- ↑ Sarah Needleman (जनवरी २९, २०१५), "Twitch's Viewers Reach 100 Million a Month", The Wall Street Journal, मूलबाट अगस्ट ९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ४, २०१७।
- ↑ Robertson, Adi (मे २७, २०१९), "The YouTube Gaming app is shutting down this week", The Verge (अङ्ग्रेजीमा), मूलबाट मे ३०, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १, २०२२।
- ↑ Gonzalez, Oscar (मे २८, २०१९), "Google to shut down YouTube Gaming app on May 30", CNET (अङ्ग्रेजीमा), मूलबाट फेब्रुअरी १, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १, २०२२।
- ↑ Perez, Sarah (सेप्टेम्बर १८, २०१८), "YouTube to shut down standalone Gaming app, as gaming gets a new home on YouTube", TechCrunch, मूलबाट फेब्रुअरी १, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १, २०२२।
- ↑ "55 Amazing Twitch Stats and Facts", DMR, जुन १५, २०१५, मूलबाट जुलाई १५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०१८।
- ↑ Perez, Sarah (अप्रिल २६, २०१८), "Twitch solidifies its lead with viewership up 21% in Q1, while YouTube Gaming drops", TechCrunch, मूलबाट सेप्टेम्बर ३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २, २०१८।
- ↑ "Audience | Twitch Advertising", twitchadvertising.tv, मूलबाट डिसेम्बर १५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ११, २०१८।
- ↑ "twitch.tv", सिमिलर वेब, ३० अक्टोबर २०२३।
- ↑ "Top Websites Ranking", Similarweb, मूलबाट २०२२-०२-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१२-०१।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- आधिकारिक बारेमा पृष्ठ
ट्विचसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।