ठिमुरे
टिमुरे | |
---|---|
![]() | |
राष्ट्र | ![]() |
अञ्चल | लुम्बिनी |
जिल्ला | पाल्पा |
गाउँ विकास समिति | टिमुरे |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | ३,१२७[१] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
• ग्रीष्म (डिएसटी) | बुटवल |
क्षेत्रीय सङ्केत | ०७५ |
टिमुरे नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
टिमुरे गाविस को जनसङ्ख्या बि.स.२०६८ को जनगणना अनुसार ३,१२७ रहेको छ ।[१]
परिचय[सम्पादन गर्नुहोस्]
ठिमुरे गाउँ विकास समिति प्राय मगर जातिहरूको बाहुल्य भएको गाविस हो । टिमुरे गाविस बुढिचौर, वाङ्गसुरुङ्ग, बुढिखत्री, ताल, तल्लोताल, रितुङ्ग, बेसारभन्ज्याङ्ग, पोरक्नी, बहर्गा, घोर्लीखरक, मोहन्दीकाल्तार, धुस्तुङ्ग र देउराली गाउँहरूले समेटिएको गाउँ विकास समितिको रूपमा परिचित छ । यहाँका मानिसहरू रसिला भरिला लाउरेको लहर भएको समाज छ । जसले गर्दा लाहुरेकै कारण बिर्टिस सरकारले धुस्तुङ्गमा माध्यमिक स्तरको बिद्यालय निर्माण गरी हाल उक्त क्षेत्रका बिद्यार्थीहरू सोही स्कूलमा अध्यन गर्न पाएका छन । भविश्यमा पनि बिर्टिस सरकारले उच्च माध्यमिक बिद्यालय निर्माण गरी दिने समेत सोच रहेको छ । यहाँको भौगोलिक बनावट भने बडो रमणीय छ । पाल्पाको सबै भन्दा अग्लो डाँडो रिव्दीकोटको डाँडा यसै बुढिचौरमा पर्छ । जहाँबाट उत्तर तर्फ सेताम्मे परेका हिम सिखरहरू जस्तै धवलागिरी, अन्नपूर्ण, कन्चनजंघा, माछापुच्छ्रे जस्ता प्रख्यात हिमशिखरहरू देख्न पाइन्छ भने दक्षिण तर्फ तराईका समथर भूभाग चारकोसे झाडी देख्न पाइन्छ । यसै गाविसबाट निस्केको पानीको मुहानबाट करिव पाल्पाका ८ गाविस ले उपभोग गर्न पाएका छन ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |