ठुलोबर्दु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ठुलोबर्दु इलाम जिल्लाको लक्ष्मीपुर गाविसको वार्ड नं २ मा अवस्थित एउटा गाउँ हो। यो कटुसे बजारबाट सुरु भएर गुम्बाडाँडा सम्म पुग्छ। यहाँ बाहुन, क्षेत्री, राई, तामाङ आदि जातजातिका मानिसहरुको बसोबास रहेको छ।

  • यो ठाउँमा हिन्दु, बौद्ध, तथा किरात धर्मावलम्बीहरुको बसोबास रहेको छ। सबै धर्मावलम्बीहरुमा एक आपसमा धर्मिक सहिष्णुता र आपसी मेलमिलाप छ। हिन्दुहरुको रामेश्वर शिवालय मन्दिर तथा बौद्धहरुको ह्वोइ शेर ने छेलिङ्ग गुम्बा छ।
  • यस गाउँ भित्र पर्ने टोलहरुमा मिलडाँडा, बस्नेतगाउँ, मानेडाँडा, थापाचोक, कानेडाँडा, दोकानडाँडा, खोलिपाखा, ब्लोनगाउँ, गुम्बाडाँडा, कोइगाउँ, आठघरे आदि रहेका छ्न।
  • यो गाउँ बिचमा एउटा माध्यमिक बिध्यालय छ। जसको नाम श्री बुद्ध माध्यमिक बिद्यालय रहेको छ। जसमा कक्षा १० सम्म पढाई हुन्छ।
  • यहाँका मानिसहरुको मुख्य पेशा भनेको कृषि हो। यहाँ पशुपालन तथा नगदेबाली आयआर्जनको प्रमुख स्रोत हो। सबैजसो घरमा गाई, गोरु, बाख्रा तथा केहि घरमा घोडा, कुखुरा, परेवा पालिन्छ। गाईको दुध बेचेर यहाँका मनिसहरुले प्रशस्त आम्दानी गर्छन। प्रमुख नगदेबालिहरुमा अदुवा, अम्लिसो(कुचो), अलैंची, चिया खेती गरिन्छ भने तरकारी, अकबरे खोर्सानीको खेती गरिन्छ।
  • हाल आएर वैदेशिक रोजगार पनि आम्दानी को स्रोत हुदै आएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडिहरु[सम्पादन गर्ने]