ठेट नेपाली शब्दहरु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


[सम्पादन गर्ने]

अन्मरिनु : आउनु

अर्ग = अर्घ - गोरसद्वारा देवतालाई गरिने अभिनन्दन्

अर्सा - चामलको पिठो र खुदोबाट बनाइने मिठो गुलियो पुरी जस्तो पातलो रोटि

अनौ - हलोमा गाडेको समात्ने handle

अँगेरी - पाक्दा कालो हुन्छ र खायो भने मुखै कालो हुन्छ। यो सिमालीको बोट जत्रो साइजको हुन्छ।

आट - गाउँ तिरका घरमा हुने माटोको अग्लो भाग। बत्ती राख्ने प्रयोग हुन्छ

आंटी= गाउँ तिर हुने घरको माथिल्लो तल्ला !

आँटी : माथितिरको तल्ला (बुईगल भन्दा तलका)

आने: घ्यु राख्ने काठको भाँडो यो ठीक्क एकमानो जाने हुन्छ।

ओहोरा = बनभोज

[सम्पादन गर्ने]

खनिउ - एक प्रकरको रुख जसका लहरा वा जरामा मिठो फल फल्ने गर्छ

खलाँती - फलाम पोल्ने ठाममा (आरनमा) फुक्ने सधान (छाला बाट बनेको हुन्छ)

खलो : दाईँ गर्न खेतमा खुर्केर चिल्लो पारेको ठाउँ

खिर्रो - दूध जस्तो चोप आउने एक प्रकारको बोट

खँड्यौली‍‍‍ = ‍कनिका, चामलबाट चोक्टेर बनेको मसिनो धुलो।

खँड्कुलो = ठूलो पानी तताउने, बिहे, भतेर म भात पकाउने भाँडो हो।

खुरा‍ = जुत्ताकोकुर्कुच्चा

खेदा = जंगली हात्ति पकड्ने काम

[सम्पादन गर्ने]

गन्धक = बारूदमा हुने एक प्रकारको रसायनिक पदार्थ

गट्टे ‍=‍ तोरी ठटाइसकेर बाँकी रहेको तोरीको बोट (झ्याङ्टा); स-साना ढुङ्गालाई हातमा उफारेर खेल्ने

गाभा - कर्कलाको पात

गाभो - धान, कोदोको एक रोपो

गीठा = गिठ्ठा = तरुलको जमीन् अ मुनि नभै जमीन् माथि लहरामा फल्ने फल्

गिद्रो = जेको पनि भित्री भाग्

गौवा = दहि वा मोहि राख्ने काठको भाँडो

[सम्पादन गर्ने]

घुम = पानी पर्दा ओत लाउने साधन, बाहास्स र साल्को पात्ले छाएको हुन्छ

घोलथाप्रे - एक किसिमको झार, जडीबूटि

[सम्पादन गर्ने]

चम्काचधुँवा ‍= बिहे हुने १-२ दिन् अघि बेहुलो र बेहुलीको घरमा जग्गे बनौने काम

चित्रा = चित्रो = बाँस् बाट बनेको एक् प्रकार्को mat.

चिम्टा - आगो चलाउन बनाईएको फलामे औजार

चिम्टा= आगो चलाउदा प्रयोग हुने दुइवटा चुच्चो भएको फलामको भाडो .....

चुठुवा : काठको सानो भाँडो, चुक अमिलो राख्न प्रयो गरिने

चुठुवा - चुठ्ने थाउ, एक प्रकरर्को पित्तलको बाटा जस्तै त्यसमा पहुन व ठूला-ठालुलाई हात्-खुट्टा धुने भाडो।

चोटा - घरको पहिलो तला अर्थात भुईँतला माथिको तला

चौँठे = आने भन्दा अलिक अग्लो र साँगुरो काठको भाँडो जुन चुक राख्न प्रयोग हुन्छ।

च्याख्ला-- मकैको चामल, मकै वा गहुँको खस्रो पीठोलाई नि च्याख्ला भन्छ

[सम्पादन गर्ने]

छयापी =दुङ्दुङे = एक प्रकारको लसुन, प्याज बर्गको साग। प्राय जसो यसको साग आलु सँग पकाएर खाने गरिन्छ

[सम्पादन गर्ने]

जोतारो: जुवा र गोरुलाई बाँध्ने डोरी

[सम्पादन गर्ने]

झाँझर ‍= प्वालै प्वाल भएको पन्यौं

[सम्पादन गर्ने]

ट्यामी - aluminumको घिउ, दूध बोक्ने भाँडो

टाट्नो - खसी बख्रालाई घाँस हल्ने थाउ

टुडो : कोदो ठटाएर रहेको भुस जस्तो, अनि केही चिजको छेउ वा कुनो; चुच्चो

टोलुग् - महि रख्ने ठूलो ठेकी। has same diameter from the top to bottom

टौवा: पराल राख्न बनाइने टाँड । साथै खेतिपाती रेखदेख तथा गाईबस्तु चराउनजाँदा आराम विश्राम गर्ने काठ बाट बनाको अग्लो अस्थाई बस्ने ठाउँ ।

[सम्पादन गर्ने]

ठेकी : दही मथ्ने काठको भाँडो, मही रख्ने अथवा दहि रख्ने काठको भडो

[सम्पादन गर्ने]

ढुङ्री - आगो फुक्ने tube

[सम्पादन गर्ने]

तगारो - अगनमा gateको ठाउमा हुने काठ वा ढुङा वा बाँसको खम्बामा घोचा छिराएर बनाउने बाधा।

तसेली- बाटुलो परेको भात पकाउने पातलो भाँडो usually of copper or brass

तारिको - खाँबो र दलिन बीचमा राखिने काठ (खाँबोमा दलिनको लोड ट्रान्सफर गर्ने)

तुर्नु - सकाउनु

[सम्पादन गर्ने]

थाप्लो - टाउको

थुतुनो - मुख

[सम्पादन गर्ने]

दलीन = घरको पहिलो तल्ला अड्याउने काठ

दाप - खुकुरी राख्ने case

दाँदे: विशेष गरि बारी वा खेतको माथिल्लो जमेको सतह खुल्ला गर्न प्रयोग गरिने दाँत भएको औजार

दुधरोटी- गहुको पिठो लाई साना साना डल्ला डल्ला पारेर दुध सुकुन्जेल पकाको रोटि

[सम्पादन गर्ने]

धरान - काठ काट्ने, आरा लाउने ठाँउ

धुर्सूल = एक प्रकारको बुट्यान हो जुन तराई भेगमा पाइन्छ। यसको फूल जुन अरु फूल भन्दा भिन्न हुन्छ, प्राय जसो स्व-स्थानी पूजाको लागी प्रयोग हुने।

धूरी - छानो

[सम्पादन गर्ने]

नल - कोदोको डाँठ

नारा= जुवा र हलोलाई बाध्ने छाला बाट बनेको डोरी

नीदाल - तलो छाप्दा प्रयोग भएको ठूलो रुखको मुढो

[सम्पादन गर्ने]

पक्कु -छनेर पकाएर रखिने एक परिकार

पगटो= पोहोटो = चामल न लागेको धान

पट्टुवा : दाम्लो-नाम्लो बुन्न निकालिने रेसादार बोक्रा, यो खनियो, चिप्ले, ओडालो आदिको हाँगाबाट निकालिन्छ। सनपाटबाट पनि निकालिन्छ।

पट्याँस =पटेस= नाङलो

पन्चपाला : विशेषत पूजामा प्रयोग हुने सानो तामाको पानी राख्ने पाँच-खोपा भएको भाँडो

पाली - घर सङ्ग जोडिएको भिरालो छानो भएको भाग

पाँजा - धान काट्ने बित्तिकै सुकाउन फिँजाएर राखेको

पुल्ठी = सले र मटितेल हलेर बालिने बत्ती = टुकी, डिबिया

पेरुङ्गो ‍= परेवा रख्ने, सुङ्गुरका पाठा बोक्ने बाँसको आँखी झ्याल जस्तो परेको झोला

पुती ‍= योनी, नारी मुख्य योनाङ्ग ढिङ,गाणी समेत भनिने।

[सम्पादन गर्ने]

फगटो = खेतको हलो नलाग्ने सानो गरो

फरिका - सेउला, सिमाली आदिले बनाएको बार्ने चित्रो।

फुलमिठाई - पशुपति आदिका तिर्थस्थलमा फूलपाती सँग पाईने सेतो मिठाई

[सम्पादन गर्ने]

बम्कनु - ब्यर्थमा रिसाउनु

बरणी- बिहे गर्दा बेहुलीको बाबुले बेहुलो लाई गरिने पूजा

बरियो-- नाम्लोको डोरि ढोको बोक्ने

बलेनी - धुरिको पानी झर्नेठाँउ

बसिला - काठ तास्ने सानो औजार

बसुल्ला = बसिला

बाकल - बोक्रा सहितको फलेक; निबुवाको बोक्रा

बाबियो - डोरी बाट्न प्रयोग हुने लामो रेसादार पात भएको बनस्पति

बाहाँ - छाँनो अड्याउने बाँस वा काठ - जुन घर बहिर बाटै देखिन्छ; रोटे-पिङमा हुने क्रस-भाग

बिलाउनी-- घिउ खारे पछि तल् बस्ने ठोस पदार्थ

बिलाउनी: घिउ तताउँदा पिँधमा थिग्रेको चिज,

बुत्त्याउनु - सकाउनु

बेल्चा - माँटो बोक्ने - फाल्ने साधन

बेलौती ---अम्बा

[सम्पादन गर्ने]

भुतभुते - आगो सहितको तातो खरानी

भुँडिखोप्रा - घुँडाको पछाडि पिडुल्ला र तिघ्राको बिचको भाग

भुँडिखोप्रा: करङ नेरको खोप्रो

[सम्पादन गर्ने]

मजेत्रो = माहिला हरूले टाउकोमा बाँध्ने खास्टो

मझेरी - घरको अगेनु भएको छेत्र।

मठ्ठल: छानोको पानी चुहिने नेर छानो अड्याउन राखेको डाँडा (perline)को टुप्पा हरूलाई छोपेर राम्रो देखाउन along the edge of roof टाँसिने काठ। मन्दिरहरूमा यसमा बुट्टा पनि भरेको हुन्छ।

मदानो : दही मथ्ने शाफ्ट; मही पार्ने काठको पन्खा

मल्खु - खस्रो गरि पिनेको मकै। भात पकाउन न मिल्ने

मल्खे: सेल रोटी पकाउँदा लास्टमा रहेको पीठोले सेल घुमाउन नमिल्ने भएकोले यत्तिकै तेलमा खन्याइन्छ अनि मालपुवा जस्तो बन्छ नि, त्यसलाई मल्खे भन्छ।

मला- महला ‍= मोहोरा= जोत्दाखेरी गोरुको मुखमा लगाईदिने कुरा

मानी: जाँतोको बीचमा हुने सानो फलामको किला

माहुर सेलाउनु - बेहुली लिएर फर्कदा पहिलो खोला तर्दा माहुर भन्ने चिज खोलामा बगाउनु।

मियो: दाईँ गर्न गोरुको लहरलाई बाँध्न बिचमा गाडेको खम्बा।

मुहान् = नदिको उत्पत्ति हुने ठाउ

मुलडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा। रोँटे पिङमा बाहाँ अड्याउन प्रयोग हुने

मैजारो गर्नु - गरी सक्नु

[सम्पादन गर्ने]

रछ्यान: फोहर फाल्ने ठाउँ

राँबो - कठमा प्वाल पर्ने बसिला जस्तै औजार

[सम्पादन गर्ने]

ल = सधै पानी लेग्ने खेत

लिप्टी - सानो गुन्द्री (एजजनालाई मात्र पुग्ने)

लोहोरो : मसला पिन्ने ढुङ्गा

[सम्पादन गर्ने]

स्याउ = पानी बाट ओतीन पातबाट बनाईएको ओढनी

सत्रन्जा - ओछ्यानको सब्भन्दा मुनि बिछ्याईने तन्ना जस्तो लुगा

सानोडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा।

सामा: कोदो प्रजातीमा पर्ने झार, धानको जस्तै बाला हुन्छ

सिमाली - बारमा लगाइने एउटा बुट्यान।

सुर्को - सुर्को पारेर बाध्ने; बारीको सानो टुक्रा, जहाँ हल लाग्दैन।

सुली - कुखुराको गु , मकैको कुन्यु

सोत्तर - सुकेका पात पत्तिङगर, स्याउला सिलौटो- फराकिलो ढुङ्गा जसमाथि मसला राखेर लोहोरोले पिसिन्छ।

[सम्पादन गर्ने]

हलेदो‍‌‌=बेसार ,बेसारको बोट अथवा जमीन मूनि फलेको गानु

हतसो - गुन्द्री बुन्दा चहिने काथको सधन

हर्पे - घिउ रख्ने काठको भाडो

हातो - जाँतोको handle

हेगा लगाउने= बर्खा याममा खेत सम्माउने

हेगा लगाउने= बर्खा याममा खेत सम्माउने