डंसिली गाउँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(डङसिली गाउँ बाट पठाईएको)
Jump to navigation Jump to search
नेपालको नक्सामा डंसिली गाउँ
—  गाउँ,टोल  —
नेपालको नक्सामा डंसिली गाउँ Nepal-এ অবস্থিত
नेपालको नक्सामा डंसिली गाउँ
नेपालको नक्सामा डंसिली गाउँ
नेपालको नक्सामा डंसिली गाउँ
निर्देशाङ्क: २९°२५′उत्तर ८०°३१′पूर्व / २९.४१° उत्तर ८०.५१° पूर्व / 29.41; 80.51निर्देशाङ्क: २९°२५′उत्तर ८०°३१′पूर्व / २९.४१° उत्तर ८०.५१° पूर्व / 29.41; 80.51
देश  नेपाल
अञ्चल महाकाली
जिल्ला बैतडी
जनसङ्ख्या (२०५८)
 - जम्मा २१३
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
डङसिलि गाउँ
गणेश धुराबाट डङसिली गाउँ

डंसिली नेपालको सुदूर पश्चिममा पर्ने महाकाली अञ्चलको बैतडी जिल्ला अन्तरगतको कैलपाल गा.वि.स. वडा न ९ मा पर्ने गाउँको नाम हो। यो गाउँ दुर्गम क्षेत्र भएपनि चाडैं विकासतिर लम्कीरहेको छ । डङसिली गाउँ डडेल्धुरा जिल्लाको सिमाना सँग जोडिएको गाउँ हो। यो गाउँ उत्तरमा पाटन नगरपालिकाको लदौली दक्षिण मा कैलपालको वडा न ८ गरेडा पूर्वमा डडेलधुरा को अजयमेरु गा.वि.ससँग जोडिएको छ भने पश्चिम मा पनि पाटन नगरपालिका सँग नै जोडिएको छ। डङसिली गाउँ लगायत कैलपाल गा.वि.सका पुरै वडाहरुमा यातायात र बिजुलिबत्ति पुगेको छैन तर यसै गाउँ भएर जोडिने अनारखोली -देबलपुर सडक निर्माणाधीन अबस्थामा रहेको छ भने कैलपाल र सकार गा.वि.स.कोलागि सुर्नयागाढ तेस्रो लघुजलबिद्दुत आयोजना निर्माण कार्य अन्तिम चरण मा पुगेको छ ।

नामाकरण[सम्पादन गर्ने]

परापूर्व कालमा यो क्षेत्रको डाँडाहरुमा शिला पाइने हुँदा डाँडाशिला भन्न थालिएको अनि बिस्तारै पछि डाँडासिला अपभ्रंस हुँदै डङसिली रहनगएको हो भन्ने कथन रहेको छ ।[१] Danshili Gaun12.jpg

भगौलिक अबस्था[सम्पादन गर्ने]

कैलपाल ९ डङसिली पहाडी क्षेत्र हो ।यहाँको हावापानी मध्यम खालको छ। हिउँदमा हिउँ पनि पर्ने गर्दछ।

धार्मिक तथा पर्यटक स्थल[सम्पादन गर्ने]

बैतडी जिल्ला को प्राकृतिक सम्पदाको सुचिमा सूचीकरण भैसकेको गणेश धुरा पर्वत यसै डङसिली गाउँ मा पर्छ ।गणेश धुरा पर्वत डङसिली देखी १घण्टा दक्षिण-पुर्ब पट्टी ठाडो खुड्किला उक्लेर पुग्न सकिन्छ ।

यस गाउँमा जोलखाली टोल को पश्चिम सानो डाडा मा शिव पर्वती मन्दिर रहेको छ। यो मन्दिर मा हरेक महाशिवरात्रीमा पुजाआजाका साथ धुमधामसँग मेला पनि लाग्ने गर्दछ । Danshili Gaun13.jpg

डङसिली गाउँका टोलहरु[सम्पादन गर्ने]

शिक्षा[सम्पादन गर्ने]

यो गाउँमा निम्न माध्यमिक तह सम्मको श्री कैलाश निम्न माध्यमिक स्कुल रहेको छ। जस्मा ३ जना शिक्षक स्थाइ ,२ जना राहत र ३ जना निजि स्रोत का शिक्षक भने माध्यमिक र उच्च शिक्षा को लागि गा.वि.स.को केन्द्रबिन्दु रहेको किम्तोली मा श्री उदयदेब उच्च माध्यमिक बिद्यालय रहेको छ । साथै यहाँ बाट विद्यार्थीहरु अद्ययन को लागि विभिन्न ठाँउ मा जाने गरेका छन।

धर्म[सम्पादन गर्ने]

यो गाउँ का मानिसहरु सबै हिन्दु धर्म नै मान्ने गर्छन ।यस गाउँ मा

आदि जातिको बसोबास रहेको छ।

ब्यापार[सम्पादन गर्ने]

यस को केन्द्रबिन्दु मानिने सिलङ्गारुख चौराहा मा सामान्य बजार छ जस्मा घरायसी प्रयोग हुने सम्पुर्ण खुद्रा सामानहरू पाइन्छन्। अरु थप किनबेच को लागि १घण्टा पैदल लाग्ने पाटन बजार, आनारखोली, डडेल्धुरा आदि ठाँउ जानुपर्ने हुन्छ ।

पेशा[सम्पादन गर्ने]

यो गाउँ का मानिस हरु

  • ६५ प्रतिशत कृषि
  • ३० प्रतिशात नोकरी
  • ५ प्रतिशात व्यापार मा ब्याबसायमा निर्भर छन। यो गाउँ मा निम्न बाली को खेती गरिन्छ ।
  • मकै
  • गहुँ
  • कोदो आदि । यहा को मुख्य बालि मानीछ ।

हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. गाउँले कथन

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]