डन्डिफोर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



परिचय[सम्पादन गर्ने]

सौन्दर्य तथा छाला रोग विशेषज्ञका अनुसार सामान्य डन्डिफोर छालासँग सम्बन्धित समस्या हो।चढ्दो जवानीसँगै हर्मन चलायमान र वृद्धि पनि हुन्छ। हर्मनको एक्टिभिटी बढ्दा मानिसमा शिवासिया ग्रन्थि पनि बढ्छ। यसले डन्डिफोर देखिन्छ। यो ग्रन्थीको कारण बढेको डन्डिफोर उमेर बढ्दै गएपछि कम हुन्छ। किशोरावस्था वा २० देखि ३० वर्षको उमेरमा यो समस्या देखिन्छ। Acne सम्बन्धित यो रोग छालाको ग्रन्थीमा तैलिय पदार्थ जम्मा हुने हुदा देखिन्छ|चिकित्सा तथ्यपत्रअनुसार डन्डिफोर हुनुको वास्तविक कारण हालसम्म थाहा पाउन सकिएको छैन, तर केही मामिलामा एन्ड्रोजन हार्मोनको कारणले यो हुने गरेको छ। केही व्यक्तिलाई ३० वर्षपछि समेत डन्डिफोर देखिन सक्छ। यस्तो हुनुको पछाडि धेरैजसो अवस्थामा हार्मोनको असन्तुलन रहेको छ।

Teenager-with-acne.jpg

८० प्रतिशतमा यस्तो समस्या २५ वर्षपछि आफै कम हुने गरेको भए पनि डन्डिफोर आउँदा उपचार न गराए दाग र खाल्डो बसेकाहरूको संख्या समेत कम छैन। यसमा खुल्ला वा बन्द पिम्पल, पिप भरिएको बिमिरा, रातो क्षेत्र, बिमिरायुक्त घाउ सामान्यतः अनुहार पिठिऊँ र छातीमा हुन्छ। डन्डिफोरले समय बितेपछि खाल्डोसँगै दागसमेत छोड्ने गर्छ। पुरुषको छाला महिलाको दाँजोमा २० प्रतिशत बढी तैलीय हुने गरेको चिकित्सा तथ्यपत्रमा उल्लेख छ। युवतीमा महिनावारीभन्दा अघि यसको स्थिति अझ नराम्रो हुन सक्छ।डन्डिफोरको दाग नबस्ने प्रविधिसमेत रहेकाले न आँत्तिई उपचार प्रक्रियामा जानुपर्र्छ | कर्टेन नाउँ गरेको प्रोटिनद्वारा रौं कुप (हेयर फालिकल) लाई निकाल्ने कारणले ब्ल्याक हेड र डार्क हेड निर्माण हुन्छ। रौं कुपभित्र बोसो भएको ग्रन्थीलाई निकाल्दा सिवम (तेलयुक्त स्राब) हुन्छ। सिवम र छालाको कोषिकाबाहिर निस्किन पाउँदैन र एक ठाउँमा जम्मा हुन्छ जसले रौं कुप सुन्निन थाल्छ। यो सुन्निएर बढ्न थाल्दा च्यातिन्छ, जसले छालाको सतहमा हुने जीवानु यसमा प्रवेश गर्छन्। सङ्क्रमण हुन्छ। डन्डिफोर बढ्दाबढ्दै सिस्टको रूपसमेत धारण गर्छ। चिलाउने क्रिम वा तेलले समेत डन्डिफोर हुन सक्ने चिकित्साशास्त्री बताउँछन्। यस्तै कुनै औषधि लिनाले वा छाला निरन्तर दलिनाले (जस्तै मोटरसाइकल हेल्मेट, टेलिफोन उपयोग) समेत यस्तो समस्या हुन सक्छ।हार्मोनसम्बन्धी समस्या, खानाबाट एलर्जीसमेत डन्डिफोरको कारण हुन सक्छ।डन्डिफोरसँगै अनुहारमा रौं र महिनावारीको अनियमिततासमेत भए यो हार्मोनको असन्तुलनको परिणाम हुन सक्ने सम्भावनासमेत रहेको हुन्छ।

प्रकार[सम्पादन गर्ने]

डन्डिफोर चार प्रकारका हुन्छन्।

  • १.एक्ने बल्गैरिस सामान्य डन्डिफोरमा अनुहारमा ब्लैक हेडस्, ह्वाइट हेडस्, नोडुक्स र पिप भरेको ठूलो दाना निस्किन्छ।
  • २.यस्तै एक्ने रोजैकियामा गाला, निधार, नाक, चिउडोमा रातो दाग देखिन्छ। यो दागपछि अनुहारमा खाडल देखिन्छ।
  • ३.धेरैजसोमा एक्ने कांगलोबाटा पाइन्छ। यो एक्ने बल्गैरिसको बिगि्रएको रूप हो। यसमा डन्डिफोर ठूलो ठूलो घाउमा परिवर्तित हुन्छ र पछि कालो दाग छोड्छ।
  • ३.एक्ने फल्मी नैन्सले भने युवालाई मात्र प्रभावित गर्ने गर्छ। यो एक्ने कांगलोबाटाजस्तै भए पनि अल्सरजस्तै हुन्छ।

उपचार र बचाउ[सम्पादन गर्ने]

डन्डिफोरको घाउलाई हातले छुनुहुँदैन। हातले छुँदा संक्रमणको सम्भावना हुन्छ। अनुहारलाई सधंै सफा राख्नुपर्छ। सौन्दर्य प्रसाधनको उपयोग गर्दासमेत सतर्क रहनुपर्छ। कहिलेकाहीँ कुनै प्रकारको खानाले समेत डन्डिफोरको स्थिति विगार्न सक्छ। जस्तैः आइसक्रिम, चकलेट, पिजा, बर्गरजस्ता उच्च क्यालोरीयुक्त आहार।डन्डिफोरबाट बच्न औषधियुक्त साबुन, क्लिन्जर वा लोसनको उपयोग दिनमा दुईपटक गर्नुपर्छ। राति सुत्दा अनुहारलाई सफा गरेर सुत्नुपर्छ। सधैं तेलरहित क्रिमको उपयोग गर्नुपर्छ। छाला रोग विशेषज्ञको सल्लाहमा एन्टिएक्ने लोसनको समेत उपयोग गर्न सकिन्छ।

अनुहारमा रातभरि मोइस्चराइजर लगाएर राख्नुहुन्न। चिकित्साशास्त्री का अनुसार, कहिले पनि डन्डिफोरको पिप बगाउनु हुन्न, नङले कोट्याउनुहुन्न। यसो गर्दा डन्डिफोरको दाग बस्न सक्छ।

यस्ता समस्या भएकाहरूले सधैं आफ्नो सिरानको खोल र टावेल सफा राख्नुपर्ने भएकोले फोहोर टावेल र सिरानको खोलले सङ्क्रमण फैलेर एक्ने/डन्डिफोरको कारण बन्छ।महिलाहरूले मेकअप लगाएरै सुत्नुहुन्न भने कस्मेटिक ब्रसलाई समेत सफा र सङ्क्रमण मुक्त राख्नुपर्छ।डन्डिफोर एक्नेको समस्या भएकाहरूले तैलीय खानाबाट बच्नुपर्ने हुन्छ र हरियो सागसब्जी, फल सलादको सेवन बढी मात्रामा गर्नुपर्छ। यसबाट बाँच्न पानीको सेवनसमेत शरीरलाई आवश्यक भएसम्म प्रशस्त मात्रामा पानी र सफा पानी को प्रयोग गर्नुपर्छ।