डम्फू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नृत्य प्रस्तुत गर्ने क्रममा डम्फू बजाउँदै मगर समुदायका युवकहरू

डम्फू हाम्रो चिनारीसँग जोडिएको बाजा हो । ठेट तामाङ भाषामा यसको नाम डाम्बा भएपनि डम्फू यसको नेपालीकरण भएको नाम हो । डम्फूको आकार गोलो हुन्छ । अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा-बाख्राको छालाले बेरेर खील मारेको हुन्छ । अर्कापट्टी खुला रहन्छ । यो देब्रे हातले समाती दाहिने हातका औंलाले पिटेर बजाउने बाजा हो । प्राचीनकालमा पेङ दोर्जेले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रूखको घेरामा मृगको छालाले मोडेर ३२ किला ठोकेर डम्फुमा बनाएका हुन भन्ने किंवदन्ती तामाङ समाजमा प्रचलित छ । त्यसैले हरेक डम्फुमा बाँसलाई चिरेर बनाएको सानो सानो ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]