डम्बर चेम्जोङ्ग्

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

डम्बर चेम्जोङ त्रिभूवन विश्वविद्यालयमा मानवशास्त्र प्राध्यापन गर्दछन् । हाल उनी ‘नेपालमा पहिचान केन्द्रित राजनीति र आन्दोलन’ बिषयमा कोर्नेल विश्वविद्यालय एथका, न्यू यर्कबाट विद्यावारिधी गर्दैछन् । बिद्यालय शिक्षणमा चार बर्ष र सरकारी नोकरीमा दश बर्ष काम गरेका चेम्जोङ सन १९९६ देखि त्रिभूवन विश्विध्यालय किर्तिपूरमा मानबशास्त्र पढाउँछन् । धनकुटा बहुमुखी क्याम्पसबाट आइ ए र बि ए अध्ययन गरेका उनले त्रिभूवन विश्वविद्यालयबाट सन १९९६ मा मानवशास्त्रमा एम ए, सन २००२ मा बर्गेन विश्वविद्यालय, नोर्वेबाट एम फिल र सन २०१० मा कोर्नेल विश्वविद्यालयवाट एम ए डिग्री हासिल गरेकाछन् । डम्बर चेम्जोङले मूलत: राष्ट्र, राज्य, राष्ट्रवाद, पहिचान, आदिवासीवाद जस्ता विषयहरुमा लेख्दछन् । उनी सन २००७ र २०१२ मा नेपाल सरकारबाट गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगको सदस्य हुन् ।