सामग्रीमा जानुहोस्

डम्बर बहादुर बुढापीर्थी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुइस ब्याङ्क्स
वास्तविक नामडम्बर बहादुर बुडापीर्थी
जन्म (1941-02-11) ११ फेब्रुअरी १९४१ (उमेर ८५)
दार्जीलिङ, भारत
विधाज्याज, रङ्गमञ्च, विश्व संगीत
पेशाकम्पोजर, संगीत निर्देशक, गायक, वाद्यबादक
वाद्ययन्त्रपियानो, trumpet, गितार, कीबोर्ड
सक्रिय वर्ष1982-हाल

लुइस ब्याङ्क्स जन्म ११ फेब्रुअरी १९४१ (बाल्यकालको नाम डम्बर बहादुर बुढापीर्थी) नेपाली संगीतकार हुन्। यिनी पियानोवादक तथा ज्याज संगीतकारका रूपमा विश्व प्रसिद्ध छन्।[]

११ फेब्रुअरी १९४१ मा दार्जीलिङमा जन्मेका ब्याङ्सले आफ्ना बाबु जर्ज ब्याङ्क्स (पुष्कल बहादुर बुडापीर्थी)बाट संगीतको प्रारम्भिक शिक्षा लिएका थिए। भारतीय सेनाका ब्याग-पाइपर बाबुको साथमा यिनी कोलकाता पुगेका थिए जहाँ यिनले संगीतको उच्च शिक्षा हासिल गरे। बाबु जर्जले विश्वप्रसिद्ध ज्याज पियानोवादक लुई आर्मस्ट्रङको नामबाट यिनको नाम लुईस ब्याङ्क्स राखिदिएका थिए।[]

यिनका बाजे बखतबीर बुडापीर्थी नेपाली सेनाका ब्याण्ड मास्टर थिए जसले नेपालको पुरानो राष्ट्रगान श्रीमान् गम्भीर नेपाली मा संगीत भरेका थिए।[]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

उनले मूलतः भारतकी लोरेन[] सँग विवाह गरेका हुन्। उनीहरुका चार सन्तान आन्द्रे, गिनो बैंक्स, नील र मोनिक छन् । Gino Banks एक कुशल ड्रमर र फ्युजन ब्यान्ड 'Nexus' को सदस्य हो। उनीहरु झुमुम्बसीमा बस्छन्

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्र
1982An August Requiem
1986New Delhi Times
1986Kala Dhanda Goray Log
1990Vembanad
1991Hum
1991Lakshmanrekha
1992Suryavanshi
1992Aasmaan Se Gira
1993Divya Shakti
1994Insaniyat
1995God and Gun
1995Barsaat
1998Duplicate
2000Punaradhivasam (Co-Composed by Sivamani)
2002Bokshu – The Myth
2004God Only Knows!

डिस्कोग्राफी

[सम्पादन गर्नुहोस्]
वर्षएल्बम
1997The Freedom Run
2005Love is in the air – Music for romance 1
2005Love is in the air – Music for romance 2
2008Miles from India
2008Floating Point – John McLaughlin
2011Moonlight in Goa
2011Labyrinth
2011Solo Piano Ballads
2016 GANGASHAKTI


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The big daddy of jazz", The Telegraph, अन्तिम पहुँच १३ अक्टोबर २००९
  2. "यी हुन् हाम्रा डम्बरबहादुर (लुइ ब्याङ्क्स), जसलाई ‘गडफादर अफ इन्डियन जाँज’ भनिन्छ !=[[हिमालखबर अनलाइन]]", अन्तिम पहुँच ११ जुलाई २०२३ ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
  3. 1 2 Ethnic Nepali is "India's Jazz King" अभिलेखिकरण ९ डिसेम्बर २०१० वेब्याक मेसिन ejazznews.com. Tuesday, 13 December 2005.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]