डम्बर शमशेर राणा
स्वरूप

डम्बर शमशेर जङ्गबहादुर राणा जसलाई सानो माइला भनेर पनि चिनिन्छ, नेपाल अधिराज्यका प्रथम नेपाली फोटोग्राफर, सेनापति थिए।[१]
डम्बर शमशेर जङ्गबहादुर राणाको जन्म राणा वंशमा नेपाली सेनाका सेनापति धीर शमशेर कुँवर राणाका दोस्रो छोराको रूपमा भएको थियो। डम्बर शमशेर राणाले विलासी र आरामदायी जीवन बिताएका थिए।
४२ सालको पर्वमा गोली चलाउने उनी पहिलो व्यक्ति थिए जसको परिणाम स्वरूप उनको शमशेर गुटको राजनीतिक उत्थान भयो। यो त्यतिबेला नेपालका सत्तारुढ प्रधानमन्त्री र उनका काका महाराजा रणोद्दीपसिंह कुँवरको हत्या मार्फत पूरा भएको थियो।डम्बर शमशेर जङ्गबहादुर राणाको मृत्यु सन् १९२२ को जुनमा काठमाडौँमा भएको थियो र उनको पशुपतिनाथको आर्य घाटमा पूर्ण सैन्य सम्मानका साथ दाहसंस्कार गरिएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "को हुन् नेपालका पहिलो फोटोग्राफर ?", टेकपाना, अन्तिम पहुँच २०२५-०६-१४।