डाउम (वेब पोर्टल)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डाउम
Daum communication logo.svg
साइटको प्रकार
वेब पोर्टल
उपलब्ध भाषाकोरियाली भाषा
मालिककाकाअो निगम
वेबसाइटdaum.net
अलेक्सा क्रमIncrease ११८ (बिश्वब्यापी, जुन २०१६)
Steady (दक्षिण कोरिया, जुन २०१६)
व्यावसायिकहो
दर्ताबैकल्पिक
आरम्भमे १९९७; २२ वर्ष अघि (१९९७-०५)
वर्तमान अवस्थाचालु
डाउम (वेब पोर्टल)
ह्याङ्गुल다음
ह्यान्जा多音

डाउम (कोरियाली 다음) दक्षिण कोरियामा अाधारित एक दक्षिणी कोरियाली वेब पोर्टल हो । यो नेभर र नेटका साथै दक्षिण कोरियामा तिन शीर्ष वेब पोर्टलहरू मध्ये एक हो । डाउमले, एक लोकप्रिय निःशुल्क वेब-आधारित ई-मेल, सन्देश सेवा, फोरम वा मञ्च, किनमेल र समाचार सहित वेब प्रयोगकर्ताहरूको लागि धेरै इन्टरनेट सेवाहरू प्रदान गर्दछ । डाउम शब्दको अर्थ "अर्को" हो, तर यसलाई ह्यान्जा "多音" "धेरै आवाज" को रूपमा पनि व्याख्या गर्न सकिन्छ ।[१]

षृष्ठभूमि[सम्पादन गर्ने]

डाउमको सेवा प्रदान गर्ने क्षमता मार्फत यसको लोकप्रियता बढेको थियोे तर यो तथ्यबाट पनि यो महत्त्वपूर्ण आकारको पहिलो कोरियाली वेब पोर्टल थियो । यसले दक्षिण कोरियाको सबैभन्दा लोकप्रिय ई-मेल सेवा, डाउम डटनेट वा हानमेल डटनेट सँग भएको समायोजन पश्चात् यसको लोकप्रियता झन् बढेको थियोे । समायोजन पछि, डाउमले फोरम सेवा डाउम क्याफेको सुरू गरेको थियोे जसले बजारमा आफ्नो स्थिर स्थिति ल्याउन मद्दत गरेको थियोे । क्याफे र इन्टरनेट क्याफे शब्द (पश्चिमी प्रयोगको सन्दर्भ राखिएको कुरा फरक रहेको छ) र यो हाल कोरियामा "इन्टरनेट फोरम" को पर्याय रूपमा प्रयोग गरिएको छ ।

इतिहास[सम्पादन गर्ने]

सन् २००३ मा डाउमले अनलाइन साधन बिमाको सुरुवात गरेको थियोे जसमा यसले सहायक कम्पनीको रूपमा 'डाउम प्रत्यक्ष साधन बिमा' को नामले सेवा सञ्चालन गरेको थियोे र सन् २००८ मा यसले एर्गोे बिमा समूह सँग साझेदारीमा सेवा सञ्चालन गरेको थियोे ।

२ अगस्ट २००४ मा डामले संयुक्त राज्य अमेरिकामा अाधारित लेकोस नामक एक वेब पोर्टल ९५.४ मिलियन अमेरिकी डलरमा खरिद गरेको घोषणा गरेको थियोे र ६ अक्टोबरमा यसले सबै लेनदेनहरू बन्द गरेको थियो ।[२]मोबाइल, सामाजिक सञ्जाल र स्थान आधारित सेवाहरूको विकास गर्नको लागि डाउमले अगस्ट २०१० मा अाफ्नो सहायक कम्पनी, लाइकोसलाई ३६ मिलियन अमेरिकी डलरमा युब्रान्ट डिजिटल, एक भारतीय इन्टरनेट मार्केटिङ कम्पनीलाई बिक्री गरेको थियोे ।[३]

ट्याटर्स एण्ड कम्पनी, जो एक ब्लगिङ मञ्च हो र सन् २००७ मा डाउमले यसको सेवा प्रबन्ध गर्न सबै अधिकारहरू लिएकाे थियो र ट्याटर्स एण्ड कम्पनीको साथ यसले सन् २००६ मा, टिस्टोरी नामक ब्लगिङ सेवाको विकास गरेको थियोे ।

कम्पनी पोर्टप्लेयर नामक मिडिया प्लेयरको विकास र बितरण गरेको छ । यसले नक्सा, डिसनरी, क्लाउड ब्याकअप सेवा, सर्च इन्जिनका साथै विभिन्न सेवा प्रदान गर्दछ । मार्च २००९ का अनुसार, यो दक्षिण कोरियाको दोस्रो सबैभन्दा ठूलो र धेरै हेरिने वेब पोर्टल सेवा हो । कम्पनीमा ८७४ कर्मचारीहरू रहेका छन् । सन् २०१४ मा यो काकाअो निगम सँग समायोजन भई डाउम काकाअोमा रुपान्तरण भएको थियोे ।[४]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "डाउम निगमको परिचय जानकारी सम्बन्धि पृष्ठ", अन्तिम पहुँच २०१४-०५-०७ 
  2. "लाइकस दक्षिण कोरियाको डाउमको सहायक कम्पनी बनेको छ", लाइकस, २००४-१०-०६, मूलबाट २००७-०२-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०१-२५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "मिलियन डलरमा युब्रान्टले लाइकसलाई खरिद गरेको छ", अन्तिम पहुँच २०११-०३-०७ 
  4. शु, क्याटरिन, "काकाअो र डाउम समायोजन भई दक्षिण कोरियाको ठूलो मध्येको एक इन्टरनेट कम्पनी बनेका छन्" 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]