सामग्रीमा जानुहोस्

डायना जेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डायना जेन
सन् २०१७ मा जेन
जन्मडायना जेन मिलिका इलेसाने हानसेन
(1997-06-22) २२ जुन १९९७ (उमेर २९)
सान्टा आना, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशागायिका
कार्यकालसन् २०११–हाल
कार्य
डिस्कोग्राफी[]
साङ्गीतिक जीवन
विधा
लेबल

डायना जेन मिलिका इलेसाने हानसेन (अङ्ग्रेजी: Dinah Jane, /ˈdnə/), जन्म; सन् १९९७ जुन २२) एक अमेरिकी गायिका हुन्। जेनले सन् २०१२ मा उनले द एक्स फ्याक्टरको दोस्रो संस्करणमा एकल कलाकारको रूपमा अडिसन दिएकी थिइन् र पछि उनलाई फिफ्थ हार्मोनी नामक एक युवती साङ्गीतिक समूहको सदस्य बनाइएको थियो। यस समूह सर्वकालीन समयको धेरै गीत बिक्री गर्न सफल भएको साङ्गितिक समूह मध्ये एक मानिन्छ। सन् २०१८ मा समूहले अनिश्चितकालीन विश्रामको घोषणा गरेपछि जेनले एकल कलाकारको रूपमा काम गर्न सुरु गरेकी थिइन्।

जेनले आफ्नो सङ्गीतलाई समकालीन आर र बी विधा अन्तर्गतको आधुनिक संस्करणको रूपमा वर्णन गरेकी थिइन् जसलाई सन् १९९० को दशकदेखि २००० को दशकको साङ्गीतिक सम्मिश्रणको रूपमा लिइन्छ।[] उनका साङ्गीतिक प्रभावहरूमा क्रिस्टिना आगिलेरा,[] प्याटी लाबेल, बियोन्से, लियोना लुइस, मारिया केरी र एटा जेम्स जस्ता कलाकारहरू रहेका छन्।[][][]

साङ्गीतिक यात्रा

[सम्पादन गर्नुहोस्]

सन् २०१२–२०१८: द एक्स फ्याक्टर र फिफ्थ हार्मोनी

[सम्पादन गर्नुहोस्]

जेनले सन् २०१२ मा बियोन्सेको "इफ आई वेर अ बोय" नामक गीत गाएर द एक्स फ्याक्टरको लागि अडिसन दिएकी थिइन्। उनको बुटक्याम्प एकल प्रस्तुतिको लागि उनले मारिया केरीको "हिरो" बोलको गीत गाएकी थिइन् र फिफ्थ हार्मोनीका सदस्यहरू मध्ये उनको मात्र प्रस्तुति प्रसारण गरिएको थियो। उनले बुटक्याम्प चरणमा डायमण्ड ह्वाइट विरुद्ध केली क्लार्कसनको गीत "स्ट्रङ्गर" गाएकी थिइन्। प्रस्तुतिको क्रममा केही शब्दहरू बिर्सिएपछि, डायना जेन बुटक्याम्प चरणबाट बाहिरिएकी थिइन्। अन्ततः उनलाई एली ब्रुक, नोर्मानी, लरेन हाउरेगीकामिला काबेयोसँगै मिलाएर फिफ्थ हार्मोनी नामक समूह बनाई प्रतिस्पर्धामा फिर्ता बोलाइएको थियो। यस समूह फाइनलसम्म पुग्न सफल हुँदै तेस्रो स्थान हासिल गरेको थियो।[]

फिफ्थ हार्मोनीको पहिलो गीत "मिस मुभिन अन" थियो। उनीहरूले सन् २०१३ मा आफ्नो पहिलो विस्तारित साङ्गीतिक सङ्ग्रह, बेटर टुगेदर रिलिज गरेपछि पहिलो एल्बम रिफ्लेक्सन सन् २०१५ जनवरीमा, र दोस्रो एल्बम ७/२७ सन् २०१६ मेमा सार्वजनिक गरिएको थियो। यी पहिलो दुई एल्बमहरूले क्रमशः "वर्थ इट" र "वर्क फ्रम होम" जस्ता चर्चित एकल गीतहरू दिए जसले धेरै अन्तर्राष्ट्रिय सङ्गीत तालिकाहरूमा शीर्ष १० मा स्थान बनाउन सफल भएको थियो। समूहले एनिमेटेड चलचित्र होटल ट्रान्सिल्भेनिया २ को साउन्डट्र्याकको लागि "आई एम इन लभ विथ अ मन्स्टर" गीत गाएर योगदान पुर्‍याएको थियो। काबेयोको बहिर्गमनपछि, उनीहरूले सन् २०१७ अगस्ट २५ मा चार सदस्यको रूपमा पहिलो र समूहको तेस्रो स्टुडियो एल्बम सार्वजनिक गरेका थिए। सन् २०१८ मार्च १९ मा समूहले एकल परियोजनाहरूमा ध्यान केन्द्रित गर्न अनिश्चितकालीन विश्रामको घोषणा गरेको थियो।[]

  1. फिफ्थ हार्मोनीसँगका उनका कार्यहरूका लागि फिफ्थ हार्मोनी डिस्कोग्राफी हेर्नुहोस्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Dinah Jane", AllMusic, मूलबाट नोभेम्बर २६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २६, २०२१
  2. Thompson, Desire (जुन १७, २०१९), "How Dinah Jane Shed Her Pop Coating and Bloomed Into an R&B Butterfly", Vibe (magazine), मूलबाट अप्रिल २२, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०२०
  3. "Dinah Jane Talks New Music, Finding Her Identity Outside Fifth Harmony & Having 'No Barriers' on 'Bottled Up'", Billboard (magazine), नोभेम्बर ६, २०१८, मूलबाट मार्च २९, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २, २०१९
  4. "Artist Info: Fifth Harmony", मूलबाट फेब्रुअरी १८, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ फेब्रुअरी २०२२
  5. "15 Facts You Need To Know About Fifth Harmony", Capital Xtra, मूलबाट डिसेम्बर ४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २, २०१९ अभिलेखिकरण डिसेम्बर ४, २०२१ वेब्याक मेसिन
  6. "TeenNick Top 10: An Interview With Fifth Harmony", Teen Nick, अगस्ट २२, २०१३, मूलबाट अगस्ट २२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१६
  7. "20 Facts You Didn't Know About Dinah Jane – 100.5 KISS FM", iHeartRadio, मूलबाट जुन २८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २७, २०१८
  8. "Tongan Fitfh Harmony star and X Factor singer visits kingdom", Kaniva Tonga News and Entertainment, जुलाई १७, २०१६, मूलबाट मार्च २४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १३, २०१७ अभिलेखिकरण मार्च २४, २०१९ वेब्याक मेसिन
  9. Kaufman, Gil (मार्च १९, २०१८), "Fifth Harmony Announce Hiatus to Pursue Solo Careers", Billboard, मूलबाट जुन १२, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १९, २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]