डा. कौशिला रिसाल
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
डा.कौशिला रिसाल | |
|---|---|
| जन्म | कौशिला रिसाल वि.सं. २०३५ भाद्र २२ गोरखा जिल्ला, नेपाल |
| राष्ट्रियता | |
| शिक्षा | नेपाली विषयमा स्नातकोत्तर (त्रिभुवन विश्वविद्यालय), विद्यावारिधी (नेपाल संस्कृत विश्वविद्यालय)विद्यावारिधि |
| पेशा | लेखन |
| चिनारीको कारण | कविता, बालसाहित्य, समालोचना |
उल्लेखनीय कार्य | अश्वघोष विरचित महाकाव्यहरूको दार्शनिक अध्ययन, नेपाली कवितामा नारीचेतना, खुसी हामीभित्रै छ |
कौशिला रिसाल (जन्म - वि.सं. २०३५ भाद्र २२, तदनुसार सन् १९७८ सेक्टेम्बर ७) नेपाली भाषा साहित्यमा कलम चलाउने समालोचक, कवि, बालसाहित्यकार हुन्। उनको स्रष्टा व्यक्तित्व कवि, कथाकार, निबन्धकार र बालसाहित्यकारका रूपमा परिचित छ । उनी समालोचक, सम्पादक र साहित्यिक चिन्तक पनि हुन् । विभिन्न विधाका एक दर्जन कृतिका कृतिकार रिसाल साहित्य लेखन तथा अनुसन्धानमा निरन्तर क्रियाशील छिन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]साढे दुई दशकदेखि साहित्य क्षेत्रमा सक्रिय रहँदै आएकी कौशिला रिसालको जन्म वि.सं २०३५ भाद्र २२ गते गोरखा जिल्ला, सिरानचोक गाउँपालिका, वडा नं. ५ (साबिक गोरखा, छोप्राक, वडा नं. २, अमराईं ) मा भएको हो ।
शिक्षा
[सम्पादन गर्नुहोस्]रिसालले त्रिभुवन विश्वविद्यालयबाट एम्.ए. (नेपाली) तथा नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि उपाधी हासिल गरेकी छन् ।
कार्य जीवन
[सम्पादन गर्नुहोस्]नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य समेत रहेकी कौशिला रिसाल विभिन्न कलेज तथा विद्यालयमा शिक्षण कार्यमा सक्रिय छिन् तथा उनले संस्थापक प्रधानाध्यापकका रूपमा नमुना महिला विद्यालयमा डेढ दशक कार्य गरेकी छन् । अरनिको टेलिभिजनमा कार्यक्रम संयोजक तथा समाचार प्रमुखका रूपमा एक वर्षको कार्यअनुभव रहेको छ । यसका साथै सामाजिक सेवाका कार्यमा सक्रिय रहँदै आएकी छन् ।
लेखन तथा प्रकाशनः मुख्य कृतिहरू
[सम्पादन गर्नुहोस्]अनुसन्धान ग्रन्थ
[सम्पादन गर्नुहोस्]- अश्वघोष विरचित महाकाव्यहरूको दार्शनिक अध्ययन—२०७९
समालोचना
[सम्पादन गर्नुहोस्]- नेपाली कवितामा नारीचेतना— २०८०
सेल्फहेल्फ
[सम्पादन गर्नुहोस्]- खुसी हामीभित्रै छ— २०८०
कवितासङ्ग्रह
[सम्पादन गर्नुहोस्]- समय र सपना—२०७७
बालसाहित्य
[सम्पादन गर्नुहोस्]- नयाँ वर्षको उपहार बालकथासङ्ग्रह २०७४
- आहा ! फूल .... किशोरकथासङ्ग्रह २०७५
- छेपाराको उखान बालकथासङ्ग्रह २०७८
- कमिलाको एकता बालकथासङ्ग्रह २०७८
- देशको माया बालकवितासङ्ग्रह २०७६
संस्मरण
[सम्पादन गर्नुहोस्]- एउटा साहस नर्वदा खनाल २०७६
सम्पादित पुस्तक तथा जर्नलहरू
[सम्पादन गर्नुहोस्]- ‘नमुना परिचय’ नमुना महिला विद्यालय २०६९—०७४
- अक्सफोर्ड आवाज’ अक्सफोर्ड मा.वि २०७१—०७३
- मोहन विक्रम सिंहका दुई नाटक २०७०
- शिव ढकाल स्मृति ग्रन्थ २०७३
- अङ्कुरण ‘शृङ्खला एक र दुई’ (अक्सफोर्ड मा.वि, आधारशीला कलेज) २०७६—०७७
- काठमाडौँ प्रलेस ३, प्रगतिशील लेखक सङ्घ काठमाडौँद्वारा प्रकाशित २०७३
- ‘आधारशीला शैक्षिक उन्नयन’, आधारशीलाको शैक्षिक÷साहित्यिक जर्नल २०७४÷०७५
- ‘प्रलेस, अङ्क २५—३० प्रगतिशील लेखक सङ्घ, नेपाल २०७६—०८१
- सृजना र स्मृतिमा सहिद शुरेस वाग्ले, स्मृति ग्रन्थ २०७९
- समाज अन्वेषण, अनुसन्धानमूलक अर्धवार्षिक जर्नल (विज्ञ समीक्षित) नेपाल प्रज्ञा–प्रतिष्ठान
- नेपालका जातीय सामाजिक संस्कार नेपाल प्रज्ञा–प्रतिष्ठान
संलग्न सङ्घसंस्थाहरू
[सम्पादन गर्नुहोस्]- संस्थापक - प्रधानाध्यापक.– नमुना महिला विद्यालय (२०६२)
- संस्थापक—नयाँबजार सिकाइ केन्द्र (२०६५)
- अध्यक्ष—प्रगतिशील लेखक सङ्घ, काठमाडौँ (२०७५—२०७८)
- अध्यक्ष—आधारशीला काव्य विभाग (२०७३—२०८०)
- अध्यापक—अक्सफोर्ड, आधारशीला कलेज (२०६९—२०८०)
- सचिव—अखिल नेपाल लेखक सङ्घ (२०७८—२०८१)
- सचिव— निलगङ्गा वचत तथा ऋण सहकारी संस्था (२०७४—२०८०)
- सचिव—नेपाली महिला सेवा समाज, काठमाडौँ
- आजीवन सदस्य—नेपाल बालसाहित्य समाज
- आजीवन सदस्य—युद्धप्रसाद मिश्र प्रतिष्ठान
- सचिवालय सदस्य—प्रगतिशील लेखक सङ्घ, नेपाल (२०७८—२०८१)
- अरनिको टेलिभिजन
- नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद् सदस्य ।
- सल्लाहकार, नमुना महिला विद्यालय, काठमाडौँ ।
- सल्लाहकार, ज्ञानशाला अनुसन्धान केन्द्र, काठमाडौँ ।
- सल्लाहकार, विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेश ।
- सल्लाहकार, मुक्तक मञ्च, केन्द्रीय समिति ।
- सल्लाहकार, मुक्तक मञ्च, काठमाडौँ ।
सम्मान
[सम्पादन गर्नुहोस्]- नेपाल सम्मान २०७१ (सगरमाथा प्रतिष्ठान नेपाल)
- नारी स्वर्ण सम्मान २०७५ (राष्ट्रिय नागरिक विकास समाज)
