सामग्रीमा जानुहोस्

राजाराम सुवेदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डा. राजाराम सुवेदीबाट अनुप्रेषित)
राजाराम सुवेदी
जन्म२४ असार, वि. सं. २००९
ढिकुरेपोखरी, कास्की
पेशाप्राध्यापन
इतिहासकार
उल्लेखनीय कार्य
इतिहास
जीवनसाथीहरिकला सुवेदी
मातापितापं नरपति उपाध्याय सुवेदी
जयश्री सुवेदी[]

डा. राजाराम सुवेदी त्रिभुवन विश्वविद्यालयका इतिहास विषयका प्राध्यापक हुन् ।

नेपालीको इतिहास नेपाली नै लेख्नुपर्छ भनेको सुवेदीको मान्यता छ। विदेशीले तोडमोड गरेर लेखेमा खण्डन गर्न सक्ने क्षमता हामीसँग हुनैपर्छ , नत्र इतिहास दूषित हुने कुरा उनले लेखेका छन्।

प्रा.डा. सुवेदीको जन्म २४ असार, वि. सं. २००९ मा ढिकुरपोखरी, कास्कीमा भएको थियो ।

स्नातकोत्तर (इतिहास ,संस्कृति बुद्ध अध्ययन ) स्नातक (कानुन)

विद्यावारिधि (बझाङको इतिहास) त्रिभुवन विश्वविद्यालय, वि. सं. २०४४

प्रकाशित कृति

[सम्पादन गर्नुहोस्]
सि.नं. कृति प्रकाशित
१. कर्णाली प्रदेशको मध्यकालीन इतिहास वि. सं. २०५४
२. गुल्मीको ऐतिहासिक झलक वि. सं. २०५५
३. बाइसी राज्यको ऐतिहासिक रुपरेखा वि. सं. २०५५
४. कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य वि. सं. २०५६
५. मध्यपूर्वको इतिहास वि. सं. २०५८
६. अछामको इतिहास वि. सं. २०५८
७. कास्की राज्यको इतिहास वि. सं. २०६०
८. नेपालको तथ्य इतिहास[] वि. सं. २०६०

पुरस्कार तथा सम्मान

[सम्पादन गर्नुहोस्]
  • शुभराज्यभिषेक पुरस्कार - वि. सं. २०३१
  • शान्तिक्षेत्र पुरस्कार - वि. सं. २०३९
  • महेन्द्र विद्याभूषण 'क' - वि. सं. २०४४
  • स्नातक समाज नेपाल सम्मान - वि. सं. २०५४
  • बलराम स्मृति वाङमय पुरस्कार- वि. सं. २०७० []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपालको तथ्य इतिहास" ग्रन्थकारका तर्फबाट उद्घोष
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: लेखक परिचय, आइएसबिएन 99933-2-406-X 
  3. संस्कृतिविद् सुवेदी पुरस्कृत चितवन पोष्ट January 26, 2014