सामग्रीमा जानुहोस्

डिपसिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हाङ्जाउ डिपसिक आर्टिफिसियल इन्टिलिजेन्स बेसिक टेक्नोलोजी रिसर्च कम्पनी लि
मौलिक नाम
杭州深度求索人工智能基础技术研究有限公司
व्यवसाय प्रकार
प्राइभेट
उद्योगसूचना प्रविधि
कृत्रिम बौद्धिकता
स्थापितमे 2023; २ वर्ष अघि (२०२३-०५)
स्थापनाकर्ता
केन्द्रीय कार्यालयहाङ्जाउ, झेजियाङ, चिन
मुख्य व्यक्ति
  • Liang Wenfeng (CEO)
मालिकहाई-फ्लायर
वेबसाइटwww.deepseek.com Edit this at Wikidata

डिपसिक( चिनियाँ : 深度求索; पिनयिन : Shēndù Qiúsuǒ ) एक चिनियाँ कृत्रिम बौद्धिकता कम्पनी हो जसले खुला स्रोत लार्ज ल्याङ्ग्वेज मोडेलहरू (LLM) विकास गर्छ। हाङ्जाउ, झेजियाङमा अवस्थित यसको स्वामित्व र वित्तीयकरण चिनियाँ हेज फन्ड हाई-फ्लायरद्वारा भएको छ । हाई-फ्लायरको सह-संस्थापक, लियाङ वेन्फेङले २०२३ मा कम्पनी स्थापना गरेका थिए र अहिले यसको सीईओको रूपमा सेवा गर्न्छ।

डिपसिक-R1 ले ओपेन एआइको च्याटजिपिटी जस्तै स्तरमा कार्यहरू गर्दछ।[] तर यो ६ मिलियन US$ मा बिकास गरिएको थियो भने GPT-4 को $100m मा सन् २०२३ मा बिकास गरिएको थियो। [] र कम्प्युटिङ पावर १० भाग को १ भाग भए पुग्छ । [] [] [] [] अमेरिकाले अत्याधुनिक एआइ प्रणाली बिकास गर्ने चीनको क्षमतालाई सिमित गर्न एनभिडिया चिप्समा चीनमाथिलगाएको प्रतिबन्धा बीच डिपसिकले यो एआइ मोडेलको बिकास गरेको हो । [] [] १० जनवरी २०२५ मा, कम्पनीले एप्पल आईओएसएन्ड्रोइडका लागि आफ्नो पहिलो निःशुल्क च्याटबट एप जारी गर्‍यो; २७ जनवरी सम्म, डिपसिक-R1 ले संयुक्त राज्य अमेरिकामा आईओएसएप स्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एपको रूपमा च्याटजिपिटीलाई पछि गर्यो, [] र एनभिडिया को शेयर मूल्य १८% ले घट्यो। [] [१०] [११]

ठूला र अधिक स्थापित प्रतिद्वन्द्वीहरू विरुद्ध डिपसिकको सफलतालाई "अपेन्डिङ एआइ," [] "वैश्विक एआइ अन्तरिक्ष दौडको रूपमा उदाइरहेको पहिलो शट" [१२] र "एआई ब्रिन्कम्यानशिपको नयाँ युगको सुरुवात को रूपमा वर्णन गरिएको छ। " [१३]

डिपसिक ले आफ्नो जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स एल्गोरिदमहरू, मोडेलहरू, र प्रशिक्षण विवरणहरू खुला स्रोत बनाएको छ, यसको कोड प्रयोग, परिमार्जन, र हेर्नको लागि स्वतन्त्र रूपमा उपलब्ध गराउँदै; यसमा स्रोत कोड र निर्माण उद्देश्यका लागि डिजाइन कागजातहरू पहुँच गर्न र प्रयोग गर्ने अनुमति समावेश छ। [१४] कम्पनीले उच्च चिनियाँ विश्वविद्यालयहरूबाट युवा एआई अनुसन्धानकर्ताहरूलाई जोडतोडका साथ भर्ती गर्छ, []कम्प्युटर विज्ञान क्षेत्र बाहिरका मानिसहरूलाई आफ्नो मोडेलको ज्ञान र क्षमताहरू विविधीकरण गर्न काममा लगाउँछ। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Gibney, Elizabeth (२३ जनवरी २०२५), "China's cheap, open AI model DeepSeek thrills scientists", Nature (अङ्ग्रेजीमा), आइएसएसएन 1476-4687, डिओआई:10.1038/d41586-025-00229-6, पिएमआइडी 39849139 
  2. २.० २.१ Vincent, James (२८ जनवरी २०२५), "The DeepSeek panic reveals an AI world ready to blow", The Guardian 
  3. Hoskins, Peter; Rahman-Jones, Imran (२७ जनवरी २०२५), "DeepSeek Chinese AI chatbot sparks market turmoil for rivals", BBC (en-GBमा), अन्तिम पहुँच २७ जनवरी २०२५ 
  4. ४.० ४.१ Metz, Cade; Tobin, Meaghan (२३ जनवरी २०२५), "How Chinese A.I. Start-Up DeepSeek Is Competing With Silicon Valley Giants", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २७ जनवरी २०२५  उद्दरण त्रुटी: Invalid <ref> tag; name ":8" defined multiple times with different content
  5. Cosgrove, Emma (२७ जनवरी २०२५), "DeepSeek's cheaper models and weaker chips call into question trillions in AI infrastructure spending", Business Insider 
  6. Saran, Cliff (१० डिसेम्बर २०२४), "Nvidia investigation signals widening of US and China chip war | Computer Weekly", Computer Weekly, अन्तिम पहुँच २७ जनवरी २०२५ 
  7. Sherman, Natalie (९ डिसेम्बर २०२४), "Nvidia targeted by China in new chip war probe", BBC, अन्तिम पहुँच २७ जनवरी २०२५ 
  8. ८.० ८.१ ८.२ Metz, Cade (२७ जनवरी २०२५), "What is DeepSeek? And How Is It Upending A.I.?", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २७ जनवरी २०२५  उद्दरण त्रुटी: Invalid <ref> tag; name "auto" defined multiple times with different content
  9. Field, Hayden (२७ जनवरी २०२५), "China's DeepSeek AI dethrones ChatGPT on App Store: Here's what you should know", CNBC 
  10. "What is DeepSeek, and why is it causing Nvidia and other stocks to slump? - CBS News", www.cbsnews.com, २७ जनवरी २०२५। 
  11. Barrabi, Thomas (२७ जनवरी २०२५), "Nvidia stock suffers record wipeout on DeepSeek fears -- as CEO Jensen Huang's net worth tanks" 
  12. Zahn, Max, "Nvidia, Microsoft shares tumble as China-based AI app DeepSeek hammers tech giants", ABC News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ जनवरी २०२५ 
  13. Roose, Kevin (२०२५-०१-२८), "Why DeepSeek Could Change What Silicon Valley Believe About A.I.", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२५-०१-२८ 
  14. Romero, Luis E., "ChatGPT, DeepSeek, Or Llama? Meta's LeCun Says Open-Source Is The Key", Forbes 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]