डिलाशैनी मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री डिलाशैनी भगवती मन्दिर
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/नेपाल" उपलब्ध छैन्.
निर्देशांक:२९°२५′N ८०°३०′E / २९.४१°N ८०.५°E / 29.41; 80.5निर्देशाङ्कहरू: २९°२५′N ८०°३०′E / २९.४१°N ८०.५°E / 29.41; 80.5
नाम
वास्तविक नाम:डिलाशैनी भगवती मन्दिर
अवस्थिति
देश:Nepal
राज्य/अञ्चल:महाकाली
जिल्ला:बैतडी

डिलाशैनी भगवती मन्दिर बैतडी जिल्लाको धामिगाउंमा अवस्थित छ। यस मन्दिरलाई धार्मिक दृष्टिकोणले राम्रो मानिन्छ। यस मन्दिरमा हरेक बर्स असोज,कार्तिक र चैत्र महिना मा दसैं को दिन विशेष धुमधामकासाथ जात्रा लाग्ने गर्दछ। यस जात्रामा ५० औँ को संख्यामा रागा र बोका को वलि दिने गरिन्छ। डिलासैनी भगवती मम्दिरमा जात्राको दिन जोशी,धामी,बोहरा,भुल,साउद,खत्री,भटट,तथा अन्य ठाउबाट आएका भक्तजन हरुको घुइचो लाग्ने गर्दछ। यस जात्राको विशेष पुजारी को रुपमा जोशी लाई लिइन्छ। साथै पुजारी सहयोग का लागि भट्ट पनि समाबेश भएको पाइन्छ।बालक देखि वृद्ध सम्मका सबै गाउले हरु गएर यो ठाउँमा भेला हुदा गाउँ त सुनसान हुन्छ। तर त्यस जात्रामा समाबेश भएका ब्यक्ती जात्राको रौनक ले गर्दा सबै कुरा भुलेर केबल धार्मिक भक्ती मात्र मनमा लिएको हुन्छ। यो जात्राको दिन विशेष प्रकारको ब्यापारिक मेला पनि लाग्ने गर्दछ। त्यो ब्यापारिक मेलामा स्थानीय ब्यापारी साथै देश बिदेश बाट आएका व्यापारी पनि पसल थापेर बसेका हुन्छन।

स्थापना[सम्पादन गर्ने]

यो मन्दिर कहिले स्थापना भएको भन्ने कुनै ठोस प्रमाण छैन।तर १००औँ बर्श पहिले का पू्र्खा हरुले यसको निर्माण गरेका थिए।आज्भोली पनि यसलाइ पुननिर्माण गरि एकदमै सुन्दर र आकर्शित बनाएको छ।

महत्त्व[सम्पादन गर्ने]

यो मन्दिर डिलासैनी गा.वि.स.को धामिगाउं मा स्थित छ। धार्मिक परम्परा अनुसार यहाँ असोज ,कार्तिक र चैत्र महिना मा जात्रा गरिन्छ।जसमा रागा र बोका को बलि दिइने गरिन्छ।साथै जात्रा को दिन धामी झाक्रीले झार्फुक(पन्चनी) गरिन्छ।जात्राको दिन बिशेष कार्यक्रम का साथ डिलासैनी र भगवती को पुजा आराधना गरिन्छ।जस दिन धेरै रागा र बोका को वलि गरिने परम्परा छ। यो दिन त्यस जात्रा मा सम्मीलित भएर पुजा गरि आशिष् लिएमा आफ्नो जीवनमा सोचेको पुग्ने गर्दछ।त्यही भएर यस दिन देश विदेश बाट आउने भक्तजनको घुइँचो लाग्ने गर्दछ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी कडिहरु[सम्पादन गर्ने]