डिल्लिराम तिम्सिना
![]() | यो लेखको शीर्षक सामान्य उपयुक्तता दिशानिर्देश अन्तर्गत नपर्न सक्छ। कृपया! यो लेखमा यससम्बन्धि विश्वसनीय स्रोतहरू राखेर यस लेखको उपयुक्तता स्थापना गर्न सहयोग गर्नुहोस्। यदि यो लेख उपयुक्त नभएको खण्डमा यसलाई अर्को सम्बन्धित लेखमा समायोजन गर्न, अनुप्रेषण गर्न, वा हटाउन सकिने छ । |
डा. डिल्लिराम तिम्सिनाको जन्म विक्रम सम्वत१९८० पौष ११ मेची अञ्चलको ताप्लेजुङ जिल्लाभित्र पर्ने याङरूप एकचेपामा भएको हो । अहिले यो ठाउँ पाँचथर जिल्लाको सुभाङ गा.वि.स.मा पर्दछ । उनले अाफ्नो प्रारम्भिक शिक्षा अाफ्ना जीबा प्रेमनारायणबाट प्राप्त गरेको देखिन्छ । उच्च शिक्षाको हकमा भने उनले सर्वदर्शनमा शास्त्री, अङ्ग्रेजीमा बी.ए. (अनर्स), संस्कृतमा अाचार्य, नेपालीमा एम.ए. हिन्दी तथा नेपालीका व्यतिरेकात्मक अध्ययन शीर्षकमा बनारस स्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि (पी.एच.डी.) गरेका हुन् । उनले बनारस हिन्दु विश्वविद्यालयमा २८/२९ वर्ष नेपाली विषयको विभागाध्यक्ष भर्इ प्राध्यापन गरेको देखिन्छ ।
उनका कविता सङ्ग्रह, कथासङ्ग्रह, प्रबन्ध सङ्ग्रह समालोचना सङ्ग्रह र सम्पादन समेत दुर्इ दर्जन जति कृतिहरू प्रकाशित देखिन्छन् । शिक्षा सेवा, साहित्य सेवा र समाज सेवामा अाफ्नो जीवन समर्पण गर्ने साधक तिम्सिना २०४९ साल अाश्विन ९ गते यस संसारबाट बिदा भए ।[१]
सभ देखी[सम्पादन गर्ने]
सन्दर्भ सूची
- ↑ तिम्सिना, अनिरुद्ध (२०६०), डा. डिल्लिराम तिम्सिनाको जीवनी, व्यक्तित्व र कृतित्व, डा.डिल्लिराम तिम्सिना स्मृतिग्रन्थ (सम्पा. अनिरुद्ध तिम्सिना र अन्य), विराटनगर : डा.डिल्लिराम तिम्सिना स्मृतिग्रन्थ प्रकाशन समिति ।