डेजा बु (२००६ चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

डेजा बु (अङ्ग्रेजी: Déjà Vu) सन् २००६ को काल्पनिक-विज्ञान-द्वन्द प्रधान अमेरिकाली चलचित्र हो । यस चलचित्रका निर्माता टोनी स्कट हुन् भने मुख्य पात्रका रुपमा नायक डेन्जल वासिङ्टन रहेका छन् । चलचित्रमा अन्य कलाकार पउला प्याटन, जीम क्याभीजिल, भाल किल्मर, एडम गोलबर्ग र ब्रुस ग्रिमवुडको सह-भूमिका रहेको छ । चलचित्र अमेरिकी ATF (हात-हतियार, विस्फोटक पदार्थ अनुसन्धान विभाग) ब्युरोका एेजेन्ट डोग्लास कार्लिन, न्यु अोर्लन्समा हुने बम दुर्घटना रोक्न खोज्दै क्लेयर कुजीभरलाई बचाउने प्रयासमा रहेको कथामा आधारित छ । चलचित्रको सुटिङ कार्य न्यु अोर्लन्समा काट्रिना आँधी पू्र्व र पश्चात् भएको थियो ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]