डेजी बराइली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

डेजी बराइली प्रसिद्ध गायिका हुनुहुन्छ । उहाँका भैंसी लड्योमायालुले सम्झयो कि कसो गीत प्रसिद्ध छन् । उहाँ दार्जीलिङमा बस्नुहुन्छ । यी दुई गीत नेपालमा रेकर्ड भएका हुन् । ती गीत गाउँदा उहाँ १५ वर्ष कि हुनुहुन्थ्यो । गीत रेकर्ड गर्न उहाँ सन् १९७५ मा बद्रि दुर्गा खरेल, दावा ग्याल्मो, गणेश शर्मा सहितका गीत-संगीतका अगुवाका साथ लागेर पहिलोपटक नेपाल आउनुभयो । भैंसी लड्यो मा कमल दर्नालका शब्द छन् । मायालुले सम्झयो कि कसो गीत शशि ठटालले लेख्नुभएको हो । शान्ति ठटालको संगीत छ । पछिल्लो गीतमा भने गायिका दावा ग्याल्मोले साथ दिनुभएको छ । डेजीले नेपाल आउनु अघि नै अल इन्डिया रेडियो, खर्साङबाट स्वर परीक्षा पास गर्नुभएको थियो । पहिलो पटक आएको ९ वर्षछि २०४१ मा आउँदा उहाँले बादलमा नाँची हिंड्ने पहाडकी सानी सहित अरु चार गीत रेकर्ड गर्नुभयो । त्यसको ८ वर्षछि मुरलीधरसँग प्रज्ञा भवनमा गीतल कार्यक्रममा आएपछि १२ वर्षछि ०५९ मा गोर्खा पार्वत्य परिषद, दार्जीलिङका तर्फबाट उहाँ सांस्कृतिक कार्यक्रमका लागि काठमाडौँ आउनुभयो ।

जन्म र शिक्षा[सम्पादन गर्ने]

उहाँको जन्म सन् १९६० अप्रिल २५ मा दार्जिलिङको रंगमुकचियाबारी कमानमा भएको हो । उहाँका पिता चन्द्रसिंह र माताको नाम राधिका हो । उहाँका दुई भाइ छन् । उहाँले लोरेटो कलेजबाट बीए पास र रामकृष्ण बिटी कलेजबाट बिएड पास गर्नुभएको छ ।

गायन यात्रा[सम्पादन गर्ने]

नेपालभारतका विभिन्न शहरमा उहाँले कार्यक्रम गर्नुभएको छ । नेपालय नामक संस्थाले पलेंटी कार्यक्रममा उहाँलाई पटक पटक ल्याएको छ । उहाँले भुटानमा कार्यक्रम गर्नुभएको छ । उहाँलाई विराटनगरका वाणि प्रकाशनवनिता प्रकाशनले सम्मान गरेका छन् । उहाँले दार्जिलिङको गिरी पुरस्कार पाउनुभएको छ । दार्जिलिङे प्रतिभाहरू- कर्म योञ्जन, दावा ग्याल्मो, कुमार सुब्बा, कमल दर्नाल, शान्ति ठटाल, जस योञ्जन प्यासी, मणिकमल छेत्री लगायतको साथ र संगत नभइदिएको भए पनि उहाँको स्वर फैलन गाह्रो पर्ने उहाँ बताउनुहुन्छ । उहाँले गाएका एउटा खुला किताब, भिखारी हुँ म, कति बग्यो कति बग्यो पुल मुनि पानी रेशम श्रोताले अत्यधिक रुचाएका स्तरीय रचना हुन् । उहाँले अल इन्डिया रेडियोमा दुई सय जति गीत गाउनुभएको छ । दार्जीलिङे स्रोताका लागि मुटु भरीका गीत अल्बम निकाल्नुभएको छ ।

परिवार[सम्पादन गर्ने]

उहाँका श्रीमान चन्दन लोमजेलका साथ छोरा अनमोल र छोरी विमोचना छन् ।