डेटिङ दुर्व्यवहार
रूमानी सम्बन्धमा रहेका युगल किशोर-किशोरी/महिला-पुरुषबीचमा एकले अर्कोसँग नराम्रो व्यवहार गर्छ वा उसलाई चोट पुर्याउन धम्की दिन्छ भने, त्यो नै डेटिङ दुर्व्यवहार हो। यसको मुख्य उद्देश्य एक जना साथीले अर्कोमाथि पूर्ण शक्ति र नियन्त्रण कायम गर्नु हो। यस्तो दुर्व्यवहार उनीहरू डेटिङ गरिरहेको समयमा मात्र होइन, सम्बन्धविच्छेद भएपछि पनि हुन सक्छ। यस्तो दुर्व्यवहार केवल शारीरिक झगडामा मात्र सीमित नभइ अन्य विभिन्न तरिकाले देखिन सक्छ। शारीरिक तथा मौखिक चोट दिने, अर्को व्यक्तिलाई डराउन वा अपमान गर्न हिर्काउने, धकेल्ने वा अपमानजनक शब्द प्रयोग गर्ने, भावनात्मक तथा मानसिक रूपले अर्को व्यक्तिलाई दोषी महसुस गराउने, उसलाई अन्योलमा पार्न झूट बोल्ने वा आफ्नो इच्छा पूरा गराउन धम्की दिने लगायतका कुकार्य पनि डेटिङ दुर्व्यवहार नै हुन्। अर्को व्यक्तिको मित्रता वा विद्यालय अथवा अनलाइनमा रहेको प्रतिष्ठा बिगार्ने प्रयास गर्ने, उसको अघिपछि हिँड्ने वा उसको चियोचर्चो गर्ने, स्टकिङ् गर्ने जस्ता व्यक्तिको सामाजिक सम्बन्ध बिगार्ने प्रयासहरू पनि डेटिङ दुर्व्यवहार कै आयामहरू हुन्। त्यस्तै अर्को व्यक्तिले सहज महसुस नगरेका यौन गतिविधिमा उसलाई जबरजस्ती गर्ने वा दबाब दिने कृत्य पनि डेटिङ दुर्व्यवहार अन्तर्गत नै पर्दछ।
डेटिङ हिंसा जो कोहीमाथि पनि हुन सक्छ। व्यक्तिको उमेर, जातीय पृष्ठभूमि वा आर्थिक अवस्था जस्तोसुकै भए पनि यसले फरक पार्दैन।विशेषज्ञहरूका अनुसार, डेटिङ दुर्व्यवहार केवल एकपटक हुने झगडा मात्र नभइ बारम्बार दोहोरिइरहन्छ, जसमा एक व्यक्तिले आफ्नो वर्तमान वा साविकको साथीमाथि हावी हुन लगातार डर देखाउने वा अनुचित उपायहरू अवलम्बन गर्ने गर्दछ।[१]
विशेषताहरू
[सम्पादन]भावनात्मक दुर्व्यवहार
[सम्पादन]* पीडितहरू आफ्नो साथी (डेट) सँग डराउँछन्। * उनीहरू आफ्नो साथी रिसाउने डरले आफ्नो असहमतिमा अडिग रहन सक्दैनन्। * उनीहरूका साथीले उनीहरूलाई सार्वजनिक रूपमा लज्जित र अपमानित गरेका हुन्छन्।
मानसिक दुर्व्यवहार
[सम्पादन]* साथीले उनीहरूमाथि वा स्वयं आफूमाथि नै हिंसा गर्ने धम्की दिन्छ। (उदाहरणका लागि: "यदि तिमीले मलाई छोड्यौ भने, म आत्म-हत्या गरिदिन्छु।")
यौन दुर्व्यवहार
[सम्पादन]* साथीले उनीहरूलाई आफूसँग यौन सम्बन्ध राख्न जबरजस्ती गर्छ। * उनीहरू साथीको यौन चाहना वा गतिविधिका मागहरूलाई 'हुँदैन' भन्न डराउँछन्। * साथीले उनीहरूको सम्मान गर्दैन र केवल आफ्नो यौन सन्तुष्टि पूरा गर्नमा मात्र केन्द्रित रहन्छ। * साथीले उक्त यौन कृत्यबाट पर्न सक्ने असर वा त्यसमा आफ्नो पार्टनरको भावना कस्तो छ भन्ने कुराको कुनै परवाह गर्दैन।
शारीरिक दुर्व्यवहार
[सम्पादन]* उनीहरू आफ्नो साथीबाट विभिन्न किसिमका शारीरिक आक्रमणको शिकार भएका हुन्छन्। * साथीले उनीहरूलाई जबरजस्ती समातेर दबाउने, धक्का मुक्की हान्ने, लात हान्ने र वस्तुहरूले प्रहार गर्ने जस्ता कार्य गरेको हुन्छ।
नियन्त्रणकारी व्यवहार
[सम्पादन]* साथीले उनीहरूलाई साथीभाइहरूसँग भेटघाट गर्नबाट रोक्ने प्रयास गर्छ। * उनीहरूलाई आफ्नो परिवारसँग सम्पर्क गर्नबाट वञ्चित वा सीमित गरिन्छ। * उनीहरूलाई आफ्नो साथी वा परिवार र साथीभाइमध्ये कुनै एकलाई मात्र रोज्न बाध्य पारिन्छ। * साथीले उनीहरू जुनसुकै समयमा कहाँ छन् भन्ने कुरा थाहा पाउन ढिपी गर्छ र उनीहरूले गर्ने प्रत्येक कार्यको स्पष्टीकरण माग गर्दछ। * यदि उनीहरूले विपरित लिङ्गी (वा आफू आकर्षित हुने लिङ्गी) का अन्य व्यक्तिहरूसँग कुराकानी गरेमा साथी अत्याधिक क्रोधित हुन्छ। * साथीले उनीहरूबाट आफ्नै स्वास्थ्योपचार गराउनु अघि पनि आफूसँग अनुमति लिउन् भन्ने अपेक्षा राख्छ। * साथीले उनीहरूले कस्ता लुगा लगाउने र सार्वजनिक रूपमा कसरी प्रस्तुत हुने भन्ने कुरा पनि दिशानिर्देशन गर्न चाहन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ []
बाह्य कडीहरू
[सम्पादन]- क्यानडेली स्रोतहरू
- RespectED, Provided by the Canadian Red Cross, give information to teens, parents, and teachers about abuse in dating relationships.
- संयुक्त अधिराज्यका स्रोतहरू
- संयुक्त राज्य अमेरिकाका स्रोतहरू
- Center for Relationship Abuse Awareness
- National Domestic Violence Hotline
- ACADV.org -डेटिङ् दुर्व्यवहारका विरुद्ध अलबामा कोएलिसनद्वारा निर्मित।
- Jennifer Ann.org - स्कूल तथा समूह र भिडियो गेम प्रतियोगिता प्रायोजकहरूलाई डेटिङ दुर्व्यवहार सम्बन्धी निःशुल्क शैक्षिक सामग्री उपलब्ध गराउने।
- Love Is Not Abuse.org - sponsored by Liz Claiborne, provides educational materials.
- Love Is Respect.org - राष्ट्रिय टिन डेटिङ दुर्व्यवहार हेल्पलाइन सञ्चालन गर्ने
- National Youth Violence Prevention Center[हडपिएको] - लेख तथा तथ्य तथ्याङ्क उपलब्ध गराउँछ।