डेट बलात्कार
| बलात्कार |
|---|
डेट बलात्कार परिचित व्यक्तिद्वारा बलात्कार र डेटिङ हिंसाको एउटा रूप हो। यी दुई वाक्यांशहरू अक्सर एकअर्कासँग अदलबदल गर्दै प्रयोग गरिन्छ, तर डेट बलात्कारले विशेष रूपमा त्यस्तो बलात्कारलाई जनाउँछ जसमा दुई पक्षहरूबीच कुनै न कुनै रूमानी सम्बन्ध वा सम्भावित यौन सम्बन्ध भएको हुन्छ। परिचित व्यक्तिद्वारा बलात्कारमा पीडित र अपराधीबीच गैर-रूमानी, गैरमञ्जुरी यौन सम्बन्ध भएको बलात्कारहरू पनि समावेश हुन्छन्। उदाहरणका लागि सहकर्मी वा छिमेकीको रूपमा।[१][२]
सन् १९८० को दशकदेखि, केही देशहरूमा डेट बलात्कारले बलात्कारको अधिकांश हिस्सा ओगटेको छ। यो विशेष रूपमा कलेज तथा क्याम्पसहरूमा प्रचलित छ। डेट बलात्कार रक्सी वा अन्य लागुऔषध हरूको सेवनसँग सम्बन्धित हुन्छ। डेट बलात्कारबाट पीडित हुनेहरूको उमेर किशोरावस्थाको अन्त्यदेखि गधापच्चीसीसम्म हुन्छ।
अवलोकन
[सम्पादन गर्नुहोस्]डेट बलात्कारको धेरैजसो अवस्थामा पीडित व्यक्ति महिला नै हुन्छिन् र उनले अपराधीलाई चिन्छिन्। दुई पक्षहरूबीच वास्तविक वा सम्भावित रूमानी वा यौन सम्बन्ध हुँदा वा त्यो सम्बन्ध समाप्त हुँदा डेट बलात्कार हुन सक्छ। पीडकले पीडितलाई उनको इच्छाविपरीत यौन सम्बन्ध राख्न बाध्य गर्न शारीरिक वा मनोवैज्ञानिक त्रास देखाउन सक्छ। पीडितलाई रक्सी वा अन्य औषधीको प्रयोग गरी अचेत बनाएर अपराधीले सहमति दिन असमर्थ पीडितसँग यौन सम्बन्ध राख्ने गरेको पाइन्छ।
उजुरी
[सम्पादन गर्नुहोस्]यदि कसैले पीडितमाथि लागुऔषधको प्रयोग गरेर गलत काम गरेको अर्थात बलात्कार गरेको भए सबैभन्दा पहिले प्रहरीमा उजुरी गरी हाल्नुपर्छ। यस बाहेक आफ्नो परिवारको कुनै सदस्यलाई यसबारेमा जानकारी दिइहाल्नुपर्छ। त्यसपश्चात जति सक्दो चाँडो मुत्र परीक्षण (यूरिन टेस्ट) गराउनुपर्छ। पीडितले नशालु औषधीको सेवन गर्नुको मतलब यो कदापि होइन कि उनले यौन उत्पीड़न गर्ने अनुमति दिइन्। त्यसैले नडराइ यससम्बन्धी मुद्दा दर्ता गराउनुपर्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Dziuba-Leatherman, Jennifer (१९९४), Acquaintance and Date Rape: An Annotated Bibliography, Greenwood, पृ: 1, आइएसबिएन 978-0313291494।
- ↑ Horvath, Miranda (२००९), Rape: Challenging Contemporary Thinking, Willan, पृ: 117, आइएसबिएन 978-1843925194।