डेलीबुथ
![]() | |
साइटको प्रकार | तस्वीर आयोजक सेवा, सामाजिक सञ्जाल, तस्वीर ब्लग |
|---|---|
| सर्जक | जन ह्विट्ली |
| युआरएल | http://www.dailybooth.com |
| व्यवसायिक | हैन |
| दर्ता | चाहिन्छ |
डेलीबुथ एउटा तस्वीर ब्लग वेबसाइट हो जसलाई प्रयोगकर्ताहरूको लागि प्रत्येक दिन शीर्षकको साथ तस्वीर खिच्नको लागि सृजना गरिएको थियो। यसले कागजात बनाउन र उनीहरूको जीवन अरूलाई बाँड्नको लागि "चित्रमा तपाईको जीवन" भन्ने नारालाई अपनाएको थियो। यो सामाजिक सञ्जाल वेबसाइटहरू जस्तै टुइटरसँग मिल्दोजुल्दो छ जसमा प्रयोगकर्ताले अन्य प्रयोगकर्ताहरू पछ्याउन र उनीहरूले उक्त पछ्याइएका प्रयोगकर्ताहरूलाई पनि पछ्याउन सक्दछन्। यसले अन्य व्यक्तिहरूले के गरिरहेका छन् भन्ने बारेमा वास्तविक समय अद्यावधिकहरू पनि प्राप्त गर्न अनुमति दिन्छ। यो किशोर किशोरीहरूका लागि लक्षित छ।[१]
अगष्ट २००९ मा, साइटमा एक महिनामा लगभग ३५% को वृद्धि दरसँगै यसले ३० लाख भन्दा बढी अद्वितीय आगन्तुकहरू प्राप्त गरेको जानकारी दिएको थियो।[१] ११ नोभेम्बर २०१२ मा, साइट १४ नोभेम्बरका दिन बन्द गरिने घोषण गरिएको थियो।[२]
प्रयोगकर्ताहरूले ३१ डिसेम्बरसम्म उनीहरूको सामग्रीहरूमा पहुँच र डाउनलोड गर्न सक्नेछन्, जुन बिन्दुमा साइट पूर्ण रूपमा मेटाइनेछ। डेलीबुथ सुरुवाती कोष कम्पनी, वाई कम्बिनेटरद्वारा स्थापना गरिएको थियो।[३]
इतिहास
[सम्पादन गर्नुहोस्]डेलीबुथलाई फेब्रुअरी २००९ मा जोन व्हिट्ली र नेतृत्व विकासकर्ता रायन आमोसले, लोकप्रियता प्राप्त गरे पश्चात् सुरुवात गरेका थिए।[४] धेरै युट्युब कलाकार र इण्टरनेटका प्रख्यात मानिसहरू , जस्तै एष्टन कुचर र उनकी श्रीमती डेमी मुर यसमा सामेल हुँदै उनीहरूका दर्शक र पाठकहरूलाई प्रोत्साहित गरेका थिए।[३][५] ७ सेप्टेम्बर २००९ मा साइटले १,००,००० तस्वीरहरू पार गरेको थियो[६] र १,००,००० तस्वीरहरू सार्वजनिक गर्ने प्रयोगकर्ताले एक थ्रोबई पिलो नामक पुरस्कार जितेका थिए।[७] सन् २०१० को सुरूमा, वेबसाइटमा ३,०००,००० तस्वीर र १०,००,००० टिप्पणीहरू पुगेका थिए।
डेलीबथका तीन संस्करणहरू उपलब्ध छन् जसमा मूल (१.०), र दुई पूर्ण पुन: लिखित (२.० र ३.०) समावेश छन्।
वाई कम्बिनेटरले उनीहरूले एक पटक डेलीबुथमा नाम परिवर्तन गर्ने विचार गरेका थिए[१] तर उनीहरू समुदायले विद्रोह गर्छन् भन्ने बारेमा डराएका थिए। २०१२ अप्रिलमा प्रतिभाको खोजीमा एयरबीएनबीले डेलीबथको टोलीलाई लिने घोषणा गरिएको थियो।[८]
११ नोभेम्बर २०१२ मा, सदस्यहरूलाई एक इमेल पठाइएको थियो जसमा १४ नोभेम्बर पछि थप सामग्री उर्ध्वभरण गर्न नसकिने र ती सबै सामग्रीहरू स्थायी रूपमा ३१ डिसेम्बर २०१२ मा मेटिने जनाइएको थियो। उनीहरूले खातामा सबै तस्वीरहरू निर्यात गर्ने विकल्पको पेश गरेका थिए। १५ नोभेम्बर २०१२ मा, डेलीबुथ केवल पढ्नको लागि मात्र उपलब्ध भएको थियो। प्रयोगकर्ताहरूलाई कुनै नयाँ तस्वीर वा टिप्पणीहरू सार्वजनिक गर्न क्षमताहरूलाई यसले हटाएको थियो। यो ३२ डिसेम्बर २०१२ का दिन पूर्ण रूपमा बन्द भएको थियो।
विशेषता
[सम्पादन गर्नुहोस्]
प्रत्यक्ष सार्वजनिक एउटा त्यस्तो सुविधा थियो जसले साइटमा सबै सार्वजनिक सदस्यहरूबाट हालसालैका तस्वीर र गतिविधिको वास्तविक समयमा प्रवाहको प्रदर्शन गर्दछ।[९] प्रत्यक्ष नक्शाले नक्शामा वास्तविक समय अद्यावधिकहरूको प्रदर्शन गरेको थियो। डेलीबुथले प्रयोगकर्ताहरूले नयाँ तस्वीर खिचेपछि स्वचालित रूपमा उनीहरूको टुइटर खातामा सूत्र सार्वजनिक गर्न अनुमति दिन्छ।[१०] डेलीबुथले प्रयोगकर्ताहरूलाई तिनीहरूको तस्वीरूलाई सूत्रबद्ध गर्न छोटो यूआरएलहरूको पनि प्रस्ताव गरेको थियो।
डेलीबुथका मोबाइल अनुप्रयोगहरू
[सम्पादन गर्नुहोस्]डेलीबुथले आइफोन अनुप्रयोगको सार्वजनिक गरेको थियो जुन धेरै लोकप्रिय बनेको थियो। डेलीबथको ३अौँ संस्करणको जारीसँगै नयाँ डेलीबुथ अनुप्रयोगको सुरूवात भएको थियो जसमा प्रत्यक्ष समाचार, र अन्य प्रयोगकर्ताहरूलाई सन्देश पठाउन मिल्ने लगायतका सेवाहरू सामेल छन्। अनुप्रयोग हाल एप्पल एप ष्टोरमा उपलब्ध छैन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 एमजी सिग्लर (२००९-०८-१८), "140 Characters? That’s A Lot Of Writing. Just Post A Picture On DailyBooth"।
- ↑ रुसेल, जोन (१२ नोभेम्बर २०१२), "Once Red Hot Photo Service DailyBooth is Closing Down", द नेक्स्ट वेब।
- 1 2 मार्टिनेज, जेनिफर (१८ सेप्टेम्बर २००९), "Why Is Photo Startup DailyBooth So Hot?", गिगाकम डटकम। अभिलेखिकरण २०१९-१०-०६ वेब्याक मेसिन
- ↑ "The DailyBooth Story", डेलीबुथ डटकम, मूलबाट २६ सेप्टेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २००९। अभिलेखिकरण २६ सेप्टेम्बर २००९ वेब्याक मेसिन
- ↑ ग्वेन, जेसिका (२०१०-०७-०४), "DailyBooth.com builds communities", द लस एञ्जलस टाइम्स।
- ↑ 1,000,000th picture अभिलेखिकरण २६ नोभेम्बर २०१२ वेब्याक मेसिन
- ↑ DailyBooth Throwboy Competition अभिलेखिकरण २८ डिसेम्बर २००९ वेब्याक मेसिन
- ↑ ओ डेफ, जे (२०१२-०७-२४), "DailyBooth finally exits in talent acquisition by Airbnb", भेञ्चर बिट डटकम, भेञ्चर बिट, अन्तिम पहुँच २०१६-१२-१४। अभिलेखिकरण २०१८-०४-१३ वेब्याक मेसिन
- ↑ "DailyBooth Live Map", मूलबाट २७ सेप्टेम्बर २००९-मा सङ्ग्रहित। अभिलेखिकरण २७ सेप्टेम्बर २००९ वेब्याक मेसिन
- ↑ पिटे क्यासमोर (२००९-०२-१४), "DailyBooth: Microblogging Through Photos", म्यासएबल।
