डेलीमोसन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डेलीमोसन
Dailymotion logo (2017).svg
व्यवसायको प्रकारसहायक कम्पनी
साइटको प्रकार
भिडियो साझेदारी सेवा
उपलब्ध भाषा३९ देश र २४ भाषाहरू
स्थापित१५ मार्च २००५; १४ वर्ष अघि (२००५-०३-15)
मुख्य कार्यलयपेरिस, Flag of France.svg फ्रान्स
मालिकभिभेण्डी
प्रमुख व्यक्तिम्याक्सिमे सादा (अध्यक्ष र कार्यकारी)
गुइलाउमे क्लिमेण्ट, प्रमुख उत्पादन र प्रविधि अधिकारी
बिचोई बष्ठ, प्रमुख विज्ञापन अधिकारी
स्टेफिनी फ्रेइस, प्रमुख मानव अधिकृत
एण्टोनी बनेट-रिभेट, सञ्चार प्रमुख
वेबसाइटdailymotion.com
अलेक्सा क्रमIncrease १११ (अगष्ट २०१८)[१]
विज्ञापनप्रासङ्गिकभिडियो विज्ञापन
दर्ताएच्छिक
(उर्ध्वभरण/टिप्पणी गर्न आवश्यक)
आरम्भ१५ मार्च २००५
वर्तमान अवस्थाचालू

डेलीमोसन एक भिडियो साझेदारी प्रविधि मञ्च हो जुन मुख्य रूपमा भिभेण्डीको स्वामित्व रहेको छ।[२] डेलीमोसनले बिबिसी सममचार, भाइस, ब्लूमबर्ग, हर्ष्ट डिजिटल मिडिया र बढीसँग साझेदारी थालनी गरेको थियो।[३] डेलीमोसन हाल विश्वव्यापी रूपमा उपलब्ध छ र २४ वटा भाषाहरूमा पनि उपलब्ध छ। ३९ वटा अनुवादित संस्करणहरूको आफ्नै छुट्टाछुट्टै गृह पृष्ठ र स्थानीय सामग्रीहरू रहेका छन्। यसमा हाल ३०० मिलियन भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।[४]

इतिहास[सम्पादन गर्ने]

स्थापना र कोश[सम्पादन गर्ने]

डेलीमोसनको पुरानो लोगो (सन् २००९ देखि २०१५)

मार्च २००५ मा, बेञ्जामीन बेजबाउम र अोलिभर पोएट्रिले, पेरिसमा रहेको पोएट्रिकै बस्ने कोठाबाट डेलीमोसनको स्थापना गरेका थिए। सबै गरि सुरुमा ६ जनाले व्यवसाय सुरु गर्ने भन्दै ६,००० युरो जम्मा गरेका थिए।[५] सेप्टेम्बर २००६ मा, डेलीमोसनले एटलस भेञ्चर्स र परटेक इण्टरनेसनलको सहकार्यमा कोशको वृद्धि गरेको थियो। कम्पनीले ७ मिलियन युरो कोशको रूपमा उठाएको थियो जुन सन् २००६ मा फ्रान्सेली वेब २.० बाट उठाइएको सबैभन्दा धेरै रकमको रूपमा मानिएको थियो। अक्टोबर २००९ मा, फ्रान्सेली सरकारले डेलोमेसनमा सामरिक लगानी कोष मार्फत लगानी गरेको थियो। २५ जनवरी २०११ मा, अोरेञ्जले डेलीमोसनमा ६२ मिलियनको युरो लागि ४९% भाग हासिल गरेको थियो, कम्पनीले १२० मिलियनमा मूल्य निर्धारण गरेको थियो।[६]

१० जनवरी २०१३ मा, अोरेञ्जले बाँकी ५१% भाग ६१ मिलियन युरोमा खरिद गरेको थियो। २ मे २०१३ मा, फ्रान्सेली सरकारले, डेलीमोसन माथि याहुको अधिग्रहण प्रतिबन्ध गरेको थियो।

२५ फेब्रुअरी २०१५ मा, अोरेञ्जले डेलीमोसनको सेवा अमेरिकाको बजार भरि फैलाउने उदेश्यका साथ माइक्रोसफ्टसँग छलफल गरेको कुरा खुलाएको थियो। बार्सिलोना स्थित एक स्थानीय दूर्दशनसँगको अन्तवार्तामा अोरेञ्जकी कार्यकारी स्टेफिनी रिचर्डले सम्झौता सम्म पुग्न सके ठूलो आश रहने कुरा बताएकी थिइन्। कुनै पनि सम्झौता भएमा अोरेञ्जको गुमेको स्वामित्व प्राप्त गर्ने कुरा पनि बताएकी थिइन्। रिचर्डले उनको कम्पनीले अन्य सम्भावित साझेदारहरूको साथसाथै डेलीमोसनको अन्तर्राष्ट्रिय अपिल विस्तारको दृश्यको साथ वार्तामा रहेको, तर अन्यसँग छलफलहरू सामग्रीको सन्दर्भमा अधिक रहेको पनि खुलाएकी थिइन। [७]

डेलीमोसनको कालो लोगो (सन् २०१५ देखि २०१७ सम्म)

सन् २०१५ मा, भिभेण्डीले अोरेञ्ज मार्फत डेलीमोसनको ८०% भाग खरिद गरेको थियो।[२] सेप्टेम्बर २०१५ मा, भिभेण्डीले आफ्नो स्वामित्व ९०% मा बढाएको थियो।[८]

विशेषता विकास[सम्पादन गर्ने]

डेलीमोसनले प्रयोगकर्ताहरूलाई खोजी, च्यानल, वा प्रयोगकर्ताहरूले सृजना गरेका समूहहरू मार्फत भिडियोहरू बजाउन र उर्ध्वभरण गर्न अनुमति दिन्छ। खोजी प्रणालीले अन्य प्रयोगकर्ताहरूले गरेका खोजीहरूमा आधारित परिणामहरू पनि प्रस्तुत गर्दछ। भिडियो फाइलको अधिकतम आकार २ गिगाबाइट हो भने भिडियो फाईलहरूको लम्बाईमा गतिशील र आधिकारिक प्रयोगकर्ताहरू बाहेक, ६० मिनेट सम्ममा मात्र सीमित छ।[९]


मञ्चहरू[सम्पादन गर्ने]

डेलीमोसन, भिडियो साझेदारी वेबसाइटको अनुप्रयोग विण्डोज १०, विण्डोज फोन, आइओएसएण्ड्रोइड लगायतका सञ्चालन प्रणालीमा उपलब्ध रहेको छ र हालै प्लेष्टेसन ४ र एक्सबकस वान लगायतका भिडियो खेल मञ्चहरूमा पनि यो उपलब्ध रहेको छ। पिएस४ र एक्सबक्स वान प्रयोगकर्ताहरूलाई पनि थप आकर्षिक बनाउन, प्रत्यक्ष प्रसारणहरूमा सबैभन्दा लोकप्रिय खेल प्रसारणको तुरुन्त पहुँच पाउनका लागि डेलीमोसनले प्रस्तावित भिडियो सामग्रीहरूमा केन्द्रीत छ।

डेलीमोसनमा प्रतिबन्ध[सम्पादन गर्ने]

मे २०१२ मा, डेलीमोसन माथि भारतले प्रतिबन्ध लगाएको थियो[१०] तर जून २०१२ मा, भारतले प्रतिबन्ध फुकुवा गरेको थियो। मद्रासको उच्च न्यायलयले पहिलेको आदेशलाई परिवर्तन गर्दै, अवैध रूपमा प्रतिलिपि अधिकार सामग्री लिने मात्र विशिष्ट युआरएल प्रतिबन्ध गरिएको र सम्पूर्ण वेबसाइट भने प्रतिबन्धमा नपरेको कुरा बताएको थियो।[११] भारतमा डेलीमोसन पुनः डिसेम्बर २०१४ मा प्रतिबन्धित भएको थियो, सरकारको चासोको कारणले गर्दा साइट आइएसआइएस प्रचार सम्बन्धी भिडियोहरू साझेदारी हुन सक्ने भन्दै यसलाई पुन प्रतिबन्ध गरिएको थियो। तथापि, ३१ डिसेम्बरमा भारतले डेलीमोसनमा लागेको प्रतिबन्ध फुकुवा गरेको थियो।[१२]

अगष्ट २०११ देखि डेलीमोसन कजाखस्तानमा पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।[१३]

प्रतिलिपी अधिकार प्रकरण[सम्पादन गर्ने]

जुन २००७ मा, डेलीमोसननले पेरिस उच्च अदालतद्वारा प्रतिलिपि अधिकार अतिक्रमण विषयको लागि जवाफदेही नरहेको पाएको थियो। न्यायाधीशहरूले डेभेलिमोसनलाई एक साझेदारी प्रदायक रहेको र प्रकाशक नरहेको कुरा बताएका थिए। यस साइटमा अवैध सामग्रीहरूको उपस्थित रहेका कारण यसले प्रतिलिपि अधिकार उल्लङ्घनका लागि उत्तरदायी हुनुपर्ने कुरा पनि न्यायाधीशहरूले बताएका थिए। यस्ता अवैध प्रतिलिपि अधिकार युक्त सामग्रीहरू डेलीमोसनकै प्रयोगकर्ताहरूद्वारा डेलीमोसनमै उर्ध्वभरण कुराको पनि जानकारी दिएका थिए। पेरिसीयाली न्यायाधीशहरूले डेलीमोसनलाई थाहा हुँदाहुदै पनि अवैध भिडियोहरू यसको साइटमा अनलाइन राखेका कारण, यो प्रतिलिपि अधिकार उल्लङ्घनका कार्यहरूको लागि उत्तरदायी हुनुपर्छ कुरा जानकारी दिएका थिए। [१४]

डिसेम्बर २०१४ मा, पेरिस न्यायलयले डेलीमोसनलाई प्रतिलिपी अधिकार अतिक्रमण गरेकोमा १.३ मिलियन युरो जरिवाना लगाएको थियो। पेरिसको उजुर न्यायलयले फ्रान्सेली दूर्दशन टिएफ१ र समाचार च्यानल एलसीआईको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको भेट्टाएको थियो। डेलीमोसनले टिएफ१ को सामग्री अवैध रूपमा अनलाइनमा हालेकोको विषयमा प्रतिलिपी अधिकार उल्लङ्घन गर्न प्रयोगकर्तालाई कार्वाही नगरेको कुरा बताएका थियो।[१५]

सन् २०१७ मा, मुख्य उत्पादन र प्रविधि अधिकारी गुइलाउ क्लिमेण्टको अनुसार कम्पनीले मानव व्यवस्थापक र स्वचालित उपकरणहरूको संयोजनमा कार्य गर्दछ जुन प्रतिलिपि अधिकार धारक अधिकारहरू गन्तव्य भित्र सुरक्षित रहेका छन् र डेलीमोसनले दुई घण्टा भित्र संदिग्ध वा अवैध सामग्री हटाउन सक्षम हुने कुरा जानकारी दिएका थिए।[१६]

रुसको मस्कोमा रहेको मस्को सहरी अदालतले डेलीमोसनलाई स्थाई रूपमा प्रतिबन्ध गरेको छ। साइटले अवैध रूपमा दूर्दशन सामग्रीको पहुँच प्रदान गरेर रूसको प्रतिलिपि अधिकार कानून उल्लङ्घन गरेका कारण सन् २०१७ यता रुसमा डेलीमोसन पूर्ण रूपमा प्रतिबन्ध गरिएको हो।[१७]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "डेलीमोसन डटकम साइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच ३० मे २०१८ 
  2. २.० २.१ टुनडेन, इनग्रिड (सन् २०१५), "Vivendi Buys 80% Of France's Dailymotion, Valuing The YouTube Rival At $295M", टेक क्रञ्च, अन्तिम पहुँच २७ नोभेम्बर २०१७ 
  3. "डेलीमोसनले बिबिसी ध नयाँ launches new platform with BBC News, Vice, Cheddar as partners – फाउण्ड रिमोट", फाउण्डरिमोट डटकम, अन्तिम पहुँच २७ नोभेम्बर २०१७ 
  4. स्पाङ्गलर, टोड (१० अप्रिल २०१७), "Dailymotion Plans Major Relaunch, Focused on Premium Content and Sidelining User Videos", भेराइटी, अन्तिम पहुँच २७ नोभेम्बर २०१७ 
  5. कर्भाजल, डोरिन "भिडियो-साझेदारी साइट " द न्यू योर्क टाइम्स शुक्रबार २१ मार्च २००८ अभिगमन मिति ४ मे २०११
  6. "डेलीमोसनको ४९% अधिग्रहण €५९ मिलियनको लागि" 
  7. "डेलीमोसनको बारेमा अोरेञ्ज र माइक्रोसफ्टको छलफल", अन्तर्राष्ट्रिय प्रविधि, अन्तिम पहुँच २६ फेब्रुअरी २०१४ 
  8. "डेलीमोसनमा भिभेण्डीको स्वामित्वमा बृद्धि", डेलीमोसन प्रेस, अन्तिम पहुँच १६ अप्रिल २०१६ 
  9. "उर्ध्वभरण र अन्य सुबिधाहरू", डेलीमोसन सहयोग केन्द्र, अन्तिम पहुँच ३० जून २०१६ 
  10. टिएनएन (१८ मे २०१२), "अदालतको अादेशमा भिडियो साझेदारी सेवा माथि प्रतिबन्ध", लेखहरू द टाइम्स अफ इण्डिया द टाइम्स अफ इण्डिया., अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  11. "भारतले भिडियो साझेदारी सेवा द प्राइभेट बे र अरूलाई पनि प्रतिबन्ध फुकुवा गरेको छ", बिबिसी, २२ जून २०१२, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  12. जोस स्टोन (३१ डिसेम्बर २०१४), "भिमियो, डेलीमोसन लगायतका वेबसाइटहरूबाट भारत-विरोधी सामग्रीहरू फेला", इण्टरनेसनल बिजनेस टाइम्स 
  13. "Сокращенное решение Сарыаркинского районного суда города Астаны от 8 августа 2011 года № 2-4780/2011", जाकोन डटकेजेट, ११ अगष्ट २०११, अन्तिम पहुँच २७ नोभेम्बर २०१२ 
  14. "पेरिस न्यायलयले डेलीमोसनलाई प्रतिलिपी अधिकार अतिक्रमण गरेकोमा १.३ मिलियन युरो जरिवाना लगाएको छ", डिजिटल टिभी युरोप डटनेट, ४ डिसेम्बर २०१४, अन्तिम पहुँच १० सेप्टेम्बर २०१५ 
  15. "डेलीमोसन: प्रतिलिपी अधिकार उल्लङ्घन", जुरिसकम डटनेट, १८ जुलाई २००७, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
  16. ड्रेइयर, ट्रोए (३१ अक्टोबर २०१७), "डेलीमोसनको अमेरिकामा पुन सुरुवात", स्ट्रिमिङ सञ्चार माध्यम पत्रिका, अन्तिम पहुँच २७ नोभेम्बर २०१७ 
  17. "रुसले डेलीमोसनलाई प्रतिबन्ध गरेको छ", ब्रोडब्याण्ड दूर्दशन समाचार, २७ जनवरी २०१७, अन्तिम पहुँच १४ फेब्रुअरी २०१८ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]