डोयचे भेले
बोन सहरमा रहेको डोयचे भेलोको प्रधान कार्यालय | |
| प्रकार | समाचार प्रसारक र छलफल |
|---|---|
| देश | |
| प्रसारण क्षेत्र | विश्वव्यापी |
| आवद्धता | विश्व रेडियो सञ्जाल |
| प्रधान कार्यालय | बोन, जर्मनी |
| कार्यक्रम | |
| भाषा(हरू) | जर्मनेली, अङ्ग्रेजी, बङ्गाली, स्पेनी, हिन्दी, तमिल, रूसी, अरबी, फारसी, दरी, पस्तो, उर्दु, अल्बानिया, अम्हारिक, बोस्नियाली, बुल्गेरियाली, चिनियाँ, फ्रान्सेली, युनानी, हाउसा, इन्डोनेसियाली, स्वाहिली, तुर्केली, म्यासेडोनिया, पोर्तगाली, रोमानियाली, सर्बियाली, युक्रेनी |
| दृश्य ढाँचा | १०८०आई (एचडी टिभी) |
| स्वामित्व | |
| मालिक | जर्मनेली सङ्घीय सरकार[१] |
| प्रमुख व्यक्ति |
|
| इतिहास | |
| सुरुवात | ३ मे १९५३ |
| कडीहरू | |
| वेबसाइट | www |
| उपलब्धता | |
| स्ट्रिमिङ मिडिया | |
| युट्युब | DW News |
| लाइभ स्ट्रिम | डेभे अङ्ग्रेजी |
डोयचे भेलो (जर्मनेली: Deutsche Welle, जर्मनेली: [ˈdɔʏtʃə ˈvɛlə] ⓘ; 'जर्मनेली तरङ्ग'[३][४], सामान्यतया छोटकरीमा डेभे रूपमा परिचित) ३२ भाषाहरूमा आफ्नो सेवा उपलब्ध गराएको एक जर्मनेली टेलिभिजन सञ्जाल हो जसलाई सङ्घीय र राज्य सरकारद्वारा वित्त पोषण गरिएको छ भने यो सार्वजनिक सेवाका लागि अन्तर्राष्ट्रिय प्रसारक पनि हो।[५] डेभेको स्याटेलाइट टेलिभिजन सेवामा अङ्ग्रेजी, स्पेनी र अरबी भाषाका च्यानलहरू छन्।[६][७] डेभे, डोयचे भेले ऐनद्वारा नियन्त्रित छ जसले सामग्री जर्मनी सरकारको प्रभावबाट स्वतन्त्र रहनुपर्ने बताउँछ। डिभे युरोपेली प्रसारण सङ्घको सदस्य पनि हो।[८]
समाचार लेखी सार्वजनिक गरिने एक वेबसाइटमा यसले नियमित रूपमा अद्यावधिक गरिने लेखहरू प्रदान गर्दछ र यसले आफ्नै अन्तर्राष्ट्रिय मिडिया विकास केन्द्र, डेभे एकेडेमी सञ्चालन गर्दछ। विश्वसनीय समाचार प्रदान गर्नु, जर्मनेली भाषामा पहुँच सुनिश्चित गर्नु र जनताबीचको समझदारीलाई प्रवर्द्धन गर्नु जस्ता लक्ष्यहरू बोकेको यस संस्था विश्व समाचारको प्रत्यक्ष प्रसारक पनि हो।[९] यस संस्थाद्वारा उत्पादित सामग्री तथा समाचारहरूलाई युट्युब जस्ता समाजिक सञ्जाल, पुन: प्रसारण, विभिन्न अनुप्रयोग, डिजिटल मिडियाहरूको प्रयोग गरि हेर्न र सुन्न सकिने व्यवस्था गरेको छ। डेभेले सन् १९५३ देखि प्रसारण गर्दै आएको छ। टेलिभिजन प्रसारण प्रायः पूर्ण रूपमा बर्लिनमा उत्पादित हुने गरेको भएतापनि बोन सहरमा रहेको यसको प्रमुख कार्यालयबाट रेडियो कार्यक्रमहरू उत्पादित हुन्छन् भने दुवै स्थानहरूबाट समाचार लेखन कार्य गरी वेबसाइटमा राखिन्छन्। सन् २०२० सम्म डोयचे भेलेमा १,६६८ कर्मचारीहरू (वार्षिक औसत) थिए।[१०] समग्रमा १४० भन्दा बढी राष्ट्रियताका ४ हजार भन्दा बढी कर्मचारीहरूले डेभेको बोन र बर्लिन कार्यालयहरू सहित विश्वका अन्य स्थानहरूबाट काम गरिरहेका छन्।[११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Johnson, Ian (२१ अगस्ट २०१४), "German Broadcaster Fires Chinese Blogger", The New York Times, मूलबाट १२ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ नोभेम्बर २०२०, "Deutsche Welle is owned by the government, much like the British Broadcasting Corporation or the Voice of America."
- ↑ "Who finances Deutsche Welle?", Deutsche Welle, १८ नोभेम्बर २०२१, मूलबाट ५ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०२२। वेब्याक मेसिन अभिलेखिकरण ५ फेब्रुअरी २०२२ मिति
- ↑ Rinke, Eike Marke (२०२२-०३-३१), Deutsche Welle, in Borchard, Gregory A., "Deutsche Welle", The SAGE Encyclopedia of Journalism (2nd संस्करण), पृ: 459–462, आइएसबिएन 9781544391199, डिओआई:10.4135/9781544391199.n115, अन्तिम पहुँच २०२५-०७-२७।
- ↑ Vaughan, Don; Schepp, David (२०२५-०३-२०), "Deutsche Welle", Britannica Money, इन्साइक्लोपिडिया ब्रिटानिका (अङ्ग्रेजीमा) (अनलाइन संस्करण), सिकागो: इन्साइक्लोपिडिया ब्रिटानिका, निगम, आइएसएसएन 1085-9721।
- ↑ "What kind of company is Deutsche Welle?", Deutsche Welle, २५ जुन २०१५, मूलबाट ४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०२२। वेब्याक मेसिन अभिलेखिकरण ४ फेब्रुअरी २०२२ मिति
- ↑ Gesetz über die Rundfunkanstalt des Bundesrechts "Deutsche Welle" (Deutsche-Welle-Gesetz – dwg) [Deutsche Welle Act (DW Act)] (in German)
- ↑ "DW Act: Foundations for independent journalism", Deutsche Welle, १८ जनवरी २०१३, अन्तिम पहुँच २७ जुलाई २०२५।
- ↑ "Members", EBU.ch (अङ्ग्रेजीमा), European Broadcasting Union, २८ फेब्रुअरी २०१९, मूलबाट १९ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०२०।
- ↑ "Profile", DW.com, मूलबाट ५ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुलाई २०१५।
- ↑ Notes to the annual financial statements for the financial year from 01 January 2020 to 31 December 2020, Bonn: Deutsche Welle, ७ मे २०२१।
- ↑ "About DW" (अङ्ग्रेजीमा), Deutsche Welle, मूलबाट १५ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-११-०८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
डोयचे भेलेसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।- आधिकारिक वेबसाइट
