डोरमणी पौडेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डोरमणि पौडेल
पूर्ववर्ती Himself
कार्यकाल
1992 – 2005
उत्तराधिकारी हरिबहादुर महत
Incumbent
Assumed office
2003

जन्म (१९४६-०३-२८) मार्च २८, १९४६ (उमेर ७३)[१]
फर्पिङ, काठमाडौं
राजनीतिक पार्टी नेकपा (एमाले)
जीवनसंगी बिजय लक्ष्मी पौडेल
व्यवसाय राजनिती

डोरमणी पौडेल नेपालको प्रदेश नं. ३का प्रथम मुख्यमन्त्री हुन् । उनी नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विजय भएका थिए । मायानाथ र कुलकुमारी दम्पत्तिका सुपत्र पौडेलले मानविकी संकायमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन् । २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय रहेका उनले २०३२ सालदेखि १० बर्ष शिक्षण गरेका थिए ।

पञ्चायती कालमा लामो समय अर्धभूमिगत जीवन बिताएका पौडेलले २०४६ सालको जनआन्दोलन ताका तत्कालिन सरकारले टाउकोको मूल्य तोकेपछि ५६ दिन भारतमा बिताएका थिए ।

२०३० देखि विद्यार्थी राजनीतिमा सक्रिय पौडेल चार पटक जेल र १८ पटक हिरासतमा बसेका थिए । उनी मानविकी संकायमा स्नातक हुन् । मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष रहेका उनी मुलुककै पर्यटकीयस्थल बनेको हेटौंडास्थित सहिद स्मारकका अध्यक्ष पनि थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि प्रतिक्रिया दिँदै पौडेलले प्रदेशलाई मुलुककै समृद्ध र नमुना प्रदेश बनाउने घोषणा गरे ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "को हुन् डोरमणि र शेरधन ?", News24 Nepal (नेपालीमा), अन्तिम पहुँच २०१८-०३-२०