सामग्रीमा जानुहोस्

डोलप्रसाद अर्याल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोलप्रसाद अर्याल
प्रतिनिधि सभाको सभामुख
पद बहाली
२०८२ चैत २२
राष्ट्रपतिरामचन्द्र पौडेल
पूर्वाधिकारीदेवराज घिमिरे
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
कार्यकाल
२०७९ माघ ३  २०७९ माघ २२
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीपुष्पकमल दाहाल
पूर्वाधिकारीशेरबहादुर कुँवर
उतराधिकारीशरतसिंह भण्डारी
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०८२ चैत १२
पूर्वाधिकारीकृष्णगोपाल श्रेष्ठ
निर्वाचन क्षेत्रकाठमाडौँ ९
कार्यकाल
२०७९ पौष ७  २०८२ भदौ २७
निर्वाचन क्षेत्रसमानुपातिक सूची
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व उपसभापति
पद बहाली
२०७९ माघ १३
पूर्वाधिकारीरवि लामिछाने
व्यक्तिगत विवरण
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
जीवनसाथीअम्बिका केसी
सन्तानसौगात अर्याल (जेठो) युकेश अर्याल (कान्छो)
अभिभावकs
  • बोजराज (बुबा)
  • गुणमाया (आमा)

डोलप्रसाद अर्याल एक नेपाली राजनीतिज्ञ हुन् । अर्याल अहिले व्यवस्थापिका संसदको जननिर्वाचित संस्था प्रतिनिधि सभाको सर्वोच्च पद सभामुखको शीर्षासनमा छन् । अर्याल वि.सं. २०७९ माघमा २० दिनका लागि प्रचण्ड नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने । पछि फेरि वि.सं. २०८० फागुन २३ देखि २०८१ असार ३१ सम्म पनि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रूपमा कार्यभार सम्हालेका थिए।

[] वि.सं. २०७९ को निर्वाचनमा खस आर्य क्लस्टरबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएका उनी फेरि २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा काठमाडौ-९ बाट प्रतिनिधि सभाका रूपमा पुन: संसद प्रवेश गरे ।[][]

साथै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वउपसभापति पनि हुन्। []

वि.सं. २०७९ माघमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता अवैध घोषित गर्दै उनलाई सबै सार्वजनिक पद र अनागरिक बनाइए पश्चात् छोटो समयका लागि अर्यालले रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए।[][] नेपाली नागरिकता पुन: प्राप्त गरेपछि दुई दिनपछि लामिछाने पुनः सभापति कै रूपमा जिम्मेवारीमा फर्किएका थिए।[]

त्यसपछि पुनः लामिछाने सहकारी मुद्दामा कारागारमा रहँदा पनि कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका थिए। []

उनी दुई पटक श्रममन्त्री बनेका थिए। जेनजी आन्दोलनपछि भएको संसद् विघटनपछि घोषित फागुन २१ को निर्वाचनमा उनि काठमाडौ ९ मा भारी मत सहित निर्वाचित भए । []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "https://dparyal.com.np/" (en-USमा), अन्तिम पहुँच २०२६-०२-०५
  2. 1 2 "डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२६-०२-०५
  3. 1 2 "काठमाडौँ ९ मा डीपी अर्यालले दर्ता गरे उम्मेदवारी", Himal Press (en-USमा), अन्तिम पहुँच २०२६-०२-०५
  4. "Court strips Lamichhane of all posts over citizenship", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-३०
  5. "Aryal named acting chief of Rastriya Swatantra Party", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-३०
  6. "RSP reinstates Rabi Lamichhane as party president", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-३०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]