ढाँचा:इतिहासमा आज/फेब्रुअरी
स्वरूप
फेब्रुअरी, {{{1}}}
[सम्पादन गर्नुहोस्]१, फेब्रुअरी (जन्म): 
ज्याकी श्रोफ (सन् १९६०)

- वि.सं. १९७५ (सन् १९१८) - रसियाले ग्रेगोरियन क्यालेण्डरलाई अपनाएको थियो ।
- वि.सं. २०७० (सन् २०१३) - युरोपेली सङ्घको सबैभन्दा ठुलो भवन द शार्द सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।
२, फेब्रुअरी (जन्म): 
शकिरा (सन् १९७७) ~ सोमपाल कामी (सन् १९९६)

- वि.सं. १९७० (सन् १९१३) - ग्राण्ड सेन्ट्रल टर्मिनल न्यू योर्क शहरमा प्रारम्भ गरिएको थियो ।
- वि.सं. २०६५ (सन् २००९) - इरानले स्वदेशमै निर्माण गरेको पहिलो उपग्रह "ओमिद" सेमनान अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो।
३, फेब्रुअरी (जन्म): 
रघुराम राजन (सन् १९६३)

- वि.सं. २०४२ (सन् १९८६) - स्टिभ जब्सले लुकासफिल्मबाट पिक्सारलाई खरिद गरि स्वतन्त्र कम्प्युटर एनिमेसन स्टुडियोका रूपमा सञ्चालनमा ल्याएका थिए।
- वि.सं. २०६३ (सन् २००७) - इराकको बगदाद सहरको व्यस्त बजारमा भएको बम बिस्फोटमा परी १९५ जनाको मृत्यु भएको थियो ।
४, फेब्रुअरी (जन्म): 
ज्याक किंग (सन् १९९०) ~ अविनाश कर्ण (सन् १९९५)

- वि.सं. २०५४ (सन् १९९८) - उत्तरी अफगानिस्तानमा ५.९ म्याग्निच्युटको भूकम्पका कारण गएको पहिरोमा परी २,३०० भन्दा बढी मानिसको ज्यान गएको र करिब १५,००० घरहरू ध्वस्त भएका थिए।
- वि.सं. २०६० (सन् २००४) - प्रसिद्ध वेबसाइट फेसबुकको सुरुवात भएको थियो ।
५, फेब्रुअरी (जन्म): 
क्रिस्टियानो रोनाल्डो (सन् १९८५)

- वि.सं. २०२८ (सन् १९७१) - अपोलो १४ मिसन अन्तर्गत अन्तरिक्ष यात्रीहरू चन्द्रमामा अवतरण गरेका थिए।
६, फेब्रुअरी (जन्म): 
बब मार्ली (सन् १९४५)

- वि.सं. १८७६ (सन् १८१९) - सर थोमस स्ट्यामफोर्ड रयाफ्लेसले सिङ्गापुर पत्ता लगाएका थिए ।
- वि.सं. २०५५ (सन् १९९८) - वासिङ्टन राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी रोनाल्ड रेगन राष्ट्रिय विमानस्थल नामकरण गरिएको थियो ।
७, फेब्रुअरी (जन्म): 
मइमी यजिमा (सन् १९९२)

- वि.सं. २०५६ (सन् १९९२) - युरोपेली संघको स्थापनाको लागी म्यास्ट्रिच सन्धीमा हस्ताक्षर गरिएको थियो ।
- वि.सं. २०७० (सन् २०१३) - जाम्बियामा बस र ट्रक जुद्धदा ५१ जनाको मृत्यु भएको थियो ।
८, फेब्रुअरी (जन्म): 
सोफी चौधरी (सन् १९८२) ~ बालकृष्ण सम (सन् १९०३)

- वि.सं. २०२२ (सन् १९६५) - इस्टर्न एयरलाइन्सको विमान आन्ध्र महासागरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो ।
- वि.सं. २०२८ (सन् १९७१) - न्यासड्याक सेयर बजार सूचकाङ्क खुलेको थियो ।
९, फेब्रुअरी (जन्म): 
टम हिडल्स्टन (सन् १९८१)

- वि.सं. २०२६ (सन् १९६९) - बोइङ ७४७ को पहिलो परिक्षण उडान गरिएको थियो ।
- वि.सं. २०४८ (सन् १९९१) - लिथुआनियामा स्वतन्त्रताको लागि मतदान गरिएको थियो ।
१०, फेब्रुअरी (जन्म): 
राडामेल फाल्काओ (सन् १९८६)

- वि.सं. २०३८ (सन् १९८१) - अमेरिकाको लस भेगासको हिल्टन होटेलको क्यासिनोमा आगलागी हुँदा ८ जनाको मृत्यु हुनुका साथै १८१ जना घाइते भएका थिए ।
- वि.सं. २०७० (सन् २०१३) - भारतको इलाहाबाद सहरमा भइरहेको कुम्भ मेलामा भगदड हुँदा ३६ जनाको मृत्यु भएको थियो ।
११, फेब्रुअरी (जन्म): 
थोमस एल्वा एडिसन (सन् १८७४)

- १९९०- २७ वर्षको लामो जेल जीवनबाट दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला मुक्त भएका थिए ।
- २०१८ - रुसको साराटोभ एयरलाइन्सले उडान भरेको केही समयमै बरफ जम्ने अवस्थाका कारण विमान दुर्घटनाग्रस्त भई विमानमा सवार सबै ७१ जनाको मृत्यु भएको थियो।
१२, फेब्रुअरी (जन्म): 
अब्राहम लिङ्कन (सन् १८०९)

- वि.सं. २०४९ (सन् १९९२) - मंगोलियाको वर्तमान संविधान लागू भएको थियो ।
१३, फेब्रुअरी (जन्म): 
मेना सुभारी (सन् १९७९)

- वि.सं. १९८८ (सन् १९३१) - नयाँ दिल्लीलाई भारतको राजधानी बनाइएको थियो ।
- वि.सं. २०३८ (सन् १९८१) - इटालीको एउटा चलचित्रघरमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको थियो ।
१४, फेब्रुअरी (जन्म): 
सुषमा स्वराज (सन् १९५२)

- वि.सं. १९८१ (सन् १९२४) - थोमस वाटसनले आइबिएम कम्पनीको स्थापना गरेका थिए ।
- वि.सं. २०४६ (सन् १९८९) - विश्वमा पहिलो सेटलाइट फोनको सुरुवात भयो ।
- वि.सं. २०७५ (सन् २०१९) - नेपाल पानीजहाज कार्यालयको स्थापना भएको थियो ।
- वि.सं. २०७५ (सन् २०१९) - जम्मू कश्मीर को पुलवामा जिल्ला मा जम्मू श्रीनगर राजमार्गमा भारतीय सुरक्षाकर्मीको सवारी वाहनमाथि भएको एकठूलो आत्मघाती हमलामा ४४ सुरक्षाकर्मीको ज्यान गएको थियो ।
१५, फेब्रुअरी (जन्म): 
ग्यालिलियो ग्यालिली (सन् १५६४)

- वि.सं. २०३३ (सन् १९७६) - सन् १९७६ को क्युबाको संविधान राष्ट्रिय जनमत सङ्ग्रह गरी लागू गरिएको थियो ।
१६, फेब्रुअरी (जन्म): 
बेबेटो (सन् १९६४)

- वि.सं. २०३८ (सन् १९६१) - अन्तरिक्ष अन्वेषण कार्यक्रम अन्तर्गत एक्सप्लोरर ९ लाई प्रक्षेपण गरिएको थियो ।
- वि.सं. २०७० (सन् २०१३) - पाकिस्तानको हजरा सहरको एउटा व्यस्त बजारमा बम बिष्फोट हुँदा ८० जना मारिनुका साथै १८० जना घाइते भएका थिए ।
१७, फेब्रुअरी (जन्म): 
एबी डि भिलियर्स (सन् १९८४)

- वि.सं. २००६ (सन् १९४९) - चेम विज्म्यान इजरायलका प्रथम राष्ट्रपति भएका थिए ।
- वि.सं. २०२६ (सन् १९७९) - चीन भियतनाम युद्ध प्रारम्भ भएको थियो ।
१८, फेब्रुअरी (जन्म): 
मायरा वाल्स (सन् १९८८)

- वि.सं. २०२२ (सन् १९६५) - जाम्बिया संयुक्त अधिराज्यबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
- वि.सं. २०६४ (सन् २००७) - भारतको पानीपत, हरियाणा नजिक सम्झौता एक्सप्रेस नामक ट्रेनमा आतङ्कवादी बम बिष्फोट हुँदा ६८ जनाको ज्यान गएको थियो।
१९, फेब्रुअरी (जन्म): 
शिवाजी (सन् १६३०)

- वि.सं. २०१७ (सन् १९६०) - चीनले पहिलो ध्वनि सहितको टि-७ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।
२०, फेब्रुअरी (जन्म): 
जिया खान (सन् १९८८ - २०१३)

- वि.सं. १८९१ (सन् १८३५) - चिलीको क्नसेपसियनमा अनुमानित ८.२ रेक्टर स्केलको भुकम्प आएको थियो र साथै यसकै कारण आएको सुनामीले छिमेकको शहर ताल्चहुआनो विनास गरेको थियो ।
- वि.सं. १९२९ (सन् १८७२) - न्यूयोर्क शहरमा महानगरीय सङ्ग्रहालय तथा कला खुलेको थियो ।
२१, फेब्रुअरी (जन्म): 
जिग्मे खेसर नामग्याल वाङचुक (सन् १९८०)

- वि.सं. १९८२ (सन् १९२५) - अमेरिकी पत्रिका द न्यूयोर्करको पहिलो संस्करण छापिएको थियो ।
२२, फेब्रुअरी (जन्म): 
ड्रयु ब्यारिमोर (सन् १९७५) ~ खड्गप्रसाद ओली (सन् १९५२)

- वि.सं. २०६९ (सन् २०१२) - अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भएको ट्रेन दुर्घटनामा परि ५१ जनाको मृत्यु भएको थियो भने ७०० घाइते भएका थिए ।
२३, फेब्रुअरी (जन्म): 
मेलिन्डा म्यासेन्जर (सन् १९७१)

- वि.सं. २०५६ (सन् १९९९) - अस्ट्रियाको एक गाउँमा गएको हिमपहिरोको कारणले ३१ जनाको ज्यान गएको थियो ।
२४, फेब्रुअरी (जन्म): 
स्टिभ जब्स (सन् १९५५)

- वि.सं. १९७७ (सन् १९२०) - नाजी पार्टीको स्थापना भएको थियो ।
- वि.सं. २०६५ (सन् २००८) - क्युबाको राष्ट्रपति फिडेल कास्ट्रोले ५० वर्षको आफ्नो कार्यकाल पछी पद त्याग गरेका थिए ।
२५, फेब्रुअरी (जन्म): 
डेनी डेन्जोङ्पा (सन् १९४८)

- वि.सं. २००२ (सन् १९४५) - द्वितीय विश्वयुद्ध: टर्कीले जर्मनी माथि युद्धको घोषणा गरेको थियो ।
२६, फेब्रुअरी (जन्म): 
ली ना (सन् १९८२)

- वि.सं. २०३७ (सन् १९८०) - इजिप्ट र इजरायल बीच कुटनैतिक सम्बन्ध स्थापित भएको थियो ।
- वि.सं. २०६९ (सन् २०१२) - क्यानाडामा ट्रेन दुर्घटना हुँदा ३ जनाको मृत्य हुनुको साथै ४५ जना घाइते भएका थिए ।
२७, फेब्रुअरी (जन्म): 
केट मरा (सन् १९८३)

- वि.सं. १९५७ (सन् १९००) - ब्रिटिस लेबर पार्टीको स्थापना भएको थियो ।
- वि.सं. १९५७ (सन् १९००) - एफसी बेयर्न म्युनिखको स्थापना भएको थियो ।
२८, फेब्रुअरी (जन्म): 
एली लार्टर (सन् १९७६)

- वि.सं. २०६४ (सन् १९९७) - टर्कीमा सैन्य कु भएको थियो ।
- वि.सं. २०६२ (सन् २००५) - इराकको प्रहरी चौकी नजिक आत्मघाती आतंकवादी आक्रमण हुँदा १२७ जनाको ज्यान गएको थियो ।
- वि.सं. २०७५ (सन् २०१९) - ताप्लेजुङमा दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।
- वि.सं. २०८२ (सन् २०२६) - इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमा गरेको संयुक्त हमलामा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको थियो।