ढाँचा:प्रमुख लेख/कोशी टप्पु वन्यजन्तु आरक्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोशी टप्पु वन्यजन्तु आरक्षमा पाईने अर्ना।

कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो। यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष सुनसरी, सप्तरीउदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ। सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र १२/१२ वटा दुर्लभ डल्फीनसमेत पाईन्छ। नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१ मा गरिएको हो। मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग कि.मी रही ३ जिल्लाको (सुनसरी, सप्तरी, उदयपुर) १६ वटा गाउँ विकास समितिहरू समेटिएको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा ९ जना समिति सदस्य, १ जना समिति अध्यक्ष तथा १ सदस्य सचिव संरक्षण अधिकृत लगायत १३ सदस्यीय व्यवस्थापन समिति रहेको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरी रहेका प्राकृतिक श्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग र सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्छन्। (पूरा  पढ्नुहोस्...)