ढाँचा:प्रमुख लेख/गङ्गा नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गङ्गा वाराणसीमा

गङ्गा नदी (हिन्दुस्तानी: [ˈɡəŋɡaː]), वा गङ्गे (/ˈɡænz/ GAN-jeez) भारतको एउटा महत्वपूर्ण तथा विश्वका सम्पूर्ण हिन्दूहरूको आस्थाको एउटा केन्द्र हो। जसले भारतबङ्गलादेशमा कुल २,५१० किमीको दूरी तय गर्दै उत्तराखण्डमा हिमालयबाट लिएर बङ्गालको खाडीको सुन्दरवनसम्मको विशाल भू -भागलाई सिचाई गर्दछ । यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जन जनको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ किलोमिटरसम्म भारत तथा बंगलादेशमा आफ्नो लामो यात्रा गर्दै यो सहायक नदीहरूसँग मिसेर दश लाख वर्ग किलोमिटर क्षेत्रफलको अति विशाल उब्जाउ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गङ्गाको यो मैदान आफ्नो बाक्लो जनसङ्ख्याको कारण पनि चिनिने गरिन्छ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना आमा र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वर्णित गङ्गा नदी प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।

यस नदीमा माछा तथा सर्पका अनेक प्रजातिहरूका साथै गुलियो पानीको दुर्लभ डल्फिन पनि पाइन्छन्। (पूरा  पढ्नुहोस्...)