ढाँचा:प्रमुख लेख/टोक्यो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टोक्यो सहर

टोक्यो (जापानी: 東京, उच्चारणः तोउक्योउ) जापानको राजधानी तथा सबैभन्दा ठुलो शहर हो । यो जापानको होन्शू द्वीपमा रहेको छ र यसको जनसङ्ख्या लगभग ८६ लाख छ, जबकि टोक्यो क्षेत्रमा १.२८ करोड र उपनगरीय क्षेत्र मिलाएर यहाँ अनुमानित ३.७ करोड मान्छे रहन्छन् जुन यस देशको सबैभन्दा धेरै जनसंख्या भएको महानगरीय क्षेत्र हो । टोक्यो लगभग ८० कि.मी.को क्षेत्रमा फैलिएको छ र यो क्षेत्रफलको दृष्टिकोणबाट पनि विश्वको सबैभन्दा ठुलो नगरीय क्षेत्र हो ।

टोक्यो विश्वको सबैभन्दा विकसित शहरहरू मध्ये एक हो । यो जापानको राजनीतिक, आर्थिक तथा सांस्कृतिक गतिविधिको प्रमुख केन्द्र हुनको साथसाथै विश्वको एक प्रमुख आर्थिक केन्द्र पनि हो । यो विश्वको सबैभन्दा बढी महानगरिय अर्थव्यवस्था पनि हो जसको सकल घरेलू उत्पादन, क्रय शक्तिको आधारमा सन् २००५ मा १,१९१ अरब डलर थियो । न्यूयोर्क तथा लण्डनको साथ मिलेर यो विश्व अर्थव्यस्थाको सञ्चालन गर्ने इन्जिन हो र यसलाई अल्फा + नगरको दर्जा प्राप्त छ । विभिन्न संस्थाद्वारा गरिएको सर्वेक्षणमा टोक्योलाई विश्वको लगातार सबैभन्दा महँगो महाशहर भएको गौरव प्राप्त छ । (पूरा  पढ्नुहोस्...)