तनहुँ–१ उपनिर्वाचन, २०८०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वि. सं. २०८० तनहुँ–१ उपनिर्वाचन

← २०७९ २०८० वैशाख १०

प्रतिनिधि सभाको तनहुँ निर्वाचन क्षेत्र नं. १

गण्डकी प्रदेशमा तनहुँ १

पदग्राही प्रतिनिधि सभा सदस्य

रामचन्द्र पौडेल
नेपाली कांग्रेस



वि.सं. २०८० वैशाख १० (तदनुसार २३ अप्रिल २०२३) मा नेपालको तनहुँ निर्वाचन क्षेत्र नं. १ मा उपनिर्वाचन हुनेछ।[१][२] वि.सं. २०७९ फागुन २५ मा नेपालको राष्ट्रपति निर्वाचित भएका वर्तमान सदस्य रामचन्द्र पौडेलले उक्त सिट खाली गरेपछि उपनिर्वाचन हुन लागेको हो।[३]

सो उपनिर्वाचन चितवन २ र बारा २ मा हुने उपनिर्वाचनसँगै हुनेछ।[४]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

वि.सं. २०४८ मा तनहुँ १ बाट पहिलो पटक निर्वाचित भएका पौडेलले वि.सं. २०५१ मा सिट परिवर्तन गर्दै त्यसपछि तनहुँ २ बाट लगातार संसदमा निर्वाचित भएका थिए। उनी वि.सं. २०५१ देखि २०५६ सम्म प्रतिनिधि सभाको सभामुख थिए भने वि.सं २०५७ देखि २०५९ सम्म उपप्रधान तथा गृह मन्त्री भएका थिए।

वि.सं. २०७४ मा तनहुँ १ मा फर्कने निर्णय गरेका उनी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठसँग पराजित भएका थिए।[५] नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि सो पार्टी प्रवेश गरेका श्रेष्ठले वि.सं. २०७९ को निर्वाचनमा पौडेलका लागि यस सिट छोडेर आफु बारा ४ बाट चुनाव लडे।[६][७]

पौडेल वि.सं. २०७९ को राष्ट्रपतिय निर्वाचनमा नेपाली कांग्रेस आवद्ध रहेको १० दलीय गठबन्धनका उम्मेदवार थिए र नेकपा (एमाले) का पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै वि.सं. २०७९ फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए।[८][९] उनले वि.सं २०७९ फागुन २९ मा सांसद पदबाट राजीनामा दिंदै राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरे।[१०][११]

२०७९ चुनावी परिणाम[सम्पादन गर्नुहोस्]

उम्मेदवारदलमत%
रामचन्द्र पौडेलनेपाली कांग्रेस२५,३६१40.45
एकबहादुर रानामगरनेकपा (एमाले)१९,९८१31.87
गोविन्दराज जोशीस्वतन्त्र६,८८६10.98
विकास सिग्देलराष्ट्रिय स्वतन्त्र पार्टी६,०४४9.64
विनोदकुमार घर्तिराष्ट्रिय प्रजातन्त्र पार्टी२,४८४3.96
अन्य१,९३९3.09
जम्मा६२,६९५100.00
बहुमत५,३८०
नेपाली कांग्रेस जीत
स्रोत[१२]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुने सम्बन्धमा प्रेस विज्ञप्ति", Election Commission, Nepal (नेपालीमा), अन्तिम पहुँच २१ मार्च २०२३ 
  2. "Election Commission announces by-elections in Tanahun-1 and Bara-2 on April 23", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०३-२० 
  3. "Ram Chandra Paudel is new President", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  4. diwakar (२०२३-०३-२०), "By-elections in Tanahun 1 and Bara 2 on April 23, together with Chitwan 2 - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  5. Sen, Sandeep (२०१७-१२-१०), "NC senior leader Poudel defeated in Tanahun 1", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  6. Republica, "NC senior leader Poudel to contest parliamentary election from Tanahun-1", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  7. Republica, "Unified Socialist finalizes candidates for HoR election", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  8. "Eight political parties to support Congress candidate in presidential election", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  9. "Nepal elects new president amid political uncertainty", AP NEWS (अङ्ग्रेजीमा), २०२३-०३-०९, अन्तिम पहुँच २०२३-०३-२१ 
  10. "President Paudel resigns as HoR member", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  11. Republica, "President Paudel assumes his office, resigns from the post of HoR member", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  12. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", Election Commission of Nepal