तरलीकृत प्राकृतिक ग्याँस
प्राकृतिक ग्याँस (मुख्यतः मिथेन र केही मात्रामा इथेन)लाई शुद्धीकरण गरी चिस्याएर तरल अवस्थामा ल्याइएको स्वरुपलाई तरलीकृत प्राकृतिक ग्याँस भनिन्छ। तरल अवस्थामा आउँदा यसको आयतन करिब ६०० गुणाले घट्छ। यसले गर्दा यसलाई विशेष ट्याङ्कर र पानीजहाजबाट सजिलै भण्डारण तथा ढुवानी गर्न सकिन्छ। यसको प्रयोग यातायात, विद्युत उत्पादन, र औद्योगिक कार्यमा इन्धनको रूपमा गरिन्छ।
एलएनजी गन्धहीन, रंगहीन, गैर-विषाक्त र गैर-नाशक इन्धन हो। यो ग्याँस वातावरणमैत्री मानिन्छ किनभने यसको दहनबाट अन्य पेट्रोलियम पदार्थको तुलनामा कम कार्बन उत्सर्जन हुन्छ। साथै, यसलाई ढुवानी गर्दा सामान्य ग्याँसभन्दा अत्यधिक सुरक्षित मानिन्छ। २०२३ को तथ्यांक अनुसार, अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्ने प्रमुख राष्ट्रहरूमा कतार, अष्ट्रेलिया र अमेरिका पर्छन्। र चीन, जापान र दक्षिण कोरिया सबैभन्दा ठूला उपभोक्ता हुन्। [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Global trade in liquefied natural gas continued to grow in 2023 - U.S. Energy Information Administration (EIA)", www.eia.gov, अन्तिम पहुँच २०२६-०३-११।