तर्नु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


तर्नु एउटा अकर्मक क्रिया हो। यो तर् धातुबाट बनेको र यसको अर्थ एउटा ठाउँदेखि अर्को ठाउँमा अथवा पारी पुग्नु हो।

यसका रुप यस प्रकार छन्

तर्नु क्रियाका रुपहरु
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष) तर्छ/तर्छे/तर्नुहुन्छ तर्‍यो/तरे/तरी
तरिन्/तर्नुभयो
तर्नेछ/तर्नेछन्/तर्नुहुनेछ
बहुबचन (अन्य पुरुष) तर्छन् तरे तर्नेछन्/तर्नुहुनेछ
एक बचन(मध्यम पुरुष) तर्छौ/तर्छ्यौ तर्‍यौ तर्छौ
बहुबचन (मध्यम पुरुष) तर्छौ तर्‍यौ तर्नेछौ
एक बचन(उत्तम पुरुष) तर्छु तरें तर्नेछु
बहुबचन (उत्तम पुरुष) तर्छौं तर्‍यौं तर्नेछौं

उदाहरण:

कोशी नदी तर्नु भनेको ठूलै कुरा हो।