तलातल घर
| तलातल घर | |
|---|---|
एक तर्फबाट तलातल घरको दृश्य | |
![]() | |
| सामान्य विवरण | |
| वास्तुकलाको ढाँचा | मिश्रित वास्तुकला |
| स्थान | शिवसागर असम भारत |
| निर्देशाङ्क | २६°५७′५९″N ९४°३७′२९″E / 26.9663056°N 94.6246917°E |
| सम्पन्न | १७६५ |
| ग्राहक | सुरेम्फा वा राजेश्वर सिंह |
| प्राविधिक विवरण | |
| बनावट | इँटा र स्वदेशी सिमेन्टका प्रकारहरू |
| योजना तथा निर्माण | |
| वास्तुकार | घनश्याम खानीकर |
| अन्य डिजाइनर | सेङ कोन्वारी |
तलातल घर (असमिया:তলাতল ঘৰ) असमको रङ्पुरमा अवस्थित १८औँ शताब्दीको एक दरबार र सैन्य अड्डा हो जुन हालको शिवसागरबाट ४ किलोमिटर (२.५ माइल) टाढा अवस्थित छ। यो आहोम युगमा निर्मित स्मारकहरूमध्ये सबैभन्दा ठुलो स्मारक हो। राजा रुद्र सिंह करेङले यस घरको निर्माणको लागि जिम्मा लिएको भएतापनि तर वर्तमान संरचना राजा राजेश्वर सिंहद्वारा (सुरेम्फा) निर्माण गरिएको थियो। यो सुरुमा सैन्य अड्डा रूपमा निर्माण गरिएको थियो। यसमा २ वटा सुरुङ र ३ वटा भूमिगत तलाहरू थिए। हाल यो संरचना जीर्ण अवस्थामा छ, वर्तमान भग्नावशेषहरूले दरबारलाई एक पटक सम्पन्न भएको भव्यतालाई प्रकट गर्दछ।
इतिहास
[सम्पादन गर्नुहोस्]राजा रुद्र सिंहले सन् १७०७ मा आफ्नो राजधानी गढगाउँबाट रङ्गपुरमा सारेका थिए (त्यतिबेला तेङ्गाबारी भनेर चिनिन्थ्यो)। उनले तलातल घरको निर्माण सुरु गरेका थिए, तर यो सुरुमा अर्ध-स्थायी सामग्रीबाट बनेको थियो। उनले विशेष गरी कोचबिहारका एक वास्तुकार घनश्यामलाई ल्याएका थिए जसलाई उनले मुख्य वास्तुकारको रूपमा नियुक्त गरेका थिए। उनलाई रङ्गपुरको नयाँ राजधानी सहरको डिजाइन गर्ने जिम्मेवारी सुम्पिएको थियो।[१] पछि उनका उत्तराधिकारी राजा राजेश्वर सिंहले इँटामा ठुलो मात्रामा थप गरेर तलातल घर निर्माण गरेका थिए। हाल खुला रहेको माथिल्लो तल्लामा काठ र अन्य क्षणिक सामग्रीबाट बनेका पहिलेका कोठाहरू थिए, जुन मोयामरिया विद्रोह, बर्मेली आक्रमण र बेलायतीहरूद्वारा जलाइएका थिए।[२]
दरबारमा ७ तला थिए, जसमध्ये ४ तला जमिनमा देख्न सकिन्छ र अन्य ३ तला जुन भूमिगत थिए, बेलायती शासनकालमा यसलाई सम्पन्न गरिएको थियो।[३][४]
वास्तुकला
[सम्पादन गर्नुहोस्]
तलातल घर सुरुमा सैन्य आधारको रूपमा निर्माण गरिएको थियो। यसमा दुई गोप्य सुरुङहरू छन्, र जमिनको सतहभन्दा तल तीन तलाहरू छन् जसलाई आहोमहरूले अन्य राज्यहरूसँगको द्वन्द्व वा शत्रुको आक्रमणको समयमा बाहिर निस्कने मार्गको रूपमा प्रयोग गरिन्थ्यो (र जसले संरचनालाई यसको नाम दिन्छ)।[५] हाल दरबार अनियमित आकारको भवन जस्तो देखिन्छ। भुइँ तल्लालाई घोडाको तबेला, भण्डार कोठा र कामदार आवासको रूपमा प्रयोग गरिन्थ्यो। शाही कोठाहरू माथिल्लो तल्लाहरूमा अवस्थित थिए जुन अर्ध-स्थायी सामग्रीबाट बनेको कारणले गर्दा अहिले धेरै हदसम्म विलिन भएका छन्।
राजेश्वर सिंहले जमिनमुनि यसमा तीन तला थपेका थिए। यो इँटा र स्वदेशी प्रकारको सिमेन्ट (बोका लाउल (गिलो भातको मिश्रण), हाँसको अण्डा, आदि) बाट बनेको छ। तलातल घरमा दुई गोप्य सुरुङहरू थिए। एउटा, लगभग ३ किलोमिटर (१.९ माइल) लम्बाइले तलातल घरलाई दिखौ नदीसँग जोडेको थियो, जबकि अर्को, १६ किलोमिटर (९.९ माइल) लामो, गढगाउँ दरबारमा पुर्याइएको थियो, र शत्रुको आक्रमणको अवस्थामा भाग्ने बाटोको रूपमा प्रयोग गरिएको थियो।[६]
सुरुङ र कोठाहरू
[सम्पादन गर्नुहोस्]
पूर्वदेखि पश्चिमसम्म, धेरै कोठाहरू लामो गल्लीमा अवस्थित छन्। उत्तरदेखि दक्षिणसम्म असङ्ख्य साना कोठाहरू छन्। करेङ घर मुख्यतया काठबाट बनेको थियो, जुन समयसँगै बिग्रिएको थियो। शाही कवठाहरू माथिल्लो तलामा थिए। जसमध्ये हाल केही कोठाहरू मात्र बाँकी छन्। उत्तरी खण्डमा रहेको अष्टभुज कोठालाई पहिले प्रार्थना घरको रूपमा राखिएको थियो। माथि तल्लामा जाने सिँढीहरू छन्। सिँढीको उत्तरमा मन्त्रघर (सम्मेलन-कक्ष) रहेको छ र यसको पूर्वमा बरचरा (सभा हल) छ जुन बाँस र काठका खम्बाहरूले बनेको थियो। न्याय-सोधा-फुकन (प्रधानन्यायाधीशको अदालत) भितरौल फुकनको दक्षिणी भागमा अवस्थित छ।[७] दक्षिणमा एउटा पृथक कोठा छ जुन रानीले आफ्नो बन्दी जीवनको समयमा प्रयोग गरेको मानिन्छ। दक्षिणपश्चिममा अर्को पृथक कोठा छ, सम्भवतः शाही भान्सा थियो।[८][९]
रङ्गपुर दरबार एक समय इँटाको किल्ला र पानीले भरिएको बाँध भएको पार्थिव किल्ला (गढ)ले घेरिएको थियो। दरबार नजिकै बारुद र गोला बारुद भण्डारण गर्ने उद्देश्यले दो-चाला शैलीमा बनाइएको गोला घर छ।[१०]

पुरातत्व सर्वेक्षण
[सम्पादन गर्नुहोस्]सन् २०००-२००१ मा तलातल घरको पुरातात्विक उत्खननले परिसरको उत्तर-पश्चिमी र उत्तर-पूर्वी भागमा गाडिएको संरचना फेला पारेको थियो। पुरातात्विक अवशेषहरूमा इँटाको मञ्च, बाटो, लामो पर्खाल, टेराकोटा पाइपबाट बनेको नाली र भेटिएका सिरेमिक वस्तुहरूमा फूलदान, भाँडाकुँडा, भाँडा, कचौरा आदि थिए।[११]
यद्यपि, अप्रिल २०१५ को सुरुमा शिवसागर जिल्लाका दुई आहोम स्मारकहरूमा गरिएको उत्तरपूर्वमा पहिलो भू-सर्वेक्षणले कुनै गोप्य सुरुङको अस्तित्वमा नरहेको जनाएको थियो। सर्वेक्षण शिवसागर जिल्लाका तलातल घर र आहोम शाही दरबार (करेङ घर) मा पाँच दिनको अवधिमा गरिएको थियो।[१२]
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]- तलतल घर घेरामा रहेको इँटाको पर्खालको अवशेष
- पूजा घर र बाँचेका शाही कोठाहरू
- तलातल घरको अगाडिको दृश्य
- न्याय-सोढा-फुकनको बारचोराको छेउको दृश्य
- तलातल घर भित्र
- तलातल घरमा भ्रम
- शाही कोठाको छेको दृश्य
- बार चोरा (शाही अदालत)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ (Gogoi 2017:71)
- ↑ "The Enigmatic Talatal Ghar: Epitomizing Ahom Glory", INDIAN CULTURE (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-०३।
- ↑ (Nath 2005:71–72)
- ↑ "Talatal Ghar - Kareng Ghar, Sivasagar, Rangpur, Ahom royal palace, Sibsagar, Assam, India", Onlinesivasagar.com, अन्तिम पहुँच २०१३-०५-३०। अभिलेखिकरण २०१२-१२-२५ वेब्याक मेसिन
- ↑ (Nath 2005:72)
- ↑ (Nath 2005:72)
- ↑ (Narzary 2021:13)
- ↑ (Gogoi 1999–2000:27)
- ↑ (Archaeological Survey Report 1902)
- ↑ (Konwar 2014:1–13)
- ↑ "Archaeological Survey of India(ASI), Guwahati Circle, Assam", asiguwahaticircle.gov.in, अन्तिम पहुँच २०२३-०३-०३।
- ↑ "Ahom monuments have no hidden tunnels: Survey | Guwahati News - Times of India", The Times of India।
