ताडाश उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ताडाश

তাড়াশ
उपजिल्ला
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशबङ्गलादेश बाङ्लादेश
विभागराजशाही विभाग
जिल्लासिराजगञ्ज जिल्ला
सरकार
 • सरकारतासिर उद्दिन सरकार
क्षेत्रफल
 • जम्मा२९७.२ किमी (११४.७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ [१])
 • जम्मा१९५,९६४
 • घनत्व६६०/किमी (१,७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटताडाशको आधिकारिक नक्सा

ताडाश (बङ्गाली: তাড়াশ) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला सिराजगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

ताडाश बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२०' देखि २४°३४' उत्तर अक्षांश र ८९°१५' देखि ८९°२६' पूर्वी देशान्तरणमा अवस्थित छ। ताडाश उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २९७.२० वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई शेरपुर जिल्लाको बगुडा उपजिल्लाले उत्तर, भाङ्गुडाचाटमोहर उपजिल्लाले दक्षिण, राईगञ्जउल्लापाडा उपजिल्लाले पूर्व, गुरुदासपुरसिङ्डा उपजिल्लाले पश्चिमबाट घेरेको छ।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लामा प्रत्यक्ष गोली हानाहान र युद्ध हुँदा १३० पाकिस्तानी सेना र स्थानीय राजाकारहरू मारिएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १६७४७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८४८९६ छ भने महिलाको जनसङ्ख्या ९२८५१ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १५१९०३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १५५०९, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २०४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३१ रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा २४८ मस्जिद, ५ हिन्दु मन्दिर, १ चिहान र २ गिर्जाघरहरू रहेका छन्। नवाग्राममा रहेको भगुन मस्जिद, नवाग्राममा रहेको शाही मस्जिद, बाडाहासमा रहेको गडाई सरकार मस्जिद, ताडाशमा रहेक१ सुन्दरिया जामे मस्जिद, बाडुहास मस्जिद, ताडाशमा रहेको ईस्लामपुर जामे मस्जिद, ताडाशमा रहेको शिव मन्दिर आदि यस उपजिल्लाका प्रमुख तथा लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९५.४८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१८% ले पोखरी, ०.२१% ले टुटी र ४.१३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र र ७ परिवार नियोजन केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ९.१९% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७०, १८९७, १९४३ र १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८५ र सन् १९९७ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।[३]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, तोरी, प्याज, हरियो खुर्सानी, तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, श मिल, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, खरबुजा, माछा तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अालसको तेल, जुट र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा धेरै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा, कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ८४.७५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १.६२% मजदुरीमा, उद्योगमा ०.२६%, वाणिज्यमा ४.९०%, सञ्चार र यातायातमा ०.९९%, निर्माण क्षेत्रमा ०.४१%, सुविधामा २.७४%, धार्मिक सेवामा ०.१४%, वैदेशिक रोजगारी तथा भाडामा ०.०७% र अन्यमा ४.१२% रहेका छन्।[४]

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय ताडाश थानालाई सन् १९८३ का दिन उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ८ सङ्घ परिषद्/वडा, १७९ मौजा/महल्ला र २७७ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३५.०४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४१.४०% छ भने महिलाको साक्षरता दर २८.५६% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, २५ माध्यमिक विद्यालय, १२४ प्राथमिक विद्यालय, १० सामुदायिक विद्यालय १६ मदरसाहरू रहेका छन्। ताडाश डिग्री क्याम्पस यस उपजिल्लाको उत्कृष्ट शिक्षण संस्था हो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (জুন, ২০১৪), "এক নজরে জয়পুরহাট সদর উপজেলা" 
  2. एमजी नवाज (सन् २०१२), "ताडाश उपजिल्ला", in सिराजुल इस्लाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बाङ्लादेशको एसियाली समाज। 
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (জুন, ২০১৪), "এক নজরে জয়পুরহাট সদর উপজেলা" 
  4. "সিরাজগঞ্জ-৩: বেসরকারি ফলে নৌকার প্রার্থী আব্দুল আজিজ জয়ী", দৈনিক ইত্তেফাক, १२ अप्रिल २०१७। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]