तात्तोरी
तोत्तोरी प्रान्त (鳥取県, तोत्तोरी केन) जापानको होन्शु टापूको चुगोकु क्षेत्रमा अवस्थित एक प्रान्त हो। सन् २०२३ अनुसार, तोत्तोरी प्रान्तको जनसंख्या ५३८,५२५ थियो। यसको क्षेत्रफल ३,५०७.१३ वर्ग किलोमिटर छ।[१]
तोत्तोरी प्रान्त पश्चिममा सिमाने प्रान्त, दक्षिण–पश्चिममा हिरोसिमा प्रान्त, दक्षिणमा ओकायामा प्रान्त, र पूर्वमा ह्योगो प्रान्तसँग सिमाना जोडिएको छ।
प्रान्त को राजधानी तोत्तोरी सहर हो। अन्य प्रमुख सहरहरूमा योनागो, कुरायोशी, साकाइमिनाटो पर्दछ।
तोत्तोरी प्रान्त तोत्तोरी बालुवा मरूभूमीको लागि प्रसिद्ध छ।साथै, प्रान्तमा डाइसन पर्वत अवस्थित छ, जो चुगोकु पर्वत श्रृंखलाको सबैभन्दा उच्च शिखर हो।
नामको व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]"तोत्तोरी" शब्द जापानी दुई कञ्जी अक्षरबाट बनेको हो। पहिलो अक्षर 鳥 अर्थ "चरा" र दोस्रो 取 अर्थ "पाउनु"। प्रारम्भिक बासिन्दाहरूले यस क्षेत्रमा प्रचुर मात्रामा पाइने पानीचराहरू समातेर जीवन निर्वाह गर्थे। नामको पहिलो उल्लेख निहोन शोकीमा भएको छ, सन् २१३ मा सम्राट सुइनिनको २३औं वर्षमा सरू भएको मानिन्छ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]प्रारम्भिक इतिहास
[सम्पादन गर्नुहोस्]ज्योमन युग (१४,००० – ३०० BC) का अवशेषहरूले तोत्तोरी प्रान्तमा प्रागैतिहासिक युगदेखि बसोबास भएको देखाउँछन्। यस प्रान्तमा जापानको सबैभन्दा ठूलो यायोई युगको बसोबास स्थल रहेको छ। डाइसन र योनागो सहरमा कोफुन युग (२५० – ५३८) का धेरै टुमुलीहरू फेला परेको छ।
सन् ६४५ मा ताइका सुधार अन्तर्गत आजको तोत्तोरी प्रान्तको क्षेत्र होकी र इनाबा गरी दुई प्रान्तमा विभाजित भएको थियो ।
मध्य इतिहास
[सम्पादन गर्नुहोस्]गेनपेइ युद्ध (११८०–११८५) को समयमा, तोत्तोरी ताइरा विरुद्धको विरोधी बलहरूको मुख्य आधार थियो। कामाकुरा युग (११८५–१३३३) मा सोजेन सम्पत्तिहरू स्थापना भएका थिए। सेङोको युग (१५औं–१७औं शताब्दी) मा यामाना वंशले क्षेत्र नियन्त्रण गरेका थिए। सन् १६०० मा सेकिगाहारा युद्ध पछि, टोकुगावा शोगुनतले इकेदा वंशलाई तोत्तोरी किल्लामा नियुक्त गर्यो र सम्पूर्ण एदो युग (१६०३–१८६८) भर नियन्त्रणमा राख्यो।
आधुनिक इतिहास
[सम्पादन गर्नुहोस्]यी दुई प्रान्तहरू मेइजी सुधार सम्म (सन् १८६८) कायम रह्यो। तोत्तोरी प्रान्तको सीमा सन् १८८८ मा स्थापित गरिइको थियो। बीसौं शताब्दीमा कोरिया र ताइवान कब्जा र मन्चुकुओ राज्यको स्थापना पछि, तोत्तोरीको जापान सागर तटीय बन्दरगाहले व्यापारको प्रमुख केन्द्रको रूपमा स्थापित भयो।[३]
सन् १९४३ मा तोत्तोरी भूकम्प (माग्निच्युड ७.२) ले तोत्तोरी सहरको ८०% भवन ध्वस्त गर्यो र वरिपरि क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।
भूगोल
[सम्पादन गर्नुहोस्]तोत्तोरी प्रान्तमा जापान को एकमात्र तोत्तोरी बालुवा मरूभूमी रहेको छ।[४]
डाइसन–ओकी र सानिन कैगन राष्ट्रिय निकुञ्ज सहित, प्रान्तको १४% भूमि प्राकृतिक पार्कको रूपमा सुरक्षित छ।
अन्य प्रमुख पार्कहरूमा हिबा–डोगो–ताइशाकु क्वासी–न्याशनल पार्क, ह्योनोसेन–उशिरोयामा–नागिसान अर्ध–निकुञ्ज, मिसासा–तोगोको, निशी इनाबा, ओकुहिनो प्रान्तीय प्राकृतिक पार्क हरू रहेका छन्।
माउन्ट मिसुमी पूर्वी मोजिगासे क्षेत्रभित्र अवस्थित छ, जुन सन् २००४ मा तोत्तोरी सहरमा समाहित गरिएको थियो।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 – 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८।
- ↑ Nihongi; chronicles of Japan from the earliest times to A.D. 697 (1st Tuttle संस्करण), Rutland, Vt.: C.E. Tuttle Co., १९७२, पृ: १७५, आइएसबिएन 978-0-8048-0984-9।
- ↑ "Tottori-ken (鳥取県)", Nihon Daihyakka Zensho (Nipponika) (日本大百科全書(ニッポニカ) (जापानीमा), Tokyo: Shogakukan, २०१२, मूलबाट २००७-०८-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०४-०७।
- ↑ "General overview of area figures for Natural Parks by prefecture", Ministry of the Environment (Japan), अन्तिम पहुँच ३१ अगस्ट २०१२।