ताप
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र विकीकरण गर्न आवश्यक छ । लेख राम्रो पार्न, कृपया विषेश गरी यसको सामग्री, लेआउट, सान्दर्भिकता, वाह्य लिङ्क सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
ताप एक प्रकारको शक्ति हो । तापलाई हामि अनुभव गर्छौं । तापले पदार्थका अणुहरुमा क्म्पन उत्पन्न गराउँछ । कुनै वस्तुमा ताप बदाउँदै गइयो भने अणुहरुको कम्पन्नमा पनि वृद्धि हुन्छ । कम्पन भएका अणुहरुमा गतिशक्ति हुन्छ र तापशक्ति पनि बढ्छ । वस्तुमा भएका अणुहरुको गतिशक्तिको समष्टी (योग) लाई नै त्यस वस्तुमा भएको ताप वा तापशक्ति भनिन्छ । वस्तुमा भएको तापको परिमाण पदार्थमा रहेको अणुहरुको संङ्ख्या अर्थात् पदार्थको पिण्ड र अणुहरुको औसत गतिशक्तिमा निर्भर रहन्छ । सीजीएस प्रणालीमा तापशक्तिलाई क्यालोरी एकाइमा नापिन्छ भने एसआई प्रणालीमा तापशक्तिलाई जुल एकाइमा नापिन्छ । तापशक्ती नाप्ने उपकरणलाई क्यालोरी मिटर भनिन्छ ।